समाचार
१२ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले मंगलबार अदालतमा हाजिर गराएको छ । अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको ५ दिनको म्याद सकिएपछि थप गर्न अदालत लगिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार भट्टविरुद्ध अनुसन्धानका लागि थप ५ दिन म्याद अदालतले दिएको […]
१२ फागुन, काठमाडौं । सुशासन अभियानका रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई रोक लगाउने गरी अदालतले आदेश दिएपछि खरेलले सरकार चलाउनेको दम्भ, अहंकार र हुँकारबाट मुक्ति मिलेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको […]
१२ फागुन, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए । यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा […]
१२ फागुन, काठमाडौं । नेपालमा मंगलबारसम्म ४ लाख २९ हजार ७०५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाएका छन् । त्यसपछि माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका […]
१२ फागुन, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नै निर्वाचन गराउने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने पनि उनले बताए । सीटीईभीटीको ३३ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ ।’ कसैले राजीनामा […]
१२ फागुन, काठमाडौं । संसद् विघटनको निर्णय बदर भएपछि नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनको कार्यक्रम छोडेर काठमाडौं आइपुगेका छन् । मंगलवार साँझ चितवन पुगेका प्रचण्ड र माधव नेपाल भर्खरै काठमाडौं आइपुगेका हुन् । राजनीतिक परिस्थिति फेरिएलगत्तै काठमाडौं आएका उनीहरुले विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका […]
१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनःस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जले वेवसाइट हेरेर अलमलमा परे । सेयर कारोबार मापक नेप्से परिसूचक २ मिनेटमा नै अस्वभाविक तरिकाले घटेको थियो । तर समग्रमा […]
१२ फागुन, काठमाडौं । खुलामञ्चमा अतिक्रमण गर्न छुट दिएको भन्दै आलोचना भएपछि काठमाडौं महानगरपालिका यतिबेला खुलामञ्च खाली गर्न प्रयासरत छ । तर, खुलामञ्चको एक तिहाई हिस्सा ओगटेको बसपार्क कता सार्ने ? विकल्प खोजीरहेको महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको २९ तले ‘काठमाडौं भ्युटावर’ को बस टर्मिनल तयार गराएर बसपार्क फिर्ता गर्न भने ध्यान दिएको छैन । […]
१२ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला […]
१२ फागुन, काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका […]
१२ फागुन, काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ । कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।११ बजेर १८ मिनेट जादा नेप्से […]
११ फागुन, वीरगञ्ज । ०७७ फागुन ३ गते बिहान वीरगञ्ज महानगरपालिका-१६ का बासिन्दाले औद्योगिक कच्चा पदार्थ ढुवानी गर्ने ट्रकलाई राकेर चालकलाई सम्झाउँदै थिए- ओभरलोड नबोकिदिनुस्, क्लिंकर, कोइला आयात गर्दा राम्रोसँग छोपेर ढुवानी गर्नुस्, ढालाभन्दा माथिसम्म हालेर ढुवानी नगरिदिनुस् …। बिहान ११ बजदेखि १२ बजेसम्म एक घण्टा उनीहरुले त्यसरी नै सम्झाए । वीरगञ्ज भन्सार कार्यालय हुँदै […]
१२ फागुन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको […]
१२ फागुन, काठमाडौं । विवादका बीच आज पशुपतिनाथको मूल शिवलिंगको जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि ढाकिएको जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो । बुधबार दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका […]
१२ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले विघटित प्रनिनिधिसभाको पुनर्स्थापनासँगै नयाँ संविधानले परिकल्पना गरेको शासकीय प्रणाली कस्तो हो भनी परिभाषितसमेत गरेको छ । २०७२ सालमा संविधान निर्माण गर्दा दलहरुबीच शासकीय प्रणालीबारे निकै गहन र चर्काे बहस भएको थियो । विशेषतः कार्यकारी प्रधानमन्त्रीसहितको संसदीय व्यवस्थालाई नै निरन्तरता दिने कि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउने भन्नेमा दलहरुका आ-आफ्नै […]
१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै दलहरु आन्तरिक रणनीतिमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गर्ने तयारी गरेको छ भने नेकपा प्रचण्ड-माधव नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । यस्तै नेकपा ओली समूहले स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्दैछ । सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी […]
१२ फागुन, काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले […]
१२ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीले संसद पुर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले गरेको असंवैधानिक संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि वक्तव्य जारी गर्दै विवेकशील साझाले अब नैतिकताका आधारमा उनीहरुले तत्काल राजीनामा दिनु पर्ने बताएको हो […]
१२ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ । सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ । संसद् भंग गरेकै कारण विभाजित भएको नेकपाको एउटा घटक प्रचण्ड–माधव समूहका नेताहरुले अदालतको फैसलालाई […]
१२ फागुन, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका व्रतालुु मंगलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् । व्रतालुु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजा आराधना गर्ने परम्परा छ । माघ शुक्ल पूणिर्मासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । […]
१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापनासँगै कामचलाउ सरकारले संवैधानिक निकायहरुमा गरेका नियुक्ति पनि धरापमा परेको छ । सरकारले संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी ११ संवैधानिक निकायमा ३२ जनालाई नियुक्त गरेको थियो । ती नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । संवैधानिक कानुनका जानकारहरु संवैधानिक निकायहरुमा सरकारले गरेका नियुक्तिहरुको वैधानिकतामा प्रश्न उठेको र मूल निर्णय नै […]
from समाचार – Online Khabar https://ift.tt/3uqFwE0
via IFTTT






















