Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

क्यानजेन उपत्यका : प्रकृतिको उपहार (फोटो फिचर)

१५ फागुन, काठमाडौं । सन् २०१७ मा न्यूयोर्क टाइम्सले लाङटाङलाई ‘घुम्नैपर्ने विश्वका ५२ ठाउँहरु’ माध्येमा सूचीकृत गरेको थियो । हुन पनि प्रकृतिको विराट उपहार हो लाङटाङ । रसुवा जिल्लास्थित यो गन्तव्य तिब्बतको सीमावर्ती क्षेत्रमा छ । यो त्यही ठाउँ हो, जहाँ २०७२ को विनासकारी भूकम्पमा हिमपहिरो जाँदा सिंगो बस्ती नै पुरिएर नामेट भएको थियो । कहिल्यै […]

भारतमा बिजुली बेच्न बाटो खुल्यो, चिनियाँ लगानीको बिजुलीलाई फेरि तगारो

१५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ । २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश […]

उदयपुर र रुकुममा गरी दुईजना मृत फेला

१५ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका-१० देवधार खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । त्रियुगा नगरपालिका–१४ साउनेका ५५ वर्षीय लीलबहादुर मगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ कल्लेदेउ डाँडामा पनि अर्का एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बाफिकोट गाउँपालिका–४ छिनखेतका ४१ वर्षीय मित्रलाल […]

सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले अविश्वासको प्रस्ताव ल्याउन फेल हुने भएकाले प्रचण्ड-माधव समूह डराएको बताएका छन् । त्यहीकारण प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको उनको दाबी छ । ओली समूह निकट सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा नेता नेम्वाङले अविश्वासको प्रस्ताव फेल भए फेरि एकवर्षसम्म अर्को राख्न नपाइने संवैधानिक व्यवस्था रहेको बताए […]

साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा महिलाले गरिन् आत्महत्या

१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो । तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको […]

सांसद किनबेचको खतरा बढ्यो : मन्त्री ज्ञवाली

१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संसद पुनस्र्थापनापछि सांसदहरुको किनबेच हुने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वाषिर्क साधारणसभामा मन्त्री ज्ञवालीले दलहरुको नीतिविहिन गठबन्धन हुँदा संसद सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताए । न्यायपालिकाले गरेको फैसला आफूहरुलाई मञ्जुर रहेको भन्दै उने भने, ‘कतै […]

खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

२०७६ मंसिर : १३ औं साग क्रिकेट २०७६ माघ : नेपाल, ओमान र अमेरिकाको त्रिकोणात्मक सिरिज २०७७ पुस : प्रधानमन्त्री कप महिला क्रिकेट २०७७ माघ : प्रधानमन्त्री कप पुरुष क्रिकेट २०७६ असोजमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सशर्त निलम्बन फुकुवा भएपछि नेपालमा आयोजना भएको क्रिकेटका अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिता यत्ति हुन् । २०७६ मंसिरमा भएको १३ […]

बिहेघरमा आक्रमण गरी लुटपाट : बेहुलीका बुवासहित चार घाइते

१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ । स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा […]

ट्याक्टरबाट खसेर चालकको मृत्यु

१५ फागुन, काठमाडौं । लमजुङको बेंसीसहर नगरपालिका-११ पटेनीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । ना ५ त २६२६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक बेंसीसहर नगरपालिका-११ का ३० वर्षीय सन्तोष मिजारको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने […]

ओलीसँग एकताको सम्भावना छैन : माधव नेपाल

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् । बरु ओली प्रवृत्तिविरुद्ध आन्दोलनमा सहभागी शक्तिहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । पार्टी सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँगको एकताको कुनै सम्भावना छैन, कुनै भ्रममा नपर्नुस् ।’ ‘केपी […]

देशभर थप ८१ जनामा कोरोना संक्रमण, २ को मृत्यु

१५ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ८ सय २४ नमुना परीक्षण गर्दा ३५ महिला र ४६ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । उनीहरुमध्ये […]

वीरेन्द्रनगर सरसफाइका लागि ‘साझा अभियान’

