समाचार
१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा […]
१९ माघ, हेटौंडा । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो । प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि माघ ९ गते बसेको […]
१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने अवस्थाको अन्त्य गर्न दाउरा निःशुल्क गर्ने योजना बनाएको उनले सुनाए । तर उनको घोषणा लागू भएको छैन । पशुपति क्षेत्र […]
१८ माघ, पोखरा । मानिसहरुले चौतारा भरिएको छ, मञ्च अघिल्तिर बस्नेहरु ताली बजाइरहेका छन् । धमाधम सम्मान थाप्दै मञ्चबाट झर्नेहरुको लर्को छ । कार्यक्रमस्थलको एउटा कुनामा छिन्, राधिका खनाल (६२) । उनको न मञ्चतिर ध्यान छ, न अरु मान्छेहरुतिर चासो । राधिका एक तमास टोलाइरहेकी छिन् । हातमा बोकेको गाउँ सरकारले दिएको सम्मानपत्र घरिघरी ओल्टाइपल्टाइ […]
१८ माघ, काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । ३० मंसिरको विहान बसेको परिषद्को बैठकमा गणपुरक संख्या नपुगेपछि अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भएपनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो भने त्यही दिन साँझ बोलाइएको परिषदको बैठकमा सभामुख सापकोटा र विपक्षी दलका […]
१८ माघ, काठमाडौं । संवैधानिक इजालस, सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदकहरुको तर्फबाट बहस सकिएको छ । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि ७० जना भन्दा बढीले बहस गरे । संसद विघटनको करिब ४० दिनपछि प्रतिरक्षाका लागि सरकारी पक्षको बहस भोलि सोमबार सुरु हुनेछ । रिटमा […]
१८ माघ, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको मुल जिम्मेवारी पशुपति क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृति वस्तु र स्थलहरुको संरक्षण र सम्बर्द्धन गर्नु हो । तर, कोषकै जोडबलमा यसअघि नै विवादित बनेको मूल शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने निणर्य गरेको छ । कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार शिवलिङ्गको जलहरिमा सुनको जलप लगाउने प्रस्ताव […]
आज धर्मभक्त माथेमाले शहादत प्राप्त गरेको ठाउँबाट उहाँलाई सम्झिँदै छौं । उहाँकै परिवार विश्वविद्यालयका मेरा गुरु केदारभक्त माथेमासँग बसेर सम्पूर्ण शहीदलाई सम्झिँदै छौं । तर समस्या के हो भने आज पनि हामी लोकतन्त्रकै चिन्ता गर्दैछौं । अहिले खगेन्द्र संग्रौला लगायत अग्रजहरूको छत्रछायाँमा हामी आन्दोलनमा छौं । खगेन्द्र दाइ पनि आन्दोलनमा हुनुहुन्छ, हामी पनि आन्दोलनमा छौं […]
केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको लगभग ५० दिन पुगेको छ । संसद विघटनको विरोधमा तर्कहरु सुनिरहेका न्यायाधीशहरुले सोमबारदेखि सरकारी पक्षका वकिलहरुले तर्क सुन्नेछन् । त्यसपछि अदालतले यसबारे सम्भवतः माघ महिनाभित्रै वा फागुनको पहिलो सातामा निर्णय सुनाउने छ । अब सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदियो भने के होला ? यो […]
१८ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले आइतबार सर्वोच्च अदालतमा हाजिर गराएको छ । बन्दी प्रत्यक्षीकरणको रिट परेपछि अदालतले बास्तोलालाई २४ घन्टाभित्र हाजिर गराउन आदेश दिएको थियो । सोही अनुरुप उनलाई प्रहरीले अदालत उपस्थित गराएको हो । बाँस्तोलासहित नेता विवेक कुमाल र प्रकाश शाहीलाई प्रहरीको विशेष ब्युरोले २९ पुसमा ललितपुर र […]
१८ माघ, काठमाडौं । भारतले उपहारमा दिएको खोपले खोप अभियान सुरु भए पनि नेपालले थप खोप पाउन कठिन भएको छ । कुनैपनि कम्पनीले नेपाललाई खोप दिने चाहना नदेखाएपछि हाल सञ्चालित खोप अभियान प्रभावित हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनामा सबै नागरिकलाई खोप दिने बताए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरु […]
