Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

अदालतको फैसला अनपेक्षित, तर स्वीकार्छौं : प्रदीप ज्ञवाली

११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया यस्तो फैसला अपेक्षित थिएन। तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो […]

प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटे

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधबार अपरान्ह चितवन गएका थिए । बिहीबार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वोच्च अदालतले म‌गलबार संसद पुनर्स्थापना गर्ने आदेश सुनायो र १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ । अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका […]

संविधानवादको जित भयो : सभामुख सापकोटा

११ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जित भएको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने […]

सर्वोच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन : विष्णु रिमाल

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सर्वोच्च अदालतको फैसलाले राजनीतिक समस्या समाधान नगर्ने बताएका छन् । नेकपा ओली समूहका नेता समेत रहेका नेता रिमालले संसद पुनस्र्थापना सम्बन्धी फैसला भने मान्ने संकेत गरेका छन् । ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ’ रिमालले ट्विटरमा लेखेका छन्, ‘यद्यपि […]

सर्वोच्च अदालत परिसरमा बितेका पाँच घण्टा !

११ फागुन, काठमाडौं । मंगलबार बिहान साढे १० बजेतिर सर्वोच्च अदालत पुग्दा साविकका दिनहरुमा भन्दा अलि बढ्ता भीड देखियो । कानुन व्यवसायीहरु सर्वोच्च परिसरमा झुण्ड–झुण्डमा कुराकानी गरिरहेका थिए । सुरक्षाकर्मीको उपस्थिति केही बाक्लो थियो । कानुन व्यवसायीहरुको कुराकानी नियाल्दा एउटा समानता भेटियो – आज प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला आउँछ । तर, के फैसला आउँछ […]

कांग्रेस नेता सिंहले भने – विधिको शासनको जीत भयो

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसलाले विधिको शासनको जीत भएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश दिएको थियो । अदालतको आदेशलाई सिंहले ऐतिहासिक निर्णय गरेका छन् । सिंहले भनेका छन्, ‘संविधानको मर्म र भावना अनुसार निर्णय भएको छ, फेरि एकपटक विधिको शासनको जित […]

भारतीय विज्ञ भन्छन् – नेपालमा संसद पुर्नस्थापना प्रजातन्त्रको विजय

११ फागुन, काठमाडौं । नेपालमा सर्वाेच्च अदालतले संसदको पुनर्स्थापना गरेको घटनालाई एक भारतीय विज्ञले प्रजातन्त्रको विजय भनी टिप्पणी गरेका छन् । भारत–नेपाल मामिलाका विज्ञ डा. निहार आर नायकले अनलाइनखबरसँग कुराकानी गदै सो निर्णयले नपालका संस्थाहरु प्रजातान्त्रिक मुल्य र मान्यताको रक्षा गर्न सक्षम छन् भन्ने देखिएको प्रतिक्रिया देखिए । उनले यसलाई राम्रो संकेतको रुपमा व्याख्या गरे […]

प्रतिगमन पराजित भएको भन्दै मनाइयो खुशीयाली

११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएलगत्तै राजधानीमा खुशीयाली मनाइएको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ता तथा नागरिकले प्रतिगमनको पराजय भएको भन्दै खुशीयाली मनाएका हुन् । माइतीघरमा भेला भएका युवाहरुले मैनबत्ती बालेर नेपालको झण्डा फहराउँदै खुशी व्यक्त गरेका छन् । मंगलबार अदालतले दिएको आदेशमा १३ दिनभित्र संसदको अधिवेशन बोलाउन पनि भनिएको छ […]

पुनर्स्थापना स्वागतयोग्य तर प्रतिगमन विरोधी संघर्ष रोकिँदैन : नागरिक आन्दोलन

११ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलित बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । ‘पुस ५ गतेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले आज बदर गरी प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावादी यात्रामा रोक लगाएको छ’ बृहत नागरिक आन्दोलनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस फैसलाले संवैधानिक प्रक्रिया सुचारु गर्न राजनीतिक दलहरूलाई वैधानिक […]