१५ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली शहरको रुपमा विकास गर्न युवाहरुले ‘साझा अभियान’ थालेका छन् । जिल्लास्थित विभिन्न संघ-संस्था, राजनीतिक दलका भातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले वीरेन्द्रनगरको सरसफाइमा साझा प्रतिवद्धता जनाएका हुन् । अभियानअन्तर्गत शनिबार वीरेन्द्रनगरमा कर्णाली प्रदेश सरकारले निर्माण गरेको घण्टाघर क्वारेन्टिन क्षेत्र सरसफाइ गरिएको छ । […]

प्रमुख सचेतक भट्टराईको दाबी : ओलीसँग सयभन्दा बढी सांसद छन्

१५ फागुन, काठमाडौं । नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुसँग सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । आवश्यक परे संसदमा देखाउन तयार रहेको उनको भनाइ छ । शनिबार राजधानीमा आयोजित अन्तरक्रियामा भट्टराईले भने, ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ । म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ […]

निर्वाचन आयोगसँग प्रचण्ड-माधव समूह असन्तुष्ट

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले निर्वाचन आयोगको भूमिकाप्रति असन्तुष्टि जनाएको छ । संगठनात्मक निर्णय अध्यावधिक गर्न अनुरोध गर्दा विवाद निरुपणको प्रक्रियामा आउन बाध्य बनाएको र त्यसअनुसार आधिकारिता विवाद निरुपण गर्न आग्रह गर्दा निर्णय नदिएको समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सर्वोच्च अदालतले दबाब, धम्की र प्रतिगामी षड्यन्त्रलाई चिर्दै संविधान र लोकतन्त्रको पक्षमा ऐतिहासिक […]

दलहरुबीच समझदारी हुन्छ : सभामुख

१५ फागुन, चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब […]

निर्वाचन आयोगका प्रवक्ता भन्छन् : नेकपाको विवाद टुंग्याएर छिट्टै निकास दिन्छौं

१५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ  । संसद पुनर्स्थापनापछि निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप हटेकाले समयका हिसाबले केही सहजता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । यद्यपि छिट्टै नै निकास दिने उनले बताए । भन्छन्, ‘दलसम्बन्धी विषयमा दर्ता […]

राष्ट्रपतिले गरिन् जोशीको स्वास्थ्यलाभको कामना

१५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मस्तिष्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका हुन् । स्वास्थ्यमा समस्या भएपछि शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको […]

बलात्कारीलाई कारबाहीको माग गर्दै कोहलपुरमा प्रदर्शन

१५ फागुन, कोहलपुर । बलात्कारमा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाहीको माग गर्दै शनिबार बाँकेको कोहलपुरमा प्रदर्शन भएको छ । नेपालगञ्जकी एक किशोरीमाथि भएको बलात्कारमा संलग्नलाई लामो समयसम्म पनि पक्राउ गर्न प्रशासन असफल भएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नगर समितिले कोहलपुरमा प्रदर्शन गरेको हो । दोषीलाई तत्काल पक्राउ नगरिए आन्दोलनलाई देशव्यापी बनाउने उक्त संगठनकी कोहलपुर […]

केपी ओली सकुनीको भूमिकामा छन् : प्रचण्ड

१५ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सकुनीको भूमिकामा रहेको टिप्पणी गरेका छन् । शनिबार पार्टीसम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जेलमा बस्दा महाभारत र चाणक्यबाहेक केही पढेनछन् । सकुनी खुब मनपर्छ उनलाई ।’ सकुनी महाभारतका चर्चित पात्र हुन्, जसले पाँच पाण्डवलाई वनबास पठाउन भूमिका […]

विश्वकै ‘ठूलो’ शान्ति स्मारकको वेबसाइट सार्वजनिक

१५ फागुन, काठमाडै । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । शनिबार बिहान लुम्बिनीमा भएको एक समारोहबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन ‘स्यांक्चुरी’ सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो । परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको स्यांक्चुरीलाई विश्वकै ठूलो शान्ति स्मारक भनिएको छ । जहाँ सभाहलसहितको […]

भ्रष्टाचार नियन्त्रणमा अहिलेसम्मै उत्कृष्ट काम गर्नेछु : प्रमुख आयुक्त राई

१५ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताएका छन् । घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् । नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग […]



from समाचार – Online Khabar https://ift.tt/3b4ucWJ
via IFTTT
Powered by Blogger.