समाचार
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड-माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ । संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड-माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको हो […]
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्याएको छ । अदालतको निर्णयका कारण संविधान लिकमा आएको छ । संवैधानिक संकट टरेको छ र देश अँध्यारो सुरुङमा फस्नबाट जोगिएको छ । संवैधानिक इजलासका न्यायाधीशहरुको सहासिक निर्णयका कारण अदालतमाथिको जनआस्था उचो भएको छ । देशैभरि खुशीयाली/दीपावली सुरु भएको छ । संविधानको बर्खिलाप गरेर शासन चलाइरहेका ओलीको […]
११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो […]
११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए । बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले मगलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो र १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ । अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका […]
११ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने […]
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् । नेकपा ओली समूहका नेता समेत रहेका नेता रिमालले संसद पुनस्र्थापना सम्बन्धी फैसला भने मान्ने संकेत गरेका छन् । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि […]
११ फागुन, काठमाडौं । मंगलबार बिहान साढे १० बजेतिर सर्वोच्च अदालत पुग्दा साविकका दिनहरुमा भन्दा अलि बढ्ता भीड देखियो । कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा झुण्ड–झुण्डमा कुराकानी गरिरहेका थिए । सुरक्षाकर्मीको उपस्थिति केही बाक्लो थियो । कानुन व्यवसायीहरुको कुराकानी नियाल्दा एउटा समानता भेटियो – आज प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला आउँछ । तर, के फैसला आउँछ […]
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जीत भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय गरेका छन् । सिंहले भनेका छन्, ‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित […]
११ फागुन, काठमाडौं । नेपालमा सर्वाेच्च अदालतले संसदको पुनर्स्थापना गरेको घटनालाई एक भारतीय विज्ञले प्रजातन्त्रको विजय भनी टिप्पणी गरेका छन् । भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले अनलाइनखबरसँग कुराकानी गदै सो निर्णयले नपालका संस्थाहरु प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया देखिए । उनले यसलाई राम्रो संकेतको रुपमा व्याख्या गरे […]
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिभा (संसद) विघटन गर्ने पुस ५ को निर्णय बदर गरेको छ । र, पुनर्स्थापित संसदको बैठक १३ दिनभित्रै बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको फैसला सुनाएको हो । ‘प्रतिनिधिसभाको […]
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा (संसद) पुनस्र्थापनाको पक्षमा ऐतिहासिक फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले अब १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका नाममा परमादेश जारी गरेको छ । सर्वोच्च अदालतमा चलेको करिब दुई महिना लामो बहसपछि […]
११ फागुन, काठमाडौं । दुई महिनासम्म अनेक आशा र आशंकाका बीच सर्वोच्च अदालतले संसद विघटनलाई असंवैधानिक घोषणा गरेपछि धेरैले न्यायपालिका अझै पनि स्वतन्त्र र सक्षम रहेको प्रमाणित भएको टिप्पणी गरेका छन् । नयाँ संविधानमा संसद विघटनको सहज व्यवस्था नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद पुनर्स्थापना हुने कि नहुने भन्ने विषय न्यायपालिकाको […]
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै राजधानीमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् । माइतीघरमा भेला भएका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ […]
११ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलित बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । ‘पुस ५ गतेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले आज बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको छ’ बृहत नागरिक आन्दोलनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरूलाई वैधानिक […]
११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’ संसद […]
११ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् । ‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, […]
११ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत […]
११ फागुन, काठमाडौं । विवेकशील पार्टीले संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर संविधानलाई लिकमा ल्याएको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विवेकशीलले नेपालको न्यायिक इतिहासमा यो कोसेढुंगा भएको भन्दै फैसलाबाट लोकतन्त्रको जित भएको बताएको छ । सो पार्टीका अभियान संयोजक शशीविक्रम कार्कीद्वारा मंगलबार सा“झ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई अस्थिरतामा […]
११ फागुन, काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन् । भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन् । उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार […]
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो ७० औं बर्थ डे विभिन्न चरणमा मनाए । बर्थ डे मनाउन ओलीले आफ्ना पिता मोहनप्रसादलाई समेत झिकाएका थिए । परिवार र सचिवालयका सदस्यहरुसँग विहान बर्थ डे मनाएका ओलीले साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । राजधानी उपत्यका बाहिर रहेका बाहेकका मन्त्रीहरू सहित ओली निकट नेताहरु पनि बालुवाटार पुगेका […]
११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान […]
from समाचार – Online Khabar https://ift.tt/2NSkaP5
via IFTTT






















