समाचार
१६ फागुन, पोखरा । तत्कालीन जिल्ला विकास समितिले २०५८ सालमा फेवातालको सीमा कायम गर्ने भन्दै पिल्लरहरु गाड्यो । पानीको सतह घटेको बेला किल्ला गाडिएको भन्दै तत्कालीन जिविस सभापति पुण्य पौडेलको आलोचना पनि भयो । फेवाको सतह बढेपछि वाराहीघाटदेखि चंखपुरसम्म गाडिएका पिलरहरु डुबेका पनि थिए । फेवातालको ड्याम मर्मत गर्न भन्दै अहिले तालको पानी घटाएपछि दुई […]
१६ फागुन, बुटवल । आफ्नो व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन होटल तथा रेष्टुरेन्ट व्यवसायीले सरकारसँग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कुनै चासो नदिएको व्यवसायीको गुनासो छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ […]
१६ फागुन, काठमाडौं । सेवाग्राहीसँग घुस लिएको अभियाेगमा वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका तीनजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । फर्म दर्ता प्रमाणपत्र लिन सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले विभागको वाणिज्य व्यवसाय तथा नियमन शाखाका अधिकृत अर्जुन सुवेदी, नायब सुब्बा नरेन्द्रबहादुर चन्द र सोही विभागका लेखापढी […]
१६ फागुन, वीरगञ्ज । पर्सामा डेंगु तथा अन्य किटजन्य रोग नियन्त्रणका लागि ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिने भएको छ । वीरगञ्ज महानगरपालिका लगायत १४ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय पर्सामा आइतबार बसेको स्वास्थ्य कार्यालय प्रमुख, जनस्वास्थ्य निरीक्षक, पालिकाका स्वास्थ्य संयोजक, रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुरक्षा […]
१६ फागुन, भरतपुर । चितवन माडीको एक घरमा अचानक लाइटर पड्कँदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको हो । स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । घरमा राखेको लाइटर अचानक पड्केर आगलागी भएको उनले […]
१६ फागुन, काठमाडौं । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी १५ फागुन २०७५ बिहान तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडा विमानस्थल पुगेका थिए । उनको हातमा थियो ८७ करोड रुपैयाँको लागत अनुमानको कागज र विमानस्थलको नक्सा । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थलसमेत रहेको आठराईमा पुगेर त्यो दिन मन्त्री अधिकारीले भनेका थिए, ‘म प्रधानमन्त्रीले नै पठाएर […]
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको ह्वीप नमान्ने कुनै पनि सांसदलाई प्रधानमन्त्री ओलीले हटाउन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले ह्वीप नमान्ने समानुपातिक सांसदलाई प्रधानमन्त्री ओलीले हटाउने कुरा झूट र भ्रमपूर्ण रहेको बताए । नेकपा ओली समूहका संसदीय दलका प्रमुख […]
१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा औद्योगिक पार्कको शिलान्यास गरेका छन् । उनले आइतबार दमकमा ‘चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्क’को शिलान्यास गरेका हुन् । दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका क्षेत्रमा पर्ने जग्गामा पहिलो चरणमा ६४ अर्ब रुपैयाँ लगानी गरेर पार्क बन्नेछ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद […]
१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले संसद पुनर्स्थापना चिन्ताको विषय नभएको बताए । संसद पुनर्स्थापना भएपछि चितवनको सभा छाडेर काठमाडौं आएका नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]
१६ फागुन, काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो । उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।
१६ फागुन, काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ । जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित […]
१६ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३० जना महिला र ४८ जना पुरुष गरी कुल ७८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७४ हजार १४३ जना पुगेको […]
१६ फागुन, काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले अनलाइनखबरसँग भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति […]
१६ फागुन, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक […]
१६ फागुन, काठमाडौं । काठमाडौंस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण सुरु भएको छ । सेतो मच्छिन्द्रनाथ मन्दिरको आइतबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको मन्दिर भारत सरकारको ५ अर्ब ८० करोड रुपैयाँको आर्थिक […]
१६ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले सदन छलेर दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ । फागुन ४ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दुईवटा अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख गोविन्द कलौनीसमक्ष सफारिस गरिसकेको छ । गत असोज २५ गते सूचना टाँस गरेर प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको थियो । तर प्रदेश सभाको हिउँदे अधिवेशन […]
१६ फागुन, काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए । […]
१६ फागुन, काठमाडौं । कानुन व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएसनले संसदीय सुनुवाइविनै गरिएको संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई संविधानको मर्म र भावना विपरीत भनेको छ । शनिबार सकिएको बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकले नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व संसदीय […]
१६ फागुन, काठमाडौं । कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म […]
१६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ओली समूहले संसदीय दलको प्रमुख सचेतक परिवर्तनको निर्णय संसद सचिवालयलाई जानकारी गराएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सचिवालयलाई पत्र लेखी प्रमुख सचेतक परिवर्तन भएको जानकारी गराएका हुन् । संसद सचिवालयका महासचिव भरतराज गौतमले उक्त पत्र बुझेका छन् । गत शुक्रबार नेकपा ओली समूहका अध्यक्ष तथा […]
१६ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर प्रचण्ड–माधव समूहलाई सघाएको आरोप तामाङमाथि लगाइएको छ । तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको उनको सचिवालयले जनाएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो […]
from समाचार – Online Khabar https://ift.tt/3r3sqdT
via IFTTT