समाचार
११ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई प्रदेश प्रमुख राजेश अहिराजले उद्धार गरी अस्पताल पठाएका छन् । लमहा जंगलको लच्कानजिकै बीआर ३० जे ९३९७ नम्बरको भारतीय र ना ५६ प ७३६५ नम्बरको नेपाली मोटरसाइकल ठोक्किदा जीतबहादुर पहरी, सुरज पहरी, विकास यादव, चित्ररेखा यादव घाइते भएका थिए […]
११ फागुन, सप्तरी । भारतबाट अवैधरुपमा चाँदी भित्र्याउँदै गरेको अवस्थामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको भरपुरी घर भएका २६ वर्षीय जोसिम आलम छन् । सशस्त्र प्रहरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ बेल्हीबाट १ केजी ३९ ग्राम चाँदीसहित उनलाई नियन्त्रणमा लिएको हो । बरामद गरिएको चाँदीसहित आलमलाई राजविराज […]
११ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा काम गर्ने ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोनाको एन्टीबडी देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययनले देखाएको छ । उपत्यकाका २० वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा गरिएको सेरोइपिडिमियोलोजी अध्ययनले अस्पतालमा काम गर्ने कर्मचारी मध्ये सबैभन्दा बढी ३६ प्रतिशत नर्सहरु कोरोना संक्रमित भएको जनाएको छ । उक्त अध्ययनका अनुसार नर्सपछि प्रशासन तर्फका […]
१० फागुन, काठमाडौं । पछिल्लो समय राष्ट्रिय राजनीतिमा कम सक्रिय प्रदीप नेपाल नेकपा विभाजनको पूर्वसन्ध्यामा चर्चामा थिए । संसद विघटन हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए र पूर्वएमाले मिलाइदिन आग्रह गरेका थिए । ओलीको आग्रहपछि प्रदीप नेपालले नेता माधवकुमार नेपालसँग कुरा पनि चलाए, तर ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […]
११ फागुन, जनकपुरधाम । महोतरीमा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् । प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् । यी […]
११ फागुन, झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् । प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या […]
११ फागुन, काठमाडौं । मंगलबार विहान बसेको सुरक्षा परिषदको बैठक सकिएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित सुरक्षा परिषदको सचिवालयमा बसेको बैठक केहीबेरअघि सकिएको हो । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक […]
११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई […]
११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका […]
११ फागुन, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । […]
११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज […]
११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा अर्थात १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले ओरालो लागेको छ । अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल […]
११ फागुन, डोटी । डोटीमा विगत एक हप्तादेखि चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका […]
११ फागुन, वीरगञ्ज । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तेह्रथुमको छथर गाउँपालिका– १ बस्ने ५२ वर्षीय तेन्जे शेर्पालाई पक्रेको हो । ०७७ फागुन ३ गते राति घर व्यवहारको विषयमा विवाद हुँदा शेर्पाले ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पालाई कुटपीट गरी हत्या गरेको दाबी प्रहरीले गरेको […]
११ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव […]
११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित […]
११, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ […]
११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ । यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ […]
११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् । कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ […]
११ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् । उनका प्रेस सल्लाहाकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार […]
११ फागुन, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित […]
from समाचार – Online Khabar https://ift.tt/3dHdXAm
via IFTTT






















