समाचार
१४ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो […]
१४ फागुन, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएपछि सबैभन्दा दवावमा थियो, अर्थ मन्त्रालय । एकातर्फ कमजोर पूँजीगत खर्चका कारण निरन्तर आलोचना भइरहेको र अर्कोतर्फ कोरोना खोपमा लगानी गर्नुपर्ने भएकाले समेत अर्थलाई स्रोतको जोहो गर्न समस्या थियो । सोहीकारण अर्थ मन्त्रालयले बजेटको अर्धवाषिर्क समीक्षाकै दौरान समस्याका रुपमा आकस्मिक […]
१४ फागुन, सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । पीडितका […]
१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अन्ततः सर्वोच्च अदालतले बदर गरिदिएको छ । ओलीको प्रतिगामी कदमविरुद्व त्यसअघि लगातार दुई महिना आन्दोलन चल्यो । सडक आन्दोलनमा संसद् विघटन गरिएकै दिन गत ५ पुसमा विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूह बढी आक्रामक बन्यो । यो समूहका युवा तथा विद्यार्थीले पूरा दुई […]
१४ फागुन, पर्सा । शहरी विकास मन्त्री प्रभु साहले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री पद नपाउने टिप्पणी गरेका छन् । शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा उनले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने धारणा राखे । प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको आरोप […]
१४ फागुन, काठमाडौं । सरकारका एक मन्त्रीले मुलुक फेरि मध्यावधि चुनावमा जानसक्ने बताएका छन् । उर्जामन्त्री टोपबहादुर रायमाझीका अनुसार अहिले सरकार गठनका चार विकल्प छन् । तर नयाँ सरकार बन्न नसके मुलुक मध्यावधितिर जाने सम्भावना धेरै रहेको उनले बताए । नेकपा ओली समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले भने, ‘सके सरकार बनाउने, कसैको […]
१४ फागुन, काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएको छ । संसदीय दलका नेता केपी शर्मा ओलीले गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च […]
१४ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारीको भाउ अचाक्ली महँगो भएको छ । साताभर माछा मासु, खाद्यन्न र मसलाजन्य वस्तुको मूल्य भने स्थिर जस्तै रह्यो भने फलफूलको मूल्य केही मात्रामा बढेको छ । गत साताको तुलनामा यो साता बजारमा काउली, च्याउ, विभिन्न थरीका साग, गोलभेडा जस्ता हरियो तरकारीको भाउ बढेको कालीमाटी फलफूल […]
१४ फागुन, काठमाडौं । शुक्रबार बिहान सडक विस्तारबाट पीडित उपत्यकावासी ‘हाम्रो भूमि फिर्ता गर’ भन्दै माइतीघर मण्डलामा आइपुगे । उनीहरू बृहत नागरिक आन्दोलनद्वारा आयोजित ‘विकासको नाममा जारी प्रतिगमनविरूद्ध संघर्ष’ कार्यक्रममा सहभागी हुन आएका थिए । धिमे बाजा, झ्याम्टा बोकेर आएका उपत्यकावासीले विकासको नाममा स्थानीयलाई उठिबास गरेपछि त्यसको विरोधमा आएका हुन । उनीहरूले बालाजु, बाइपासमा भएको […]
१४ फागुन, विराटनगर । बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट गाउँपालिका– ४ का ३९ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो । इटहरीकी युवतीलाई ठगेर फरार […]
१४ फागुन, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सर्वोच्च अदालतको फैसलापछि राजनीतिक संकटमा देश गएको बताएका छन् । तर उनले फैसलाको कार्यान्वयनमा सरकार जाने बताए । हेटौंडाको मयुरधापमा स्थापना भएको मयुरधाप औद्योगिक क्षेत्रको बुधबार शिलान्यास गर्दै मन्त्री भट्टले सर्वोच्च अदालतको फैसलाले देशमा फेरि राजनीतिक संकट र अस्थिरता पैदा गरेको दाबी गरे । प्रधानमन्त्री […]
१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण सबै क्षेत्र, वर्ग प्रभावित छन् । विद्यार्थी वर्ग यसबाट जोगिने कुरै भएन । कोरोना महामारी नियन्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि बालबालिकाले इन्टरनेटमा सहज पहुँच पाए । अभिभावकले आवश्यक निगरानी र नियन्त्रण नगर्दा उनीहरुले यसैमा दिन बिताउन थाले । त्यसले विस्तारै लतको रुप लियो । विद्यालय खुल्न थालेसँगै […]
१४ फागुन, विराटनगर । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानबीच मिलापत्र भएको छ । शुक्रबार साँझ इलाका प्रहरी कार्यालय धरानमा भएको छलफलमा शाह र प्रधानबीच मिलापत्र भएको हो । म्युजिक भिडियो सुटिङका लागि फागुन १२ गते धरान आएका शाहमाथि दुव्र्यवहार गरेको आरोप थियो । होटलमा खाना खाने क्रममा १२ […]
१४ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए । ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला […]
१४ फागुन, काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको सरुवा अनुसार गोरखा, बागलुङ, गुल्मी, महोत्तरी, बर्दियालगायतका जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । गोरखाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् भने गोरखामा शेखर […]
१४ फागुन, काठमाडौं । वरिष्ठ पत्रकार होमनाथ दाहाल महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सितल निवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सम्मान गरेकी हुन् । यस्तै डा. रामदयाल राकेश पनि महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । सम्मानित हुने परिष्ठ पत्रकार […]
१४ फागुन, काठमाडौं । नेपाली सेनाले गुप्तचरी संयन्त्र विस्तार गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक र महत्वपूर्ण काम भएको बताएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रभावकारी सूचना संयन्त्र भएमा राष्ट्रिय सुरक्षामाथिको खतराहरुको आकलन गर्न र त्यसअनुसारको पूर्वतयारी गर्न सकिने बताए । शुक्रबार न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सैनिक गुप्तचरीको विषय सेनाको नियमित काम भएको बताए […]
१४ फागुन, वीरगञ्ज । बाराको देवताल गाउँपालिकाको कार्यालय नयाँ भवनमा सरेको छ । हाल गाउँपालिका कार्यालय रहेको भवन सेवा प्रवाहका लागि साँघुरो भएपछि नयाँ भवन बनाइएको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको प्रशासनिक भवन तथा कम्पाउन्ड वाल निर्माणका लागि दुईवटा उपभोक्ता समितिले काम गरेको छ । भवन निर्माण उपभोक्ता समितिले […]
१४ फागुन, काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग उपलब्ध गराएको छ । चिनियाँ नयाँ वर्षको उपलक्षमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट स्टेशनरी सामग्री, खेलकुद सामग्री, स्वास्थ्य सामग्री, ड्रेस सहयोग गरेको छ । शुक्रबार विद्यालयमा विशेष कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । […]
१४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बादी समुदायलाई जग्गा दिन नसकिने बताएका छन् । जग्गाको माग गर्दै आन्दोलनरत बादी समुदायसँग शुक्रबार आफ्नै कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । ‘प्रदेश सरकारले चाहेर पनि जग्गा दिन सक्दैन, जग्गा दिनसक्ने कानुनी अधिकार हामीसँग छैन’ मुख्यमन्त्री शाहीले भने । तर, वादी समुदायलाई आयआर्जन […]
१४ फागुन, काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए । यसअघि भन्सार विभागको नेतृत्वमा रहेका सुमन दाहाललाई भने अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका दीर्घराज […]
from समाचार – Online Khabar https://ift.tt/2P5Tjj5
via IFTTT