Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

‘सर्वोच्चको फैसला सानो जित मात्र हो’

१३ फागुन, काठमाडौं । गत पुसदेखि लेखक सञ्जीव उप्रेतीको परिचय सक्रिय नागरिक अभियन्ता बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सडक संघर्षमा उत्रिएको नागरिक समाजमा उप्रेती पनि सक्रिय रहे । शीतल निवास मार्च, बालुवाटार मार्च र टीयू मार्च हुँदा उनी ‘फ्रन्टलाइन’मा रहे । बृहत् नागरिक आन्दोलनले फागुन ७ […]

संसदले नै नेकपा फुटाउन सक्छ ? प्रदेशको नजिर के छ ?

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना भएसँगै सभामुख अग्निप्रसाद सापकोटा विभिन्न पार्टीका नेता र विज्ञसंग परामर्शमा जुटेका छन् । सभामुखको सचिवालयका अनुसार सापकोटाले बुधबार संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम र सचिवालयका सचिवहरुसँग ब्रिफिङ लिए । बुधबार नै केही नेताहरुसँग भेटेर सभामुखले संसदका आगामी कदमहरु के कस्ता हुन सक्छन् भनेर राय/परामर्श लिए । बिहीबार पनि […]

स्थानीय सरकारको विश्वव्यापी नेटवर्कको क्षेत्रीय अध्यक्षमा मेयर व्याञ्जु

१३ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको मान्यताप्राप्त विश्वभरका स्थानीय सरकारहरुको साझा संस्था युनाइटेड सिटिज लोकल गभर्नमेन्ट एसिया प्यासेफिक, साउथ एन्ड साउथ इष्ट एसिया अध्यक्षमा नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्यञ्जु श्रेष्ठ निर्वाचित भएका छन् । नेटवर्कको साउथ एन्ड साउथ इष्ट एसिया च्याप्टरमा ५४ वटा देश सम्बद्ध छन् । स्थानीय सरकार तथा विज्ञसहित विश्वभर २ लाख […]

सांसदहरुले पुसदेखि रोकिएको तलब एकमुस्ट पाउने

२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो । फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् । फागुन महिनाको तलब पठाउँदा […]

भारतको प्रतिक्रिया : संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् । अदालतको फैसलाबारे सोधिएको प्रश्नमा उनले भने,‘ २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । […]

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]

‘इको भिलेज’ : मित्रसेन दाहालको अधुरो सपना

१३ फागुन, काठमाडौं । सात वर्षअघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट सेवानिवृत्त भएपछि राधा शर्माको सामु दुई वटा बाटा थिए-हिँड्डुल गर्न सकेसम्म राजनीतिमा सक्रिय हुने या शान्त वातावरणमा बाँकी जीवन बिताउने । त्यही बेला मित्रसेन दाहालको मैत्री सेवा आश्रमको अवधारणा सुनेपछि उनी दोस्रो विकल्पमा गइन् । शंखरापुर नगरपालिकाको झुले गाउँमा अवस्थित ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम चल्तिको […]

सर्वोच्चको फैसलाले संविधान मजबुत बनाएको छ : पूर्वराष्ट्रपति यादव

१३ फागुन, जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन बदर गर्ने सर्वाेच्च अदालतको फैसलाले संविधान मजबुत बनाएको बताएका छन् । उनले  लोकतन्त्र रहेसम्म अब  कसैले पनि ५ बर्षसम्म संसद भंग गर्न नसक्ने उनको भनाइ छ । महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बिहीबार जनकपुरधाममा आयोजित कार्यक्रममा डा. यादवले सर्वोच्च अदालतलेको फैसलाले लोकतन्त्रमा विश्वास गर्नेहरुलाई […]

होटेल-रेष्टुरेन्ट संघ रुपन्देहीमा ओली समूहविरुद्ध अन्य दलको संयुक्त प्यानल

१३ फागुन, बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नेकपाको ओली समूहविरुद्ध नेकपाकै प्रचण्ड-माधव समूहसहित अन्य दल समर्थक व्यवसायीहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । संघको यही फागुन १६ र १७ गते १० औं अधिवेशन हुँदैछ । करिब ९ सय व्यवसायी आवद्ध संघको नेतृत्वका लागि ओली समूहले एकलौटी रुपमा उम्मेदवारी […]

