Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कैलालीमा युवक मृत भेटिए, हत्या भएको आशङ्का

१५ फागुन, कैलाली । गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए […]

सरकारी संस्थामार्फत होटल सञ्चालन

१५ फागुन, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा सहकारी संस्थामार्फत होटल सञ्चालन गरिएको छ । पाउद्वार पर्यटन सहकारी संस्थाले अन्नपूर्ण गाउँपालिका-५ खोपारामा ४० जना क्षमताको २० कोठे होटल सञ्चालन गरेको हो । उक्त सहकारी संस्थाले पदमार्गसमेत सुरु गर्ने तयारी गरेको छ । पर्यटनको लाभ समुदायमा पुर्‍याउन नेपालमै पहिलो पटक नयाँ अवधारणामा होटल सञ्चालन गरिएको सहकारीका अध्यक्ष […]

झापामा पहिलो रबर उद्योग सञ्चालनमा आउँदै

१५ फागुन, काठमाडौं । नेपालमा रबर खेती सुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कन्काई नगरपालिका–७ मा २० करोड रुपैयाँको लगानीमा स्थापित कन्काई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । २०४६ सालमा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल […]

विश्व शान्ति स्यांक्चुरीको वेभसाइट सार्वजनिक

१५ फागुन, काठमाडौं । विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ । शनिबार बिहान लुम्बिनीमा भएको एक कार्यक्रमबीच शान्तिको लागि बन्न लागेको शान्ति-भवन (स्यांक्चुरी) सम्बन्धी वेभसाइट सार्वजनिक गरिएको हो । परमआदरणीय श्याल्पा तेन्जिङ रिम्पोचेको परिकल्पनामा बन्न लागेको पिस स्यांक्चुरी विश्वकै ठूलो शान्ति-स्मारक हो । जहाँ सभाहलसहितको विशाल भवन […]

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

१५ फागुन, गण्डकी (कास्की) । पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल । प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ । कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका […]

शालीनदीमा श्री स्वस्थानी व्रतकथा समापन गर्दै व्रतालु (फोटो फिचर)

१५ फागुन,काठमाडौं । यो वर्षको श्री स्वस्थानी व्रतकथाको आज अन्तिम दिन । एक महिले व्रतकथाको आज विधिवतरुपमा समापन गरिँदैछ । स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । आज पनि शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर […]

बाल विवाह गरेको आरोपमा बेहुला र उनका बुवा पक्राउ

१५ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने ४६ वर्षीय बुवा र उनका १९ वर्षीय छोरा पक्राउ परेका हुन् । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज-१६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो । उनीहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा […]

नेपालसहित ३ मुलुक विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस

१५ फागुन, काठमाडौं । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई […]

कोरोना पोजेटिभ व्यक्ति काठमाडौंबाट जहाज चढेर दिल्ली पुगे

१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंबाट दिल्ली पुगेका एकजना यात्रुको साथमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ रिपोर्ट फेला परेको छ । शुक्रबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलस्थित निगमका कर्मचारीको लापरबाहीका कारण पोजेटिभ रिपोर्ट आएका यात्रुलाई समेत जहाज चढाएको अनुमान छ । विमानस्थल स्रोतका अनुसार दिल्ली पुगेको जहाजमा कुल १४१ यात्रु थिए। कोभिड-१९ पोजेटिभ रिपोर्ट बोक्ने […]

दलितले दिएको दही खाएको आरोपमा साढे २ वर्षदेखि समाजबाट बहिष्कार

१५ फागुन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको खुलेको छ । दलित समुदायका व्यक्तिले दिएको दही खाएको आरोपमा टंकप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आचार्यले २०७५ असारमा जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको जातीय भेदभावविरुद्धको सहभोज कार्यक्रममा दलित समुदायका […]

घुसको जोडघटाउ

उसले तलब थाप्नेबित्तिकै रकमको जोड-घटाउ गर्न थाल्यो । चिया पसलको उधारो दुई हजार । मोबाइल खर्च एक हजार । आगामी महिनाको खाजा खर्च तीन हजार । बुट फाटेको छ, किन्नको लागि दुई हजार । युनिफर्म खुईलिएर सेतै भएको छ । हाकिमबाट तीन पुस्तालाई पुग्ने गाली खाइसकिएको छ । स्केलमा पाउनुपर्ने पोशाक वर्षौं बित्दा पनि पाइँदैन […]

