Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सागका लागि तयार होला त हिटिङ स्वीमिङ पुल ?

१२ साउन, काठमाडौं । सम्झौताअनुसार काम भएको भए सातदोबाटोमा हिटिङ स्वीमिङ पुल तयार भइसक्नु पर्ने हो । अनि नेपाली खेलाडीहरुले त्यसमा अभ्यास गर्न पाउनु पर्ने हो । तर एक पटक होइन, पटकपटक म्याद थप्दा पनि हिटिङ स्वीमिङ पुलको निर्माण सकिएको छैन । अब मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने तय भएको १३औं दक्षिण एसियाली […]

क्वारेन्टाइन कर्मचारीको गुनासो : प्रहरीदेखि पत्रकारसम्मले दु:ख दिए

१२ साउन, काठमाडौं । कृषि तथा पुशपंक्षी विकास मन्त्रालयले पहिलोपटक आफ्नो मन्त्रालय मातहतका तीनैवटा क्वारेन्टाइन अन्तर्गतका प्रतिनिधिसँग छलफल गर्‍यो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा भएको छलफलमा वनस्पति, पशु र खाद्य क्वारेन्टाइनका अधिकारीहरु सहभागी थिए । धक फुकाएर आफ्ना समस्या राख्न मन्त्री चक्रपाणि खनालको आग्रहपछि सीमा नाकादेखि काठमाडौंसम्मका क्वोन्टाइन अधिकारीहरुले भन्सारका हाकिमको दादागिरीदेखि सशस्त्र प्रहरीले […]

स्कूल विभागको विवाद मिलाउन प्रचण्डको दौडाहा, ओली र माधव नेपालसँग छलफल

१२ साउन, काठमाडौं । स्कूल विभागका कारण अवरुद्ध रहेको पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिनभर सहमतिको पहल गरेका छन् । सहमतिकै लागि आइतबार निर्धारित सचिवालय बैठक सोमवार सारिएको थियो । प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहान र साँझ दुईपटक बालुवाटारमै पुगेर भेटेका छन् । ओली […]

बाढी र डुवानले कृषि व्यवसायमा साढे ३ अर्ब बढीको क्षति

१२ साउन, काठमाडौं । गत असार अन्तिम साता प्रदेश दुईमा आएको बाढी र डुबानका कारण कृषि तथा पशुपंक्षी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती […]

भन्सारमा नतिरी पुस्तक छुटाउन व्यवसायीको सरकारलाई दवाव

१२ साउन, काठमाडौं ।विदेशबाट आयात गरिने पुस्तकमा दश प्रतिशत भन्सार महशुल लगाउने सरकारी निर्णयलाई व्यवसायीले नमान्दा मुख्य भन्सार नाकाहरुमा करोडौं मूल्यका पुस्तकहरु रोकिएका छन् । बजारमा पुस्तकको ‘हाहाकार मच्चिएको’ तर भन्सारमा रोकिएर पुस्तक बिग्रिन थालेको भन्दै व्यवसायीहरुले सरकारलाई दवाव दिएका छन् । नेपाल राष्ट्रिय पुस्कत बिक्रेता संघका अध्यक्ष लिखत पाण्डेका अनुसार व्यवसायीले खरिद गरेर ल्याएका […]

चितवनको माडीमा एक बालक मृत भेटिए

१२, साउन, चितवन । चितवनको माडीमा एक बालकको शव भेटिएको छ । माडी नगरपालिका-५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ । शनिवार साँझदेखि घरमा नभएका बालकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा […]

रूपन्देहीमा बस संचालनका विषयमा झडप, एकजना घाइते

१२ साउन, बुटवल । आलोपालो प्रणालीअनुसार बस सञ्चालनका विषयमा विवाद हुँदा तीनवटा बस व्यवसायी संस्थाका कर्मचारीले अर्को संस्थाका कर्मचारीमाथि आक्रमण गरेका छन् । रुपन्देहीको बेलहियाबाट बुटवलतर्फ बस छुट्ने क्रममा यातायात मजदुरबीच विवाद हुँदा पश्चिम नेपाल, सिद्धार्थ यातायात र बुटवल यातायातका तीनजना कर्मचारी मिलेर लुम्बिनी मेट्रोसिटी प्रालिका कर्मचारीमाथि आक्रमण भएको हो । बुटवल यातायातका सोनु धोबी, […]

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

१२ साउन, पोखरा । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् […]

नाम मात्रको केन्द्रीय मानसिक अस्पताल !

१२ साउन, काठमाडौं । धादिङको ३१ वर्षे समिर घिसिङको (नाम परिवर्तन) हातमा इन्जिनियरिङको डिग्री थियो तर बेरोजगार । जागिर खोज्न भौतारिदाँ भौतारिदै उनलाई निराशाले गाँज्यो। एक्लै बस्न थाले । त्यो बिचमा उनले विभिन्न मानसिक रोग उपचार केन्द्रमा परामर्श लिए, औषधि खाए । परिवारको एक लाख बढी खर्चिँदा पनि उनको समस्या रत्तिभर कम भएन । त्यसपछि […]

सत्य निरुपण र वेपत्ता आयोग : नाम सिफारिस गर्ने म्याद घर्किएपछि निर्देशिका !

