Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

थप मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे कल्पनै गर्न सकिँदैन : डा. केसी

१४ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक-पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने […]

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १४ फागुन । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली गेटमा बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय अर्जुनकुमार रञ्जितकारको बिहीबार साँझ […]

परीक्षा उत्तीर्ण भएकालाई एक महिनाभित्र चालक अनुमतिपत्र

१४ फागुन, काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक […]

रम्तेलको स्मृतिमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा वाग्मतीसहित सातवटै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ । आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा […]

भरुवा बन्दुकसहित एकजना पक्राउ

१४ फागुन, काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको […]

खोला उत्खननमा गाउँपालिका अध्यक्षलाई गाडीकै प्रस्ताव !

१४ फागुन, पोखरा । कास्कीको रुपमा गाउँपालिकाको वडा नम्बर १, २ र ७ लाई छोएर मादी नदी बगिरहेको छ । पारिपट्टी लमजुङको मध्य नेपाल नगरपालिका पर्छ । रुपाको अधिकार क्षेत्रबाट मादी नदी उत्खनन गरी नदीजन्य पदार्थ लमजुङतिर अवैध ओसार पसार भइरहेको स्थानीयको गुनासो छ । अहिले पटक पटक उजुरी गर्दा पनि तस्करी नरोकिएको स्थानीय वुद्धिनाथ […]

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ, नतिजा हेर्न भने समस्या

१४ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो । कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि […]

तारकेश्वरमा फेरि बर्ड फ्लु : १५ हजार कुखुरा नष्ट

१४, फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा देखा परेको बर्ड फ्लुका कारण झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । बिहीबार पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर  १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए । जसमा […]

मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा सेफ्टी वाल निर्माण

१४ फागुन, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनीकरण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा कालोपत्रे सम्पन्न भएको सडकमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर कालोपत्रे सडकमा दुर्घटना जोखिम भएका स्थान र घुम्तीमा […]

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

१४ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक […]

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

१४ फागुन, काठमाडौं । भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ । पछिल्लो समयमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिदै गएको छ र सार्कलगायत अन्य विभिन्न अन्य संयन्त्रका बैठकमा दुवै मुलुक सहभागी हुन थालेका छन् । एकले अर्काेलाई वहिष्कार गर्ने तहको सम्बन्ध […]

दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

१४ फागुन, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् । हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी […]

धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थाले

१४ फागुन, सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थालेका छन् । जेष्ठ नागरिक, महिला तथा बालबालिका बिरामी पर्न थालेका हुन् । खुल्ला चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका वादी समुदायका अगुवा हिकमत वादीले जानकारी दिए । हिकमतका अनुसार उनीहरुमा झाडापखाला, […]

मुख्य प्रशिक्षक फिलिप्स भन्छन्- नेपाल एसियन कपमा छनोट हुने सम्भावना छ

१४ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका नवनियुक्त मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले महिला टिमले एएफसी एसियन कप खेल्ने सम्भावना रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टेक्निकल कमिटीको प्रस्तावमा बिहीबार एन्फाका टेक्निकल डिरेक्टर समेत रहेका अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो । फिलिप्सले अब एक वर्षभन्दा बढी […]

कपिलधाममा डा. हर्षबहादुरको शालिक अनावरण

१४ फागुन, बुटवल । कपिलबस्तुको वाणगंगा–९ स्थित कपिलधाममा नेपालका पहिलो लाहुरे विद्यावारिधी डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिकको अनावरण गरिएको छ । डा. बुढामगरको दशौं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरण गरिएको हो । कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यताप्राप्त तथा ख्याति कमाएका डेढ दर्जन सष्ट्राहरुको अर्धकदको शालिक राखिएको छ । सोही स्थानमा लाहुरे जीवनबाट अवकास पाएपछि […]

अमेरिकाले साउदी पत्रकार खशोग्जी हत्याको रिपोर्ट सार्वजनिक गर्ने

१४ फागुन, काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ । रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ । पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत […]

विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

१४ फागुन, म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक […]

घाइतेलाई उपचार गर्न पोखरा जाँदै गरेको जिप म्यादीमा दुर्घटना, एकको मृत्यु, चार घाइते

१४ फागुन, बेनी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु […]

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा कसजु निर्वाचित 

१४ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको २४ औं अधिवेशन अन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी हरिप्रसाद अर्याललाई पछि पार्दै कसजु निर्वाचित भएका हुन् । कसजुले ६ सय ६२ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी अर्यालले ४ सय ८३ मत प्राप्त गरेका छन् । कसजु संघको […]



from समाचार – Online Khabar https://ift.tt/3r3oNoo
via IFTTT
Powered by Blogger.