१८ माघ, सुर्खेत । कणर्ालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ व्यवसाय गर्न चाहने युवालाई सहुलियतमा ऋण दिने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पाँच दिने विजनेस इन्कुवेशन एण्ड बुट क्याम्पमा सहभागी युवासँगको कुराकानीमा मुख्यमन्त्री शाहीले नयाँ व्यवसायको प्रस्ताव लिएर आउन आग्रह गरे । ‘सरकार युवाहरुलाई रोजगार बनाउने कामतर्फ उन्मुख छ,’ उनले भने, ‘तपार्ईंहरुले आफूले गर्न चाहेको […]
१८ माघ, काठमाडौं । भारतका विभिन्न सहरमा फैलिएको बर्डफ्लू नेपालमा पनि पुष्टी भएको छ । तर हालसम्म कुखुराको कुनै पनि प्रजातीमा रोगको संक्रमण नदेखिएको कृषि विकास मन्त्रालयले जनाएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका ७ साङ्लेखोलामा स्थानीय किसानले पालेको टर्की र हाँसमा बर्ड फ्लू पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताए । अघिल्लो वर्ष काठमाडौंमा […]
१८ माघ, काठमाडौं । चीनले नेपाललाई ३ लाख डोज कोरोना खोप अनुदान दिने भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारले कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको काठमाडौंस्थित चिनियाँ दूताबासले पुष्टि गरेको छ । ‘चीनभित्र र बाहिर पनि कोरोना खोपको माग धेरै भएपनि तीन सरकारले नेपाललाई प्राथमिकतामा राखेको छ’ दूतावास स्रोतले भन्यो । चीनले नेपाललाई […]
१८ माघ, काठमाडौं । संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिएको छ । संवैधानिक प्रावधानअनुसार प्रत्येक नागरिकलाई कुनै सार्वजनिक महत्वको विषयमा आफूलाई लागेको विचार, दृष्टिकोण र धारणा बिनाअवरोध र हस्तक्षेप अभिव्यक्त गर्न पाउने अधिकार छ । तर, अदालतमा प्रतिनिधिसभा विघटनका विरुद्धमा बोल्ने केही पूर्वप्रधानन्याधीशलाई अवहेलनाको मुद्दा लगाइएपछि अभिव्यक्ति स्वतन्त्रता […]
१८ माघ, काठमाडौं । एमाले र माओवादीबीच एकता गर्न १३ वर्ष खर्च भएको र फेरि पनि एकतावद्ध नेकपाको विकल्प नभएको निष्कर्षमा उभिएका वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय एकता अभियान सुरू गरेका छन् । आफ्नै संयोजकत्वमा सुरू अभियानलाई प्रष्ट पार्न गौतमले तीन पुस्तक सार्वजनिक गरेका छन्– मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन्, एक्साइसौं […]
१८ माघ, काठमाडौं । सिफल (कालोपुल) मा आइतबार दिउँसो शहीद धर्मभक्त माथेमाको शालिकअगाडि धर्मभक्तझैं उभिएर नाट्यकर्मी आशान्त शर्मा बोलिरहेका थिए । नाट्य–निर्देशक घिमिरे युवराजले तयार पारेको धर्मभक्तको आत्मपरक ‘स्क्रिप्ट’ नाट्यकर्मी शर्माले यसरी सुनाए– ‘म पेसाले एउटा शारीरिक सुगठनको प्रशिक्षक हुँ । दरबारमा राजा, युवराज र भारदारहरूलाई शारीरिक व्यायामको तालिम दिन्थेँ । राणाहरूको अत्याचारविरुद्ध अभियान चलाएको […]
१८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा पार्टीका कार्यक्रमहरुमा भाग लिन देश दौडाहमा छन् । पार्टीका आमसभामा सहभागी हुन कार्यक्रमस्थलसम्म पुग्न भने उनले विकासको आयोजनाहरुका नाममा राज्यकोषको खर्च गरिरहेका छन् । सरकारी खर्चमा पार्टीको कार्यक्रमका लागि दौडाहमा निस्कँदा हुनसक्ने सम्भावित विरोध र आलोचना रोक्न र घोषित निर्वाचनअघि सरकारको काम देखाउन उनले शिलान्यास […]
१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले गत […]
१८ माघ, सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–४, स्थित एकता टोलबाट खजुरा गाउँपालिका–८, बाँकेका २८ वर्षीय सदाम खाँ र सब्बीर खाँनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनिहरुबाट ३६० ग्राम ब्राउन सुगर बरामद भएको छ । त्यस्तै, नाइट्राभेटाम […]
१८ माघ, हेटौंडा । वाग्मती प्रदेशसभाले ३ वर्षको अवधिमा ५९ वटा कानुन निर्माण गरेको छ । आइतबारदेखि चौथो वर्षमा प्रवेश गरेको प्रदेशसभाले तेस्रो वर्षमा १४, दोस्रोमा २१ र पहिलो वर्ष २४ वटा कानुन बनाएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक ९९ वटा कानुन २ वर्षभित्र बनिसक्ने दावी गरेको थियो । तर, तीन […]
from समाचार – Online Khabar https://ift.tt/3j6LqEU
via IFTTT






















