Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : सुरेन्द्र पाण्डे

१२ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् । प्रचण्ड–माधव समूहले चितवनको भरतपुरमा बुधबार आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै नेता पाण्डेले संसद पुनर्स्थापना भइसकेकोले प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने बताए । पार्टीभित्र भ्रममा परेका, लोभ र डरमा […]

संसद् पुनर्स्थापना गर्ने फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरायो : सर्वोच्च बार

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ । सर्वोच्च बारले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको […]

सम्पत्ति विवरणै नदेखाई चल्दैछ १२ मन्त्रीको जागीर

१२ फागुन, काठमाडौं । वर्तमान कामचलाऊ मन्त्रिपरिषदका २० मन्त्री र राज्यमन्त्रीको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । सम्पति विवरणै नदेखाई मन्त्रीहरुको जागीर सकिन लागेको छ । संसद पुनस्थापना भइसकेकाले अब उनीहरुको पद धेरै दिन रहने अवस्था छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको अद्यावधिक विवरणअनुसार २०७६ मंसिर ५ गते यता थपिएका कुनै पनि मन्त्री […]

‘देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री बन्दिनँ भन्नुपर्छ’

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेलगत्तै नेकपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे छलफल सुरु गरेका छन् । तर, कांग्रेसकै नेताहरु चाहिँ आफ्नो पार्टी प्रतिपक्षमै बस्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाले नैतिकताका आधारमा प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपर्ने बताउन थालेका छन् । गृहनगर बिराटनगरमा रहेका कांग्रेस नेता डा. शेखर कोइरालाले अनलाइनखबरसँग भने, […]

मोटरसाइकलको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

१२ फागुन, सुर्खेत । मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए । डीएसपी घर्तीका अनुसार मल्लले आफ्नो सट्टामा चन्दलाई परीक्षा दिन लगाएको पाइएपछि दुवै […]

यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता नहुने बताएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, गुट […]

नुवाकोटमा खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा आधा कम

१२ फागुन, त्रिशूली । नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशिल्ड) को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप […]

डा. केसीको अनशन स्थगित

१२ फागुन, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित […]

प्रवीण बाँस्तोला मृत्युबारे प्रहरीले भन्यो – प्रहरीले कीर्ते कागज बनाउन सक्दैन

१२ फागुन, काठमाडौं । उर्लाबारीको प्रवीण बाँस्तोला मृत्यु प्रकरणको अनुसन्धान त्रुटिरहित ढंगले भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले पत्रकार सम्मेलन गरेर प्रहरीले कीर्ते कागज बनाउन नसक्ने समेत जिकिर गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भनेका छन्, ‘प्रहरी अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने […]

१५ चैतबाट त्रिभुवन विमानस्थल दैनिक १८ घण्टा मात्र खुल्ने

१२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप […]

नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेका छौं : बाइडन

१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पठाएको ओहदाको प्रमाणपत्र बुझेपछि वाइडनले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुन् । ओहोदाको प्रमाणपत्र बुझेपछि त्यसको जवाफमा बाइडनले दिएको जवाफबारे अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साझा […]

खाद्य कम्पनी वीरगञ्जले थप ५ हजार क्विन्टल धान खरिद गर्ने

१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो । यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल […]

प्राविधिक समस्या झेल्दै दोहोरो अंकले बढ्यो सेयर बजार

१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जले वेवसाइट हेरेर अलमलमा परे । नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अंकले घटेको देखिएको बजार अन्नत दोहोरो अंकले बढेर […]

प्रचण्डको कदम सही सावित भयो, अब पार्टी एकताको पहल गर्नुपर्छ : वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई एकताबद्ध गराउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्ध प्रचण्डले चालेको कदम सही सावित भएको बताउँदै गौतमले पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने बताए । ‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको […]

पर्सामा एक वर्षभित्र २४ जना एचआईभी संक्रमित फेला

११ फागुन, वीरगञ्ज । सन् २०२० मा पर्सामा २४ जना एचआईभी संक्रमित फेला परेका छन् । विद्यार्थी जागरण मञ्च (विजाम)ले समुदायस्तरमा गरेको एचआईभी परीक्षणका क्रममा २४ जना एचआईभी संक्रमित भेटिएका हुन् । सन २०१८ देखि विजामले समुदायस्तरमै गएर एचआईभी परीक्षण गर्न सक्नेगरी तालिम प्राप्त ७ जना प्राविधिक जनशक्ति परिचालन गरिरहेको छ । विजामले शंकास्पद व्यक्तिको […]

पशुपतिनाथमा सुनको जलहरी राखेर फर्किइन् राष्ट्रपति

१२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी […]

देउवासँग मिलेर जान प्रचण्ड र माधव नेपालको प्रस्ताव

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा निवासमा पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे […]

अदालतले तोकेको समयभित्रै संसद् बोलाउने ओली समूहको निर्णय

१२ फागुन, काठमाडौं । नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै […]

विभिन्न स्थानमा भएका दुर्घटनामा तीनको मृत्यु

१२ फागुन, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित कोशी राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ना ७ ख ८४८९ नम्बरको ट्रकले को ३६ प ३८५७ नम्बरको मोटरसाइकललाई मोटरसाइकलको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य […]

प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्छौं : पम्फा भुसाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले संविधानको हत्या गर्ने प्रधानमन्त्रीले राजीनामा नदिए १३ दिनभित्र गलहत्याएर निकाल्ने चेतावनी दिएकी छन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले अलिकति पनि नैतिकता बाँकी रहे तत्काल राजीनामा दिनुपर्ने बताइन् । ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन […]

प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ

१२ फागुन, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । मंगलबार साँझ मध्यपुरथिमिको मनोहरा पुलमा ट्राफिक चेकचाँचका क्रममा मोटरसाइकलले प्रहरीलाई ठक्कर दिएपछि एक हजार रुपैयाँ घुस दिन खोज्ने रामेछापको लिखु गाउँपालिका–६ घर भई ललितपुरको बालकुृमारी बस्ने २८ वर्षीय ज्ञाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । […]



from समाचार – Online Khabar https://ift.tt/3qQV4yN
via IFTTT
Powered by Blogger.