Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बस पल्टिँदा चालकको मृत्यु

१२ फागुन, काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ घ्यूखोलामा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार दिउँसो ना ६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा बस चालक दाङ घोराही उपमहानगरपालिका–१४ का ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अहिले ओलीलाई विश्वास गर्ने अवस्था छैन : रामचन्द्र पौडेल

१२ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य छैनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरे यता उनी संसद पुनर्स्थापनाको पक्षमा मात्र उभिएनन्, मध्यावधि चुनावको पक्षमा उभिएका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिवाद समेत गरे । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि पौडेलले देशलाई संकटबाट जोगिएको बताएका […]

नयाँ लेबल लगाएर दाल बेच्ने उद्योगीको गोदाम सिल

१२ फागुन, विराटनगर । पाँच वर्षअघि म्याद सकिएको रहरको दालमा नयाँ लेबर राखेर बिक्री गरेको पाइएपछि विराटनगरका एक उद्योगीको गोदाम सिल गरिएको छ । वाणिज्य कार्यालय विराटनगरको अनुगमन टोलीले लेबल परिवर्तन गरी भण्डारण र बिक्री गरेको पाइएपछि ३९ हजार ६ सय किलो दालसहित उद्योगी अभिनाश बोहराको घरमा रहेको गोदाम सिल गरेको छ । वाणिज्य कार्यालयको […]

बालकको मृत्युबारे बुझ्न छानबिन टोली जुम्लामा

१२ फागुन, सुर्खेत । जुम्लामा १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो । मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन […]

प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ […]

नेपालको विकास देखेर विश्व चकित छ : प्रधानमन्त्री ओली

१२ फागुन, काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको दाबी गरेका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।  आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही मानिसहरु अत्तालिएको आरोप पनि उनले […]

पौने ३ लाख सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट

१२ फागुन, काठमाडौं । देशभरका २ लाख ७५ हजार सरकारी कर्मचारीको संचयकोषबाट हुने जुनसुकै प्रकारको भुक्तानी अब विद्यूतीय माध्यमबाट हुने भएको छ । यसले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटी-बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहनेजस्ता समस्या समाधान […]

बजेटको राजस्व परामर्शमा पहिलोपटक स्थायी संयन्त्र खटिँदै

१२ फागुन, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण प्रक्रिया प्रारम्भ भएको छ । यसका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग मातहतका निकायले काम शुरु गरिसकेका छन् । यस काममा यो वर्षदेखि नयाँ संयन्त्र थपिएको छ, त्यो हो राजस्व परामर्श विकास समिति । विगतमा अर्थ मन्त्रालयबाट राजस्व सचिवको अध्यक्षमा यस्तो समिति गठन […]

संसद विघटनको उद्देश्य पूरा भयो, पुनर्स्थापनाले केही बिग्रिँदैन : शंकर पोखरेल

१२ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता शंकर पोखरेलले संसद विघटनको उद्देश्य पूरा भएको बताएका छन् । आफूहरु निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद […]

मिलोमतोमै नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ तस्करी

११ फागुन, काठमाडौं । ‘भारतको बिहारमा भन्दा पर्सामा डिजेल ४१ रुपैयाँ र पेट्रोल ३५ रुपैयाँ सस्तो छ । प्रान्तका फुलकाहा, बेला, बसमतिया, टिकुलिया बस्ती, जोगबनी, सोनमणि लगायतका क्षेत्रबाट अध्यधिक मात्रामा पेट्रोल तथा डिजेल तस्करी भएको छ । यसमा भारत र नेपाल दुवै देशका सीमा सुरक्षा बलको पनि साथ छ ।’ भारतको हिन्दी पत्रिका नवभारत टाइम्सको […]

ओलीलाई हेर्नेबारे नेकपामा दुई लाइन, वामदेवको बेग्लै लाइन !

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि सत्तारुढ नेकपाभित्र मिल्ने कि औपचारिकरुपमा फुट्ने भन्नेबारे विभिन्नखाले लाइनहरु देखिएका छन् । ओली समूह र प्रचण्ड–माधव दुवैतिर रहेका कतिपय नेताहरुले अब पार्टी एकीकरण हुनुपर्ने बताउन थालेका छन् भने केही नेताहरुचाहिँ आ–आफ्नो बाटो लाग्नुपर्ने लाइनमा छन् । सर्वोच्चले केपी ओलीको कदम खारेज गरेकै दिन मंगलबार चितवनबाट एउटा […]

तयार भयो प्रतिनिधिसभाको बैठक हल (फोटो फिचर)

१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा […]

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : सुरेन्द्र पाण्डे

१२ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् । प्रचण्ड–माधव समूहले चितवनको भरतपुरमा बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले संसद पुनर्स्थापना भइसकेकोले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए । पार्टीभित्र भ्रममा परेका, लोभ र […]

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक, मृतक संख्या २६८४ पुग्यो

१२ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ । मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको  पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारले […]

देउवाको प्रष्टीकरण : सर्वोच्चले अन्तरिम आदेश नदिएकाले चुनाव हुन्छ भन्ने लाग्यो

१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् । कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको थियो । तर स्टे अर्डर नदिएको हुनाले चुनाव हुन्छ […]

संसद पुनर्स्थापनाको फैसलाबाट संवैधानिक सर्वोच्चता स्थापित : सर्वोच्च बार

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ । सर्वोच्च बारले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको […]

मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : ओली

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् । खुसी भएर, जित्यौं हामीले भनेर ।’ नेकपा ओली समूहका अध्यक्ष […]

सम्पत्ति विवरणै नदेखाई चल्दैछ १२ मन्त्रीको जागीर

१२ फागुन, काठमाडौं । वर्तमान कामचलाऊ मन्त्रिपरिषदका २० मन्त्री र राज्यमन्त्रीको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । सम्पति विवरणै नदेखाई मन्त्रीहरुको जागीर सकिन लागेको छ । संसद पुनस्थापना भइसकेकाले अब उनीहरुको पद धेरै दिन रहने अवस्था छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको अद्यावधिक विवरणअनुसार २०७६ मंसिर ५ गते यता थपिएका कुनै पनि मन्त्री […]

पशुपतिमा जलहरी राखेकै दिन सर्वोच्चले दियो नराख्न आदेश

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी नराख्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो । यस विषयमा […]

‘देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री बन्दिनँ भन्नुपर्छ’

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् । गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले अनलाइनखबरसँग भने, […]

मोटरसाइकलको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

१२ फागुन, सुर्खेत । मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए । डीएसपी घर्तीका अनुसार मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै […]



from समाचार – Online Khabar https://ift.tt/3bxN53b
via IFTTT
Powered by Blogger.