समाचार
१६ फागुन, विराटनगर । मोरङको केराबारी गाउँपालिका- ८ मा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण गाउँ नै जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका छन् । महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसरका कारण केराबारी गाउँपालिका-८ आमजुङ्गी बस्ती जोखिममा परेपछि स्थानीयवासी आन्दोलित बनेका हुन् । खदम खोलामा दुई उद्योगले अबैध उत्खखन गरेको स्थानीय जीतबहादुर बस्नेतले बताए । गाउँपालिका अध्यक्ष […]
१६ फागुन, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले केपी शर्मा ओली पदको भोको भएर प्रधानमन्त्रीको कुर्सीमा बसिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिए संविधान, लोकतन्त्र र नेपाल कम्युनिस्ट पार्टीको रक्षा हुने अनुकूल वातावरण बन्ने उनको भनाइ छ । नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा […]
१६ फागुन, जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार एक युवक मृत अवस्थामा फेला परेका छन् । जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् । मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ […]
१६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् । उनी केहीबेरअघि सर्वोच्च अदालत पुगेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं […]
१६ फागुन, प्युठान । प्युठान अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै परिवारका सदस्यले विरोध जनाएका छन् । शल्यक्रियाबाट सुत्केरी भएकी झिमरुक गाउँपालिका-७ तुषारा निवासी २४ वर्षीया अनिसा एम.सी.थापाको शनिबार राति मृत्यु भएको हो । शिशु (छोरा)को अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । अनिसाले गत बिहीबार पहिलो शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन् […]
१६ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो । यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने उदेश्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको छ । मालिका गाउँपालिकाको आर्थिक […]
१६ फागुन, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को वाषिर्क नीति तथा कार्यक्रममा एउटा अनौठो योजना घोषणा भयो, ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रुपमा विस्तार गरिनेछ ।’ बजेट भाषण आउनुअघि नै विज्ञ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले यो योजनालाई हावादारी, अनावश्यक र असम्भव भनिसकेका थिए । फेरि बजेट भाषणमा […]
१६ फागुन, चितवन । रत्ननगरस्थित बकुलहर अस्पतालको गेट नजिकै घर भएका प्रताप डल्लाकोटी अस्पतालमा बिरामीको चाप बढेको देखेर छक्क पर्छन् । एक वर्षअघिसम्म सुनसान हुने अस्पतालमा अहिले विरामीको चाप थेगिनसक्नु छ । यसलाई उनी अस्पतालप्रति जनताको विश्वास बढेको भनेर बुझेका छन् । ‘केही वर्षअघिसम्म यतिका धेरै विरामी आउँथेनन्, केही आउथेँ दिनभर जस्तो सुनसान नै हुन्थ्यो, […]
१६ फागुन, म्याग्दी । बेनी नगरपालिका-९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गरे । मन्दिरको छाना […]
१६ फागुन, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ । यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण […]
१६ फागुन, काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ । यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
१६ फागुन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने […]
१५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश […]
१५ फागुन, काठमाडौं । सन् २०१७ मा न्यूयोर्क टाइम्सले लाङटाङलाई ‘घुम्नैपर्ने विश्वका ५२ ठाउँहरु’ माध्येमा सूचीकृत गरेको थियो । हुन पनि प्रकृतिको विराट उपहार हो लाङटाङ । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ । यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । कहिल्यै […]
१५ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधार खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्रियुगा नगरपालिका–१४ साउनेका ५५ वर्षीय लीलबहादुर मगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ कल्लेदेउ डाँडामा पनि अर्का एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बाफिकोट गाउँपालिका–४ छिनखेतका ४१ वर्षीय मित्रलाल […]
१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए […]
१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो । तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको […]
१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै […]
२०७६ मंसिर : १३ औं साग क्रिकेट २०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज २०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट २०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट २०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् । २०७६ मंसिरमा भएको १३ […]
१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा […]
from समाचार – Online Khabar https://ift.tt/3kvyc5n
via IFTTT