Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कुटपिट गरी श्रीमती हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ५५ वर्षीय सरे राई रहेका छन् । प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङ राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या […]

सुरक्षा परिषद बैठक सकियो, विप्लवको गतिविधिको समीक्षा

११ फागुन, काठमाडौं । मंगलबार विहान बसेको सुरक्षा परिषदको बैठक सकिएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयस्थित सुरक्षा परिषदको सचिवालयमा बसेको बैठक केहीबेरअघि सकिएको हो । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ । कतिपयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक […]

शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई […]

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. विश्वकर्मा नियुक्त

११ फागुन, काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका […]

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

११ फागुन, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । […]

महान्यायाधिवक्ता खरेलले भने– मैले राजीनामा दिएको छैन

११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । केही अनलाइन मिडियाहरुमा मंगलबार बिहान खरेलले राजीनामा दिएको समाचार प्रकाशित भएपछि खरेलले विज्ञप्ति जारी गर्दै आफूले राजीनामा नदिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा खरेलले राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज […]

दुई घण्टामै ८७ अंकले घट्यो नेप्से, निफ्राको मूल्यमा १० प्रतिशत गिरावट

११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा अर्थात १ बजेसम्म नेप्से परिसूचक ८७ अंकले ओरालो लागेको छ । अघिल्लो साता दोस्रो बजारमा सूचीकृत भएर लगातार बढिरहेको नेपाल […]

डोटीमा चितुवा आतंक    

११ फागुन, डोटी । डोटीमा विगत एक हप्तादेखि चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । स्थानीयवासी तेजबहादुर बोगटीका अनुसार चितुवाले एक हप्ताको अवधिमा कम्तीमा पनि आठ चौपाया मारेको छ । सोही वडाका खगेन्द्र बोगटीको गाईको बाच्छो, कलुदेवी बोगटीको गाई, शेरबहादुर बोगटीका […]

श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ

११ फागुन, वीरगञ्ज । घरायसी विवादमा श्रीमतीको हत्यामा संलग्न रहेको आरोपमा तेह्रथुमबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले तेह्रथुमको छथर गाउँपालिका– १ बस्ने ५२ वर्षीय तेन्जे शेर्पालाई पक्रेको हो । ०७७ फागुन ३ गते राति घर व्यवहारको विषयमा विवाद हुँदा शेर्पाले ५६ वर्षीया श्रीमती छिरिङ डोमा शेर्पालाई कुटपीट गरी हत्या गरेको दाबी प्रहरीले गरेको […]

शिक्षक हत्या प्रकरण : विप्लव प्रतिवादी रहेको मुद्दाका आरोपी कारागार चलान

११ फागुन, विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । ३२ वर्षीय विक जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव […]

नयाँ पुनर्बिमा कम्पनी ल्याउने तयारी, बिमाका विज्ञहरुको बन्यो ‘टिम’

११ फागुन, काठमाडौं । काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बिम कम्पनी ल्याउनका लागि तयारी थालिएको छ । अहिले मुलुकमा एउटामात्रै पुनर्बिमा कम्पनी रहेको छ । बिमा समितिका अध्यक्ष सूर्य सिलवालले स्वस्थ प्रतिष्पर्धाका लागि नयाँ कम्पनी खोल्नका लागि आवेदन आह्वान गर्ने बताइसकेका छन् । समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बिमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित […]

सुनको मूल्य तोलामा ११ सयले बढ्यो

११, फागुन, काठमाडौं । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ […]

काठमाडौं प्लाजाको भाडा विवाद : साढे ५ करोड भाडा गुम्ने जोखिम

११ फागुन, काठमाडौं । कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद टुंग्याउन नेपाल ट्रष्टलाई सकस परेको छ । यसअघि प्लाजा सञ्चालनको जिम्मा पाएको कन्सेप्ट डेभलपर्स प्रालिसँग नयाँ सम्झौता भएको छैन भने काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको ९ महिनाको अवधिमा करिब साढे ५ करोड रुपैयाँ भाडा गुम्ने जोखिम छ […]

सेयर बजारमा मौलाउँदो ‘इन्साइडर ट्रेडिङ’

११ फागुन, काठमाडौं । सेयर बजार एउटा जोखिमकै बजार हो । बजारमारे राम्रो ज्ञान भएकाहरुले कमाउँछन् भने हल्लाको भरमा लगानी गर्नेहरुले गुमाउछन् । सामान्यतया घटेको बेला किन्ने र बढेको बेला बिक्री गर्नेहरुले राम्रै कमाउँछन् । कतिपय कम्पनीहरुको हल्लैहल्लाका कारण सेयर मूल्य उच्च बिन्दुमा पुग्छ । बजार बढेको देखेपछि सोझा लगानीकर्ताहरुले किन्छन् र त्यसपछि घट्न थाल्छ […]

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

११ फागुन, काठमाडौं । स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् । उनका प्रेस सल्लाहाकार  एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेका अनुसार […]

मोरङ जिल्ला अदालत परिसरबाट दुईजना थुनुवा फरार

११ फागुन, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित […]

प्रहरी कार्यालयको झ्यालबाट हामफालेर आत्महत्या प्रयास

११ फागुन, वीरगञ्ज । ०७७ फागुन ९ गते वीरगञ्ज-१५ नगवाका २५ वर्षीय विराट झाविरुद्ध सार्वजनिक शान्ति कसुर मुद्दामा जाहेरी पर्‍यो । जाहेरी आएलगत्तै वडा प्रहरी कार्यालय विर्ताको टोलीले सोधपुछका लागि सोही दिन साँझ साढे ८ बजे झालाई झिकायो । एक युवतीले आफूलाई मानसिक यातना दिएको र साथीहरुलाई हातपात समेत गरेको जाहेरीमा उल्लेख गरेकी थिइन् । […]

पशुपतिमा सुनको जलहरी लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

११ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता गरिएको छ । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई […]

सर्वोच्चको फैसला स्वीकार्य : ईश्वर पोखरेल

११ फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए । ओली समूह निकट […]

चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्ने

११ फागुन, काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले […]

निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढायो

११ फागुन, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए । आयोगले निर्वाचन सामग्री खरिदको […]



from समाचार – Online Khabar https://ift.tt/2P4EkWM
via IFTTT
Powered by Blogger.