विदेशी माटोका नेपाली कविता

नेपाली कवितामा शिल्पकारझैं निपुण कविको नाम हो, रमेश क्षितिज । जस्तो उनको कविता अलग्गै छ, उनको जीवनको छुट्टै परिचय पनि छ । पेशा वा परिवार जसलाई अहिले कोट्याउनु आवश्यक लागेन । तर पनि उनै कविको कवित्वमा पाएका फरक शैली, शिल्प र भाव लेख्ने कोसिस गरेको छु । समयको विविध कालखण्डमा कवि क्षितिज आफ्नो भुगोलभन्दा पर, […]

एक वर्षपछि पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दै नेपाल

१३ फागुन, काठमाडौं । नेपाल एक वर्षपछि पर्यटन प्रवर्द्धनका लागि भौतिक रुपमै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनमा जाने भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा भौतिक रुपमै उपस्थित भई दक्षिण एसियालीस्तरको ट्राभल मार्टमा भाग लिने निश्चित भएको छ । कोरोना भाइरसको महामारीका बीच अघिल्लो वर्षको चैतबाट विदेशमा पर्यटन प्रवर्द्धनको कार्यक्रम रोकिएको […]

श्री स्वस्थानी व्रतकथा समापन गरिँदै

१५ फागुन, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज विधिवतरुपमा समापन गर्न लागिएको हो । आजदेखि श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनसम्मका लागि विसर्जन गरिन्छ । महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना […]

म्याग्दीका गाउँलाई सहरसँग जोड्न १३ पक्की पुल बन्दै

१५ फागुन, गलेश्वर । हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय […]

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति : बल फेरि सर्वोच्चकै कोर्टमा

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गरेपछि विभिन्न संवैधानिक निकायमा गरिएका ३२ पदाधिकारीको पद संकटमा परेको छ । संवैधानिक परिषद्का ६ मध्ये जम्मा ३ जनाको सिफारिस र संसदीय सुनुवाईबिनै नियुक्ति लिएका पदाधिकारीहरूलाई अदालतको फैसलाले थप आलोचित बनाएको हो । संकट वा […]

‘ओलीले राजीनामा दिए नेकपाकै बहुमतको सरकार बन्न सक्छ’

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्त राजनीतिक विश्लेषक एवं लेखक पनि हुन् । माधव नेपालका पालामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिका निभाएका पन्त अझै पनि नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना देख्छन् । तर, यसका लागि केपी ओलीबाटै पहल हुनुपर्ने पन्तको सुझाव छ । ‘अहिले पनि राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने कुराको मुख्य […]

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

१४ फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो […]

निर्वाचन टरेपछि हट्यो अर्थलाई आकस्मिक खर्चको बोझ

१४ फागुन, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा भएपछि सबैभन्दा दवावमा थियो, अर्थ मन्त्रालय । एकातर्फ कमजोर पूँजीगत खर्चका कारण निरन्तर आलोचना भइरहेको र अर्कोतर्फ कोरोना खोपमा लगानी गर्नुपर्ने भएकाले समेत अर्थलाई स्रोतको जोहो गर्न समस्या थियो । सोहीकारण अर्थ मन्त्रालयले बजेटको अर्धवाषिर्क समीक्षाकै दौरान समस्याका रुपमा आकस्मिक […]

बलात्कारीलाई १८ वर्ष कैद

१४ फागुन, सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलाशले निरालेलाई १८ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति भराउने फैसला गरेको सप्तरी जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । पीडितका […]

प्रतिगमन विरोधी आन्दोलनकी एक ‘फ्रन्टलाइनर’

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अन्ततः सर्वोच्च अदालतले बदर गरिदिएको छ । ओलीको प्रतिगामी कदमविरुद्व त्यसअघि लगातार दुई महिना आन्दोलन चल्यो । सडक आन्दोलनमा संसद् विघटन गरिएकै दिन गत ५ पुसमा विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूह बढी आक्रामक बन्यो । यो समूहका युवा तथा विद्यार्थीले पूरा दुई […]



from समाचार – Online Khabar https://ift.tt/3kstqFT
via IFTTT
Powered by Blogger.