समाचार
१४ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा रहुन्जेल स्वार्थ नबोकी काम गर्ने बताएकी छिन् । शुक्रबार कृषि पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै मन्त्री अर्यालले बदलिँदो राजनीतिक परिस्थितिमा मन्त्रालय बसाई जति दिनको भएपनि आफूले कुनै स्वार्थ नबोकी काम गर्ने उनको भनाइ थियो । मन्त्रालयको गलत काम कारबाही सच्याउँदै अघि बढ्ने भन्दै उनले […]
१४ फागुन, भक्तपुर । ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षक तथा कर्मचारी सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार उनीहरु सम्मानित भएका हुन् । सम्मानित हुने शिक्षक तथा कर्मचारीहरुमा अञ्जन छुस्यावाग, विमल […]
१४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था निकै जटिल रहेको चिकित्सकले बताएका छन् । मस्तिष्कघात भएपछि जोशीलाई वीर अस्पताल हुँदै नर्भिक अस्पताल लगिएको थियो । दोस्रो हात बाउँडिन थालेपछि जोशीले श्रीमती र छोरीलाई अस्पताल लैजान भनेका थिए । अस्पताल लैजाँदा गाडीमा बोलिरहेका उनी अस्पताल पुग्दा बोहोस भइसकेका थिए । सिटी स्क्यान गरेर […]
१४ फागुन, बाग्लुङ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले आत्मघाती गोल गरेर हारिसकेको नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै झाँक्रीले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको बताइन् । ‘खेलको नियम हुन्छ, समय हुन्छ । आत्मघाती गोल गरेर केपी ओली पराजित भइसकेका छन् । थप गोल गर्ने […]
१४ फागुन, काठमाडौ । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् भने केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, […]
१४ फागुन, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् । दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन […]
१४ फागुन, काठमाडौं । चिठ्ठा परेको भन्दै रकम जम्मा गर्न लगाएर ठगी गर्ने एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जिल्ला घर भएका ४३ वर्षीय राकेश कुमार र पर्साको वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय रामपुकार प्रसाद यादव रहेका छन् । विभिन्न मितिमा इमो र ह्वाट्स एपमार्फत […]
१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]
१४ फागुन, सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट […]
१४ फागुन, काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४५ मिलियन अमेरिकी डलर -करीव ५ अर्ब रुपैयाँ) बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता -ईआरपीए)भएको छ । सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग (एफसीपीएफ) अभियानमा नेपाल समेत सहभागी भएको छ । यस सम्झौतालाई विश्व बैंकले वन तथा वातावरण संरक्षणका लागि कोशेढुंगा भएको उल्लेख गरेको […]
१४ फागुन, चितवन । पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलमाथि २० मंसिर २०६८ मा आक्रमण भयो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा न्यूरो अस्पतालमा त्यसै वर्षको २ पुसमा मृत्यु भयो । पौडेलको हत्या गरेको अभियोगमा सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तान पक्राउ परे । जिल्ला अदालतले […]
१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]
१४ फागुन, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-५ ठाकुर मन्दिर पछाडि एकजना मृत अवस्थामा फेला परेका छन् । पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक […]
१४ फागुन, काठमाडौं । भारत र चीनका विदेशमन्त्री बीचमा बिहीबार फोनवार्ता भएको छ । भारतले शुक्रबार दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो । गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच […]
१४ फागुन, काठमाडौं । सरकारले पुस ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएपछि संसदीय कामकारबाही सञ्चालनको बाटो खुलेको छ । सरकारले सर्वोच्चको आदेश अनुसार संसद अधिवेशन आह्वान नगरे पनि संसदीय समितिहरु क्रियाशील हुन सक्छन् । तर सर्वोच्चको आदेश आएको ३ दिन भइसक्दा पनि संसदीय समितिहरु अन्योलमै देखिएका छन् । संघीय […]
१४ फागुन, काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिनेछ । यसका लागि ती स्थानमा यन्त्रसमेत राखिएको छ । त्यहाँ राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन पे सिस्टमबाट […]
१४ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक-पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था […]
काठमाडौं, १४ फागुन । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली गेटमा बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय अर्जुनकुमार रञ्जितकारको बिहीबार साँझ […]
१४ फागुन, काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक […]
१४ फागुन, काठमाडौं । कमलपोखरीको मौलिकता मासेर कंक्रिट प्रयोग गरेको विरोधमा वृहत नागरिक आन्दोलनले विरोध जनाएका छन् । वृहत नागरिक आन्दोलनका सहभागीहरुले कमलपोखरी निर्माणका लागि काठमाडौं महानगरपालिकाले निर्माण गरेको सिमेन्ट भत्काएका छन् । पोखरीमा कमल फुल्ने ठाउँमा सिमेन्टको संरचना बनाएर नक्कली कमल फुलाउन लागेको भन्दै नागरिकले विरोध प्रदर्शन गरेका हुन् । त्यस क्रममा प्रहरीसँग आन्दोलनका […]
१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा वाग्मतीसहित सातवटै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ । आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा […]
from समाचार – Online Khabar https://ift.tt/3kq8IX0
via IFTTT