समाचार
१६ असार, काठमाडौं । काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो । नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर […]
१६ असार, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार […]
१६ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् । सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् । स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न […]
१६ असार, काठमाडौं । ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको ज्यान गएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका […]
१६ असार, काठमाडौं । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको ज्यान गएको छ । कम्तीमा १८१ जना घाइते भएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको […]
१६ असार, काठमाडौं । पछिल्लो समय बैंकहरुको मर्जरका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । गत बिहीबार बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर उनले मर्जरका लागि चाँडोभन्दा चाँडो पार्टनर खोज्न निर्देशन दिए । आगामी २७ गते मौद्रिक नीति आउने र त्योभन्दा अगाडि नै मर्जरका लागि आ–आफ्नो […]
१६ असार, काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार विहान भएको खेलमा इजिप्टले समूह ‘ए’ को अन्तिम खेलमा युगाण्डालाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टको जितमा मोहमद सलाह र एल मोहम्मदीले गोल गरे । खेलको ३६ औ […]
१६ असार, काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा आज विहान सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे […]
१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ । पाकिस्तान र इंग्ल्यान्डको […]
१६ असार, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो […]
१५ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको […]
१५ असार, काठमाडौं । काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए । गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गोप्य अंग देखाइदिन्थे । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुका उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलियाअनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे […]
१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए । चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको […]
१५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १६ वर्ष मुनिका लागि छनोट गरेका मध्ये दुई तिहाई खेलाडी बढी उमेरको भएको पाइएको छ । अजय रानाको टोलीले गरेको शारीरिक परीक्षणमा ३५ मध्ये २५ जना अनुत्तीर्ण भएको छनोट समितिमा एक प्रशिक्षकले अनलाइनखबरलाई जानकारी दिए । एन्फा उपाध्यक्ष तथा युथ कोअर्डिनेटर उपेन्द्रमान सिंहले पाँच जना प्रशिक्षक […]
१५ असार, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समितिले विशेषज्ञहरुलाई कसैको प्रभावमा नपरी यथार्थपरक राय सुझाव दिन आग्रह गरेको छ । राजधानी र नामाकरणका लागि १२ वटै जिल्लाबाट सुझाव संकलनपछि प्रदेशसभा सचिवालयले गत जेठ ११ गते वातावरणविज्ञ, सुरक्षा विज्ञ र भूगोग विज्ञ गरी तीनजना विज्ञलाई राय सुझाव दिनका […]
१५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता खारेजीको बाटोतिर नजान सरकारलाई चेतावनी दिएका छन् । जनतामा ‘प्रदेश सरकार नभए पनि हुन्छ’ भन्ने भाव आएको भन्दै सचेत हुन प्रदेश सरकारहरुलाई आग्रह गरे । आइतबार आफ्नै निवासमा केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘संघीयता दिन प्रतिदिन कमजोर भइरहेको छ र यो खारेजीको वाटोतिर जान […]
१५ असार, विराटनगर । उपप्रधानमन्त्री तथा नेकपा नेता ईश्वर पोखेलले पार्टीका दुई अध्यक्षबीच प्रधानमन्त्री भएको भनिएको सहमतिको अनावश्यक रुपमा मार्केटिङ (प्रचार) भइरहेको आरोप लगाएका छन् । मदन भण्डारीको जन्म जयन्तीको अवसरमा विराटनगरमा आइतबार आयोजित अन्तर्क्रियामा उनले प्रधानमन्त्री पद आलोपालोको विषय मार्केटिङ गरिरहनुपर्ने विषय नभएको बताएका हुन् । ‘आलोपालोको विषयमा भित्री सम्झौताबारे कमिटीलाई नै थाहा छैन, […]
१५ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘तामाकोसी ५ जलविद्युत आयोजना’ लाई माथिल्लो तामाकोसी जलविद्युत कम्पनीअन्तरगत नै राख्नुपर्ने माग अघि सारेको छ । निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुनै लाग्दा त्यसको लगानीकर्ता रहेको कर्मचारी सञ्चय कोषले तामाकोसी ५ लाई तामाकोसी जलविद्युत कम्पनीको छाताबाट बाहिर नलैजान सरकारको ध्यानाकर्षण गराएको हो । हाल माथिल्लो तामाकोसी निर्माणका लागि […]
१५ असार, पोखरा । आइतबार असार १५ गते, सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । सरकारले औपचारिक रुपमा कुनै दिवस नमनाउँदा पनि किसानले यसै दिनमा दही चिउरा खाएर असार १५ मनाउने गरेका थिए । धान दिवसको अवसर पारेर पोखरा महानगरपालिका १७ महतगौंडामा पर्यटन परिषद्ले आइतबार रोपाईं महात्सव गरेको छ । १६ वर्षअघिबाट सुरु […]
१५ असार, काठमाडौं । धावनमार्ग पुनस्र्थापना गर्न १४ घण्टामात्र सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि २१ घण्टा खुल्ने भएको छ । करीव ४० वर्ष पुरानो धावनमार्ग मर्मत गर्न गत १८ चैतदेखि त्रिभुवन विमानस्थल १४ घण्टा मात्र सञ्चालन गरिएको थियो । विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द थियो । यस अवधिमा त्रिभुवन विमानस्थलबाट हुने […]
१५ असार, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा ललितकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले आफ्नो जागिर अवधिमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ अवैध आम्दानी गरेको दावी गर्दै अख्तियारले उनी र उनकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०४० असार १७ गते मुखियाबाट […]
from समाचार – Online Khabar https://ift.tt/2LsTwco
via IFTTT






