१२ साउन, काठमाडौं । सिफारिस समितिले चैतमै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गरिसक्नु पर्थ्यो । समितिमा ५७ जनाको आवेदन परेको पनि छ । तर पदाधिकारी सिफारिस गर्नुको साटो समितिले साउन मध्यतिर आएर बल्ल आफ्नै निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गत […]

समानन्द हत्या प्रकरण : गाउँमै छन् आरोपी, समात्दैन प्रहरी

१२ साउन, विराटनगर । विराटनगर १४ का समनानन्द यादवको हत्या भएको १५ दिन भयो । विवाहको बिषयमा भएको कुटपिटमा घाइते भएका उनको मृत्यु भएपछि प्रहरीले हत्या आरोपीको खोजी गरिरहेको छ । तर आरोपी गाउँमै भएपनि प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडित परिवारको गुनासो छ । विराटनगरका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षको उपस्थीतिमा ५५ वर्षीय […]

हवाई यात्रुबाट १ हजार शूल्क निरन्तर, सरकारले दियो स्वीकृति

१२ साउन, काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय उडानका यात्रुबाट प्रत्येक उडानवापत १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्न स्वीकृति दिएको छ । ३१ असार २०७५ मा अवधि सकिएको यो शूल्कका सम्बन्धमा सरकारले ढिला गरी स्वीकृति दिएको हो । अब आगामी ५ वर्षसम्म प्राधिकरणले हरेक यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने […]

कामविहीन नागरिक सीमा सहायता कक्ष

१२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुख्य व्यापारिक नाका त्रिनगर भन्सार नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन भए पनि अहिलेसम्म कुनै काम भएको छैन । कार्यालयमा हालसम्म एकजना भारत जाने नेपाली कामदारको अभिलेख राख्ने काम भएको छेन । सहायता खटिएका एकजना कर्मचारी दिनभर कार्यालय कुरेर बस्छन् । त्यसमा न भारत जानेको तथ्यांक संकलन हुन्छ, […]

बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे । ‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर […]

चितवनमा ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, ५ जना घाइते

१२ साउन, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ फिस्लिङमा ट्रकमा बस ठोक्किदा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वको काँकडभिट्टाबाट काठमाडाैंतर्फ जाँदै गरेको ना५ख ४८१९ नम्बरको बस गौरबाट काठमाडाैंतर्फ भैंसी लोड गरेर जाँदै गरेको ना७ख २५६१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार झापाको मेची-२ बस्ने […]

भीरबाट लडेर एकजनाको मृत्यु

१२ साउन, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा सामान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान लाटिगैराको भीरबाट लडेर मृत अबस्थामा शव फेला परेको प्रहरीले […]

अनलाइन विजनेसको नाममा ठगी गर्ने पक्राउ

१२ साउन, वीरगञ्ज । अनलाइन विजनेसको नाममा ठगी गरेको आरोपमा एक युवक वीरगञ्जबाट पक्राउ परेका छन् । जिल्ला महोतरी साविक सुन्दरपुर गाविस-९ जन्मस्थान भइ हाल वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा टोल बस्ने २० वर्षीय रोहित रै दास पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा सजना अधिकारील दिएको उजुरीको आधारमा ठगी मुद्दाका फरार प्रतिवादी रोहित रैदासलाई पक्राउ गरिएको […]

‘बीमा अनिवार्य होइन, आवश्यकता हो’

१२ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका- ६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्याको कारण थियो- बीमा रकम । रामकिशोरले एकमहिना अघि छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने बुझेपछि उनैले असार १६ गते राति हत्या गरे । […]

घनश्याम भुसालको निष्कर्ष-ओलीको कार्यशैलीमा परिवर्तन आउँदैछ

१२ साउन, वीरगञ्ज । नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विस्तारै सामूहिकतामा चल्नुपर्छ भन्ने सोच पलाउन थालेको बताएका छन् । पछिल्ला छलफल र भेटघाटहरुले ओली सामुहिकतामा जानुपर्छ भन्ने नजिक पुगेको उनले बताए । पार्टीमा ओलीका स्थायी प्रतिपक्षी मानिने स्थायी कमिटी सदस्य भुसाललाई केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले एक्लै बालुवाटारमा बोलाएर छलफल […]

प्रेमिकाको हत्या गरी फरार भएका लामा १२ वर्षपछि पक्राउ

१२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ […]

क्रिकेट रंंगशाला निर्माणका लागि जुट्यो थप ८४ लाख

१२ साउन, चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको […]



from समाचार – Online Khabar https://ift.tt/2LMN00U
via IFTTT
Powered by Blogger.