समाचार
१४ फागुन, बुटवल । कपिलबस्तुको वाणगंगा–९ स्थित कपिलधाममा नेपालका पहिलो लाहुरे विद्यावारिधी डा. हर्षबहादुर बुढामगरको अर्धकदको शालिकको अनावरण गरिएको छ । डा. बुढामगरको दशौं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरण गरिएको हो । कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट मान्यताप्राप्त तथा ख्याति कमाएका डेढ दर्जन सष्ट्राहरुको अर्धकदको शालिक राखिएको छ । सोही स्थानमा लाहुरे जीवनबाट अवकास पाएपछि […]
१४ फागुन, काठमाडौं । अमेरिकाले साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको अनुसन्धान रिपोर्ट सार्वजनिक गर्ने भएको छ । रिपोर्टमा हत्यामा साउदी अरबका शक्तिशाली युवराज मोहम्मद विन सलमानलाई जिम्मेदार ठहर्याइएको अनुमान गरिएको छ । पत्रकार खशोग्जीको हत्या सन् २०१८ को अक्टुबर २ तारिखमा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो । उनको मृत शरीरलाई क्षतविक्षत […]
१४ फागुन, म्याग्दी । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार साँझ नै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक […]
१४ फागुन, बेनी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर पोखरा जाँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप गएराति सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा मालिका–३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु […]
१४ फागुन, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु निर्वाचित भएका छन् । संघको २४ औं अधिवेशन अन्तर्गत बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी हरिप्रसाद अर्याललाई पछि पार्दै कसजु निर्वाचित भएका हुन् । कसजुले ६ सय ६२ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी अर्यालले ४ सय ८३ मत प्राप्त गरेका छन् । कसजु संघको […]
१४ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एवम् भ्रष्टाचार विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्को कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले […]
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगै सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पार्टीका नेता र विज्ञसंग परामर्शमा जुटेका छन् । सभामुखको सचिवालयका अनुसार सापकोटाले बुधबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम र सचिवालयका सचिवहरुसँग ब्रिफिङ लिए । बुधबार नै केही नेताहरुसँग भेटेर सभामुखले संसदका आगामी कदमहरु के कस्ता हुन सक्छन् भनेर राय/परामर्श लिए । बिहीबार पनि […]
१३ फागुन, काठमाडौं । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’ प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो […]
१३ फागुन, काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको नागरिक समाजमा उप्रेती पनि सक्रिय रहे । शीतल निवास मार्च, बालुवाटार मार्च र टीयू मार्च हुँदा उनी ‘फ्रन्टलाइन’मा रहे । बृहत् नागरिक आन्दोलनले फागुन ७ […]
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन संविधानसम्मत् नभएको भन्दै सामूहिक विज्ञप्ति जारी गरेपछि पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको मानहानीमा मुद्दा दायर भयो । अदालतले म्याद तामेल गर्नुभन्दा पहिला नै चारैजना पूर्वप्रधानन्यायाधीशहरू सशरीर अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाए । भलै उनीहरूले विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने भाषाको प्रयोगसम्म […]
१३ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्था युनाइटेड सिटिज लोकल गभर्नमेन्ट एसिया प्यासेफिक, साउथ एन्ड साउथ इष्ट एसिया अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्यञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । नेटवर्कको साउथ एन्ड साउथ इष्ट एसिया च्याप्टरमा ५४ वटा देश सम्बद्ध छन् । स्थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख […]
२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो । फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् । फागुन महिनाको तलब पठाउँदा […]
१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे सोधिएको प्रश्नमा उनले भने,‘ २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । […]
१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]
१३ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताएका छन् । उनले लोकतन्त्र रहेसम्म अब कसैले पनि ५ बर्षसम्म संसद भंग गर्न नसक्ने उनको भनाइ छ । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वोच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई […]
१३ फागुन, बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नेकपाको ओली समूहविरुद्ध नेकपाकै प्रचण्ड-माधव समूहसहित अन्य दल समर्थक व्यवसायीहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । संघको यही फागुन १६ र १७ गते १० औं अधिवेशन हुँदैछ । करिब ९ सय व्यवसायी आवद्ध संघको नेतृत्वका लागि ओली समूहले एकलौटी रुपमा उम्मेदवारी […]
१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरिदिएपछि बुधबार नेकपा ओली समूहको स्थायी कमिटी बैठक बस्यो । बैठकमा राजधानी बाहिर रहेका नेताहरू अनुपस्थित थिए । त्यसैले विहीबार फेरि बस्ने गरी बैठक टुंगिएको थियो । बालुवाटारको खबरअनुसार, नेताहरू राजधानी आइसकेका थिए । तर, बिहानै खबर गरियो– बैठक स्थगित भयो । एक नेताका […]
१३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गरिदिएको छ । अब सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन ८/१० दिनमा बोलाउनुपर्छ । नेकपा प्रधानमन्त्री ओली समूहले सर्वाेच्चको आदेशलाई सम्मान गर्दै अधिवेशन बोलाउने निर्णय गरिसकेको छ । तर, नेकपाको विवादका कारण सरकार निर्माण प्रक्रिया जटिल र अन्योलपूर्ण छ । अहिलेको तत्कालको प्रश्न प्रधानमन्त्रीले राजीनामा दिन्छन् […]
१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार […]
१३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा दुर्घटनामा क्षतिग्रस्त भएर सडकमा लडिरहेको ट्यांकरमा निस्किएको पेट्रोलियम पदार्थ केही मानिसहरु बोत्तल तथा जर्किनमा डिजेल भरिरहेका देखिन्छन् । ट्यांकरको पछाडि पट्टीबाट बगिरहेको डिजेल भर्ने मध्येका एक बर्दी कै प्रहरी पनि छन् । उक्त […]
१३ फागुन, काठमाडौं । वृहत नागरिक आन्दोलनले काठमाडौंको बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार गिरफ्तार गरेकामा विरोध जनाएको छ । सर्वोच्च अदालतले केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गरेको सडक विस्तार रोक्का गर्न दिएको अन्तरिम आदेशको बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्तामाथि दमन गर्ने काम गरेको भन्दै […]
from समाचार – Online Khabar https://ift.tt/37L2USP
via IFTTT