Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति

१४ फागुन, सुर्खेत । सुर्खेतको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको उक्त क्याम्पसले साइकल चढेर क्याम्पस र घर आवतजावत गर्ने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो । विद्यार्थीहरू हरेक दिन साइकल चढेर क्याम्पसमा आवतजावत गरेमा मासिक शुल्कमा २५ प्रतिशत छुट […]

कार्बन उत्सर्जन कटौतीबापत नेपाललाई ५ अर्ब

१४ फागुन, काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ४५ मिलियन अमेरिकी डलर -करीव ५ अर्ब रुपैयाँ) बराबरको कार्बन उत्सर्जन कटौती सम्बन्धी खरिद सम्झौता -ईआरपीए)भएको छ । सम्झौतासँगै विश्व बैंकको वन कार्बन साझेदारी सहयोग (एफसीपीएफ) अभियानमा नेपाल समेत सहभागी भएको छ । यस सम्झौतालाई विश्व बैंकले वन तथा वातावरण संरक्षणका लागि कोशेढुंगा भएको उल्लेख गरेको […]

‘सरकार नै हामीविरुद्ध लाग्यो, कहाँबाट न्याय पाउने ?’

१४ फागुन, चितवन । पुर्पक्षका लागि भरतपुर कारागारमा रहेका तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिवप्रसाद पौडेलमाथि २० मंसिर २०६८ मा आक्रमण भयो । टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा न्यूरो अस्पतालमा त्यसै वर्षको २ पुसमा मृत्यु भयो । पौडेलको हत्या गरेको अभियोगमा सुनील केसी, फणीन्द्र श्रेष्ठ र दिलबहादुर मोक्तान पक्राउ परे । जिल्ला अदालतले […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले पाँच बजे मन्त्रिपरिषद बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकबाट प्रतिनिधिसभाको बैठक आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

झापा र मकवानपुरमा २ जना मृत अवस्थामा भेटिए

१४ फागुन, काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-५ ठाकुर मन्दिर पछाडि एकजना मृत अवस्थामा फेला परेका छन् । पहिचान खुल्न नसकेका अन्दाजी ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ गुम्बाडाँडास्थित गुप्तेश्वरी जंगलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । हेटौंडा उपमहानगरपालिका गोठदमार बस्ने ४० वर्षीय केशव विक […]

भारत र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

१४ फागुन, काठमाडौं । भारत र चीनका विदेशमन्त्री बीचमा बिहीबार फोनवार्ता भएको छ । भारतले शुक्रबार दिएको जानकारीअनुसार दुवै मुलुक सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गर्न सहमत भएपछि पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको हो । गत साता दुवै मुलुकले सीमाक्षेत्रबाट आफ्ना सैनिक फिर्ता गरेका थिए । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच […]

संसद ब्युँतिए पनि जागेनन् सांसदहरु

१४ फागुन, काठमाडौं । सरकारले पुस ५ गते गरेको संसद विघटन सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएपछि संसदीय कामकारबाही सञ्चालनको बाटो खुलेको छ । सरकारले सर्वोच्चको आदेश अनुसार संसद अधिवेशन आह्वान नगरे पनि संसदीय समितिहरु क्रियाशील हुन सक्छन् । तर सर्वोच्चको आदेश आएको ३ दिन भइसक्दा पनि संसदीय समितिहरु अन्योलमै देखिएका छन् । संघीय […]

पशुपतिनाथमा क्यूआर कोडबाटै भेटी चढाउन सकिने

१४ फागुन, काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिनेछ । यसका लागि ती स्थानमा यन्त्रसमेत राखिएको छ । त्यहाँ राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन पे सिस्टमबाट […]

थप मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे कल्पनै गर्न सकिँदैन : डा. केसी

१४ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक-पटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा ऐनमा प्रष्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था […]

बालबालिकामा इन्टरनेट दुरुपयोगको भयावह परिणाम

१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं, १४ फागुन । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, पाल्पा, सुर्खेत र मुगुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली गेटमा बा २ क ४५५३ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५६ वर्षीय अर्जुनकुमार रञ्जितकारको बिहीबार साँझ […]

