समाचार
१३ फागुन, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने […]
१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु राजेन्द्रप्रसाद पाण्डे र मुक्तिनारायण प्रधान बुधबार बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगे । नेकपाको आधिकारिकतासम्बन्धी विवाद कति दिनभित्र समाधान होला भन्नेबारे बुझ्न आयोगमा पुगेका उनीहरु निराश बनेर फर्किए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि अब बस्ने बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव समूहले गरेको छ । […]
१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ […]
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् । गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले अनलाइनखबरसँग भने, […]
१२ फागुन, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बैतडीको भागरथी बलत्कारपछि हत्या प्रकरणको अनुसन्धानमा संलग्न दुई कनिष्ठ प्रहरीलाई एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनाले नगद पुरस्कार पाएका छन् । तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाएको भन्दै महानिरीक्षक […]
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ […]
१२ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता शंकर पोखरेलले संसद विघटनको उद्देश्य पूरा भएको बताएका छन् । आफूहरु निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद […]
११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]
१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]
१२ फागुन, काठमाडौं । संविधान निगरानी समूहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा भएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गरी निगरानी समूहले सर्वोच्चको फैसलाले नेपालको संविधान कार्यान्वयनको मूल मार्गमा देखा परेको व्यवधान हट्न गएको र संविधानको अक्षर एवं भावनाअनुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्राप्त भएको ठहर […]
१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए । ‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको […]
१२ फागुन, काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ना ६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बस चालक दाङ घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ फागुन, विराटनगर । पाँच वर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबर राखेर बिक्री गरेको पाइएपछि विराटनगरका एक उद्योगीको गोदाम सिल गरिएको छ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले लेबल परिवर्तन गरी भण्डारण र बिक्री गरेको पाइएपछि ३९ हजार ६ सय किलो दालसहित उद्योगी अभिनाश बोहराको घरमा रहेको गोदाम सिल गरेको छ । वाणिज्य कार्यालयको […]
१२ फागुन, सुर्खेत । जुम्लामा १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो । मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन […]
१२ फागुन, काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले […]
१२ फागुन, काठमाडौं । देशभरका २ लाख ७५ हजार सरकारी कर्मचारीको संचयकोषबाट हुने जुनसुकै प्रकारको भुक्तानी अब विद्यूतीय माध्यमबाट हुने भएको छ । यसले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटी-बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहनेजस्ता समस्या समाधान […]
१२ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण प्रक्रिया प्रारम्भ भएको छ । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग मातहतका निकायले काम शुरु गरिसकेका छन् । यस काममा यो वर्षदेखि नयाँ संयन्त्र थपिएको छ, त्यो हो राजस्व परामर्श विकास समिति । विगतमा अर्थ मन्त्रालयबाट राजस्व सचिवको अध्यक्षमा यस्तो समिति गठन […]
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि सत्तारुढ नेकपाभित्र मिल्ने कि औपचारिकरुपमा फुट्ने भन्नेबारे विभिन्नखाले लाइनहरु देखिएका छन् । ओली समूह र प्रचण्ड–माधव दुवैतिर रहेका कतिपय नेताहरुले अब पार्टी एकीकरण हुनुपर्ने बताउन थालेका छन् भने केही नेताहरुचाहिँ आ–आफ्नो बाटो लाग्नुपर्ने लाइनमा छन् । सर्वोच्चले केपी ओलीको कदम खारेज गरेकै दिन मंगलबार चितवनबाट एउटा […]
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा […]
१२ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् । प्रचण्ड–माधव समूहले चितवनको भरतपुरमा बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले संसद पुनर्स्थापना भइसकेकोले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए । पार्टीभित्र भ्रममा परेका, लोभ र […]
from समाचार – Online Khabar https://ift.tt/3dE6NwS
via IFTTT