समाचार
११ फागुन, वीरगञ्ज । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तेह्रथुमको छथर गाउँपालिका– १ बस्ने ५२ वर्षीय तेन्जे शेर्पालाई पक्रेको हो । ०७७ फागुन ३ गते राति घर व्यवहारको विषयमा विवाद हुँदा शेर्पाले ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पालाई कुटपीट गरी हत्या गरेको दाबी प्रहरीले गरेको […]
११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रम शुरु भएको बजार एक घण्टासम्म ठूलो अंकले ओरालो लागेको छ । १२ बजेसम्म सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घटेको छ । १२ बजेसम्मको समूहगत अवस्था हेर्नुस् :
११ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव […]
११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित […]
११, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ […]
११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ । यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ […]
११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् । कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ […]
११ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् । उनका प्रेस सल्लाहाकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार […]
११ फागुन, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित […]
११ फागुन, वीरगञ्ज । ०७७ फागुन ९ गते वीरगञ्ज-१५ नगवाका २५ वर्षीय विराट झाविरुद्ध सार्वजनिक शान्ति कसुर मुद्दामा जाहेरी पर्यो । जाहेरी आएलगत्तै वडा प्रहरी कार्यालय विर्ताको टोलीले सोधपुछका लागि सोही दिन साँझ साढे ८ बजे झालाई झिकायो । एक युवतीले आफूलाई मानसिक यातना दिएको र साथीहरुलाई हातपात समेत गरेको जाहेरीमा उल्लेख गरेकी थिइन् । […]
११ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई […]
११ फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए । ओली समूह निकट […]
११ फागुन, काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले […]
११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको […]
११ फागुन, महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको बुझिएको जानकारी […]
११ फागुन, लहान । सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ । बिगि्रएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति […]
११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य केही सेना पछि हट्ने प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई मुलुकको सम्बन्ध अब सामान्यीकरणतर्फ […]
११ फागुन, चितवन । चितवनको नारायणगढ पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारमा विद्युतका पोल सार्ने काम मुख्य चुनौती बनेको आयोजनाले जनाएको छ । पोल सार्ने कामले सडक विस्तारमा ढिलाइ हुने चिन्ता थपिएको आयोजनाको भनाइ छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्याधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकाले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी […]
११ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने छ । परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भनेका छन् । उनले आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् । यद्यपि कतिपयले मुलुकको […]
११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् । काठमाडौं आयोजित संसद विघटनविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा पुर्याउने बताएका हुन् । ‘बालुवाटारबाट बालकोट जाने […]
११ फागुन, काठमाडौं । राष्ट्रिय बिमा संस्थान ५४ वर्षमा प्रवेश गरेको छ । देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजी परिचालन गर्ने तथा विदेशी मुद्राको व्यवभार रोक्ने उद्देश्यले २०२४ साल पुस १ गते राष्ट्रिय बिमा संस्थान प्रा.लि. स्थापना भएको थियो । सोही वर्षको फागुन ११ गतेदेखि यसले व्यवसाय सुरु गरेको थियो । राष्ट्रिय बिमा […]
from समाचार – Online Khabar https://ift.tt/3pJTY6B
via IFTTT






