जनताको जित भयो : झाँक्री

११ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर कानुनी राज्य र लोकतन्त्रको पक्षमा फैसला गरेको बताएकी छन् । संवैधानिक इजलासले मंगलबार संसद पुनर्स्थापना गरे लगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले अनलाइनखबरसँग भनिन्, ‘सर्वोच्च अदालतको आजको फैसला समग्रमा जनताको जित हो ।’ संसद […]

मुलुक अस्थिरतामा जाने देखियो, पार्टी एकता अभियान जगाउँदा राम्रो : महेश बस्नेत

११ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् । तर, सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्ने बताएका छन् । ‘मुलुक चाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो’, बस्नेतले भने । तर, […]

सर्वोच्चको फैसलालाई जनमोर्चाले गर्‍यो स्वागत

११ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको घटनालाई सर्वोच्च अदालतले असंवैधानिक भनेर संसद विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको उक्त निर्णयलाई हामीले स्वागत […]

सर्वोच्चको फैसलाले लोकतन्त्रको जित भएको छ : विवेकशील पार्टी

११ फागुन, काठमाडौं । विवेकशील पार्टीले संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर संविधानलाई लिकमा ल्याएको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विवेकशीलले नेपालको न्यायिक इतिहासमा यो कोसेढुंगा भएको भन्दै फैसलाबाट लोकतन्त्रको जित भएको बताएको छ । सो पार्टीका अभियान संयोजक शशीविक्रम कार्कीद्वारा मंगलबार सा“झ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई अस्थिरतामा […]

नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना राम्रो खबर : भाजपा नेता

११ फागुन, काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन् । भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन् । उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार […]

नीरोलाई सम्झाउने ओलीको प्रस्तुति, सर्वोच्चको फैसलाले बिथोलेन बालुवाटारको पार्टी !

११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो ७० औं बर्थ डे विभिन्न चरणमा मनाए । बर्थ डे मनाउन ओलीले आफ्ना पिता मोहनप्रसादलाई समेत झिकाएका थिए । परिवार र सचिवालयका सदस्यहरुसँग विहान बर्थ डे मनाएका ओलीले साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । राजधानी उपत्यका बाहिर रहेका बाहेकका मन्त्रीहरू सहित ओली निकट नेताहरु पनि बालुवाटार पुगेका […]

संविधानमाथि अपराध गर्नेहरुलाई दण्ड दिनुपर्छ : गगन थापा

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान […]

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् […]

प्रचण्ड–माधव भन्छन् : नेपाली जनताको ऐतिहासिक जित भयो

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनासँगै जनताको जित भएको बताएको छ । चितवनमा रहेका अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक इललासले ऐतिहासिक र साहसिक फैसला गरेको बताएका छन् । दुवै अध्यक्षले नेपाली जनताको जित भएको बताएका छन् । चितवनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रधानन्यायाधीश, संवैधानिक बेञ्चका चारै न्यायाधीशले संविधान […]

देउवाले गरे सर्वोच्चको फैसलाको स्वागत

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’ देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै […]

ओलीले संविधान सिध्याउन खोजे, अदालतले बचायो : देव गुरुङ

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता देव गुरुङले लोकतन्त्र र संविधान जोगाउने फैसला गरेको बताएका छन् । संसद् विघटन विरुद्ध रिट दायर गरेका गुरुङले अदालतको फैसलाले तुल्याएको बताए । ‘प्रधानमन्त्रीले पुस ५ मा चालेको कदमले सदन मात्रै नभएर संविधान सिध्याउन आट्नु भएको थियो । अदालतले सच्याउने काम गरेको छ’, उनले भने । ओलीले […]

केपी ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बनाएर लैजान्छौं : घनश्याम भुसाल

११ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले नेकपा अब एकढिक्का बनाएर लैजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते बनाएको नेकपा अब एकढिक्का बन्ने उनले बताए । ‘केपी ओलीले नेकपा घाइते बनाउनुभएको थियो । तर, अब हामी यता र उताको नभनी नेकपा एक ढिक्का बनाएरै लैजान्छौं’, उनले भने । घाइते नेकपाको […]



from समाचार – Online Khabar https://ift.tt/2ZJOzBU
via IFTTT
Powered by Blogger.