परीक्षा उत्तीर्ण भएकालाई एक महिनाभित्र चालक अनुमतिपत्र

१४ फागुन, काठमाडौं । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग गरेर एकैदिनमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न सकिने विभागले जनाएको छ । अहिले तत्काल कार्ड स्टक […]

रम्तेलको स्मृतिमा जनयुद्धका सहिद तथा बेपत्ता परिवारलाई सम्मान

१४ फागुन, ललितपुर । जनयुद्धका पहिलो सहिद गोरखाका दिलबहादुर रम्तेलको २६ औं स्मृति दिवसको सन्दर्भमा पूर्वमाओवादीहरुले आज विविध कार्यक्रम आयोजना गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूले आज दिलबहादुर रम्तेल स्मृति दिवस र आफ्ना पूर्वअध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा वाग्मतीसहित सातवटै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ । आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सहिद स्मृति तथा […]

भरुवा बन्दुकसहित एकजना पक्राउ

१४ फागुन, काठमाडौं । स्याङजाको पुतलीबजारबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका–२ का ६९ वर्षीय डिलबहादुर गुरुङलाई एउटा एकनाले भरुवा बन्दुकसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले गुरुङलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको […]

खोला उत्खननमा गाउँपालिका अध्यक्षलाई गाडीकै प्रस्ताव !

१४ फागुन, पोखरा । कास्कीको रुपमा गाउँपालिकाको वडा नम्बर १, २ र ७ लाई छोएर मादी नदी बगिरहेको छ । पारिपट्टी लमजुङको मध्य नेपाल नगरपालिका पर्छ । रुपाको अधिकार क्षेत्रबाट मादी नदी उत्खनन गरी नदीजन्य पदार्थ लमजुङतिर अवैध ओसार पसार भइरहेको स्थानीयको गुनासो छ । अहिले पटक पटक उजुरी गर्दा पनि तस्करी नरोकिएको स्थानीय वुद्धिनाथ […]

३७ हजार ५ सयले पाए महिला लघुवित्तको आईपीओ, नतिजा हेर्न भने समस्या

१४ फागुन, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) ३७ हजार ५ सय लगानीकर्ताले हात पारेका छन् । शुक्रबार बिहान भएको बाँडफाँटमा गोलाप्रथाबाट ३७ हजार ५ सय जनालाई १० कित्ताका दरले आईपीओ परेको हो । कम्पनीको शेयर १५३ जना कर्मचारीका लागि ५ हजार कित्ता सेयर बाँडफाँड भएको छ । सामुहिक लगानी कोषका लागि […]

तारकेश्वरमा फेरि बर्ड फ्लु : १५ हजार कुखुरा नष्ट

१४, फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा देखा परेको बर्ड फ्लुका कारण झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ । बिहीबार पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर  १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए । जसमा […]

मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा सेफ्टी वाल निर्माण

१४ फागुन, गुल्मी । गुल्मीमा दुर्घटना न्यूनीकरण गर्न सडक सेफ्टी वाल निर्माण गर्न थालिएको छ । मदनभण्डारी राजमार्गको गुल्मी खण्डमा कालोपत्रे सम्पन्न भएको सडकमा सेफ्टी वाल निर्माण गर्न थालिएको हो । यसले सडकमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सदरमुकाम तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर कालोपत्रे सडकमा दुर्घटना जोखिम भएका स्थान र घुम्तीमा […]

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

१४ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु […]

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ । पूर्वमन्त्री जोशीलाई बिहान २ः३० बजे नर्भिक […]

सार्क शिखर सम्मेलन : अनुकूल वातावरणको संकेत

१४ फागुन, काठमाडौं । भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ । पछिल्लो समयमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिदै गएको छ र सार्कलगायत अन्य विभिन्न अन्य संयन्त्रका बैठकमा दुवै मुलुक सहभागी हुन थालेका छन् । एकले अर्काेलाई वहिष्कार गर्ने तहको सम्बन्ध […]



from समाचार – Online Khabar https://ift.tt/3kouH0J
via IFTTT
Powered by Blogger.