समाचार
१६ फागुन, काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ । यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण […]
१६ फागुन, काठमाडौं । एक डोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोपको विशेषता भनेको यो आम मानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोजमात्रै लगाए पुग्छ । यो खोपलाई अनुमति दिने अमेरिका विश्वको पहिलो देश हो […]
१६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी […]
१६ फागुन, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-२ बुल्दी पुल नजिक शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते छन् । मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने २२ वर्षीय विवेक थापामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने […]
१५ फागुन, काठमाडौं । सन् २०१७ मा न्यूयोर्क टाइम्सले लाङटाङलाई ‘घुम्नैपर्ने विश्वका ५२ ठाउँहरु’ माध्येमा सूचीकृत गरेको थियो । हुन पनि प्रकृतिको विराट उपहार हो लाङटाङ । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ । यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । कहिल्यै […]
१५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश […]
१५ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधार खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्रियुगा नगरपालिका–१४ साउनेका ५५ वर्षीय लीलबहादुर मगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ कल्लेदेउ डाँडामा पनि अर्का एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बाफिकोट गाउँपालिका–४ छिनखेतका ४१ वर्षीय मित्रलाल […]
१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए […]
१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो । तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको […]
१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै […]
२०७६ मंसिर : १३ औं साग क्रिकेट २०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज २०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट २०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट २०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् । २०७६ मंसिरमा भएको १३ […]
१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा […]
१५ फागुन, काठमाडौं । लमजुङको बेंसीसहर नगरपालिका-११ पटेनीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । ना ५ त २६२६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक बेंसीसहर नगरपालिका-११ का ३० वर्षीय सन्तोष मिजारको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने […]
१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।’ ‘केपी […]
१५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । उनीहरुमध्ये […]
१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न युवाहरुले ‘साझा अभियान’ थालेका छन् । जिल्लास्थित विभिन्न संघ-संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् । अभियानअन्तर्गत शनिबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ । […]
१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ । शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ […]
१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक […]
१५ फागुन, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब […]
१५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । संसद पुनर्स्थापनापछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप हटेकाले समयका हिसाबले केही सहजता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । यद्यपि छिट्टै नै निकास दिने उनले बताए । भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता […]
१५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या भएपछि शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको […]
from समाचार – Online Khabar https://ift.tt/37Wd1EB
via IFTTT