नयाँ सरकार गठन : किङमेकर कांग्रेस, तर प्रक्रिया जटिल र अन्योलपूर्ण

१३ फागुन, काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गरिदिएको छ । अब सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन ८/१० दिनमा बोलाउनुपर्छ । नेकपा प्रधानमन्त्री ओली समूहले सर्वाेच्चको आदेशलाई सम्मान गर्दै अधिवेशन बोलाउने निर्णय गरिसकेको छ । तर, नेकपाको विवादका कारण सरकार निर्माण प्रक्रिया जटिल र अन्योलपूर्ण छ । अहिलेको तत्कालको प्रश्न प्रधानमन्त्रीले राजीनामा दिन्छन् […]

सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

१३ फागुन, काठमाडौं । बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार […]

दुर्घटनाग्रस्त ट्यांकरबाट तेल भर्दै गरेको भिडियो भाइरल

१३ फागुन, काठमाडौं । दुर्घटनाग्रस्त ट्यांकरबाट पोखिएको डिजेल जर्किन तथा बोत्तलमा भर्दै गरेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियोमा दुर्घटनामा क्षतिग्रस्त भएर सडकमा लडिरहेको ट्यांकरमा निस्किएको पेट्रोलियम पदार्थ केही मानिसहरु बोत्तल तथा जर्किनमा डिजेल भरिरहेका देखिन्छन् । ट्यांकरको पछाडि पट्टीबाट बगिरहेको डिजेल भर्ने मध्येका एक बर्दी कै प्रहरी पनि छन् । उक्त […]

बालाजु बाइसधारामा स्थानीयमाथि दमन गर्नु प्रतिगमन हो : वृहत नागरिक आन्दोलन

१३ फागुन, काठमाडौं । वृहत नागरिक आन्दोलनले काठमाडौंको बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध संघर्षरत पीडित र अभियन्ताहरूलाई बुधबार गिरफ्तार गरेकामा विरोध जनाएको छ । सर्वोच्च अदालतले केन्द्र सरकार, स्थानीय सरकार, जनप्रतिनिधि र उपत्यका विकास प्राधिकरणले गरेको सडक विस्तार रोक्का गर्न दिएको अन्तरिम आदेशको बेवास्ता गर्ने तथा उल्टै पीडित र अभियन्तामाथि दमन गर्ने काम गरेको भन्दै […]

औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

१३ फागुन, विराटनगर । औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका अधिकृतलाई अख्तियारको टोलीले घुससहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले घुसबापत लिएको दुई लाख रुपैयाँसहित फार्मेसी अधिकृत सरोज सुवेदीलाई पक्राउ गरेको हो । बिहीबार दिउँसो विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडि रहेको भट्टराई होटलबाट सुवेदीलाई अख्तियारको टोलीले पक्राउ गरेको […]

कैलाली र रुपन्देहीमा भएका सवारी दुर्घटनामा दुईको मृत्यु

१३ फागुन, काठमाडौं । कैलाली र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–८ जग्दाहामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । से १ त ४३०३ नम्बरको ट्याक्टरबाट खसेर गोदावरी नगरपालिका–७ हरैयाका २४ वर्षीय गोविन्द चौधरीको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फरार ट्याक्टर चालकको खोजी […]

प्रचण्डसँग वामदेवको प्रस्ताव- ओलीलाई सम्मानपूर्वक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई […]

कञ्चनपुर, पोखरा र पाँचथरमा गरी ३ जना मृत अवस्थामा भेटिए

१३ फागुन, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक व्यक्ति घरको कम्पाउण्डभित्र मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ सूर्योदय टोल डेरा गरी बस्ने बर्दियाको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी बिहीबार घर कम्पाउण्डभित्र मृत अवस्थामा फेला परेका हुन् । यस्तै पोखरा महानगरपालिका–६ स्थित बसुन्धारा पार्कमा पनि एकजना मृत अवस्थामा फेला छन् । अर्घाखाँची घर […]

झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

१३ फागुन, काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ । विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र प्रतिवेदनहरुको पुनरावलोकन […]

देशभर थपिए ११२ कोरोना संक्रमित, ८४ जना निकाे भए

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ११ जनाको नमुना परीक्षण गर्दा ५२ महिला र ६० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ […]

कञ्चनपुरमा छतबाट खसेर एक विद्यार्थीको मृत्यु   

१३ फागुन, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको बिहीबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी रहेका छन् । फार्मेसीमा अध्ययनरत चौधरी डेरा गरी बस्ने दुईतले घरको छतबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘मादक पदार्थ सेवन गरेका […]

नेकपाको नाम विवादमा सर्वोच्चले फागुन २० मा फैसला सुनाउने

१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फागुन २० गते निर्णय सुनाउने भएको छ । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि […]



from समाचार – Online Khabar https://ift.tt/2P96BLL
via IFTTT
Powered by Blogger.