समाचार
१३ फागुन, काठमाडौं । संसदीय समितिले पोखरा विमानस्थल नजिकको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य ६ महिनाभित्र […]
१३ फागुन, कर्णाली । कर्णाली प्रदेश सरकारले वितरण गर्ने चालु आर्थिक वर्ष २०७७/७८ को उच्च शिक्षा छात्रवृत्ति जुम्लाका विद्यार्थीले पाउन सकेका छैनन् । सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी–बुहारी, दलित, अपाङ्गता भएका व्यक्ति र कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा जीवन आहुति दिएका शहीदका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै […]
१३ फागुन, गुल्मी । गुल्मी कोरोना संक्रमणमुक्त जिल्ला भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेपछि गुल्मी संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । जिल्लामा हाल होम आइसोलेसनमा बस्नेहरुको संख्या शून्य रहेको छ । गुल्मीमा ९ सय ५२ जना कोरोनामुक्त भएर घर फर्केका छन् । जिल्लामा हालसम्म ५ हजार […]
१३ फागुन, काठमाडौं । चितवनमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अभियोगमा उनीहरुमथि अनुसन्धान भइरहेको थियो । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भनिने पुरन रेउले, काभ्रेको मण्डन देउपुर नगरपालिका–१० घर भएका ४८ वर्षीय […]
१३ फागुन, बुटवल । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र कांग्रेस गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे एजेण्डा मिल्ने भएकाले नयाँ सत्ता समीकरणमा ओली र कांग्रेसको गठबन्धन बन्ने सिंहको भनाइ छ । प्रगतिशील पत्रकार संघ रुपन्देहीले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओली […]
१३ फागुन, काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुर, बर्दिया, चितवन र सुनसरीमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले एक गाडीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विहीबार बिहान ना ६ ख ४०४४ नम्बरको ट्रकले ना […]
१३ फागुन, बुटवल । ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । सेवाग्राहीसँग ५० […]
१३ फागुन, काठमाडौं । उपहार परेकाे भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् । विभिन्न मितिमा उपहार पर्याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ […]
१३ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको हटिया लाइन क्षेत्र धुलैधुलो भएपछि स्थानीय वासिन्दाले सढक अवरुद्ध पारेर आन्दोलन गरेका छन् । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने सो क्षेत्रमा बिहीबार विहानदेखि स्थानीय वासिन्दाले सडक अवरुद्ध पारेका छन् । यस क्षेत्रको दुईवटा मुख्य सडक र चारवटा सहायक सडकमा डोरी र तारजाली लगाइएको छ । सडक निर्माणका […]
१३ फागुन, काठमाडौं । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) का विशेषज्ञहरुले जोन्सन एण्ड जोन्सनले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुरक्षित र प्रभावकारी देखिएको बताएका छन् । एफडीएले बुधबार प्रकाशित गरेको विवरणअनुसार विशेषज्ञहरुको समूहले यो खोपलाई अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो । जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको […]
१३ फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर बिहीबारका लागि प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको भाउ […]
१३ फागुन, काठमाडौं । सात वर्षअघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट सेवानिवृत्त भएपछि राधा शर्माको सामु दुई वटा बाटा थिए-हिँड्डुल गर्न सकेसम्म राजनीतिमा सक्रिय हुने या शान्त वातावरणमा बाँकी जीवन बिताउने । त्यही बेला मित्रसेन दाहालको मैत्री सेवा आश्रमको अवधारणा सुनेपछि उनी दोस्रो विकल्पमा गइन् । शंखरापुर नगरपालिकाको झुले गाउँमा अवस्थित ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम चल्तिको […]
१३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ । संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । […]
१३ फागुन, काठमाडौं । ‘सबको फोन…’ गत दुई वर्षदेखि बाक्लै सुन्न थालिएको एउटा कम्पनीको नाम हो, यो । ‘सबको फोन’ले बिग्रेको मोबाइल सेटलाई ‘रिफरविस्ट’ गर्छ । ‘हामी पुरानो मोबाइलको बिग्रेको पार्टपुर्जा बनाएर, त्यसले पूर्णरुपमा काम गरेको प्रमाणित गरेर नयाँ प्याकेजिङमा ग्राहकलाई फर्काउँछौं’, कम्पनीका संस्थापकमध्येका एक उत्तम काफ्ले भन्छन् । सबको फोनमा ब्रान्डेड कम्पनीका पछिल्ला मोबाइल […]
११ फागुन, काठमाडौं । बौद्ध–६, तिनचुलीस्थित घरमा सुतिरहेका जापानी नागरिक तेञ्जिङ सिमिजु राति २ बजे भाडाकुँडा बजेको सुनेर ब्युँझिए । दर्के पानी परिरहेका वेला रातमा अस्वभाविक आवाज सुनेर उठेका उनी अज्ञात समूहको आक्रमणमा परिहाले । कसैले पछाडिबाट टाउकोमा हाने, उनी अर्धबेहोसी अवस्थामा पुगे । एक वर्षअघिको घटना अहिले अहिले सम्झँदा उनलाई जिरिंग हुन्छ । भन्छन्, […]
१३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग सत्ता साझेदारीको विषयमा छलफल थालेको छ । बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको सो समूहले आज संसदको तेस्रो ठूलो दल जसपाका नेताहरुसँग छलफल थालेको हो । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता […]
१३ फागुन, बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजू र उपाध्यक्ष हरि अर्यालले उम्मेदवारी दिएका छन् । संघको २४औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सहमति नभएपछि चुनाव हुन लागेको हो । २५ सदस्यीय कार्यसमितिमा अधिकांश पदाधिकारी निर्विरोध भएका छन् । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बाबुराम पाण्डेका अनुसार अध्यक्षसहित सचिव, […]
१३ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् । गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई […]
१३ फागुन, काठमाडौं । फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानुन अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानुन अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको छ । यो कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो प्लेटर्फममा अष्ट्रेलियाका प्रयोगकर्तालाई समाचार सेयर गर्न प्रतिबन्ध लगाएको […]
१३ फागुन, वीरगञ्ज । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित बाराबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ परेका हुन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया […]
१३ फागुन, काठमाडौं । आज बस्ने तय भएको नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको […]
from समाचार – Online Khabar https://ift.tt/3qNTBsZ
via IFTTT