Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारको अभियानमा ८८ हजार नेपालीले खोले बैंक खाता

१३ साउन, काठमाडौं । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियान अन्तरगत हालसम्म करिब ८८ हजार नेपाली बैंकिङ प्रणालीमा आएका छन् । बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न भन्दै थालिएको यो अभियानको यसै नयाँ वर्षका दिन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । यो अभियान शुरु गर्नुअघि सरकारले संघीय संरचनाअनुसार निर्माण भएका ७५३ […]

सवारी ज्यान मुद्दामा ड्राइभरलाई कारागार चलान

१३ साउन, विराटनगर । गाडी चलाएर नियतवश ज्यान मारेको आरोपमा पक्राउ परेका विराटनगरका किरण लामालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । गत असार १४ गते शनिबार मादक पदार्थ सेवन गरी बा २० च ७४० […]

बालुवाटारको जग्गामा मुछिएका श्रेष्ठको हत्या भएको कांग्रेसको आशंका

१३ साउन,काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका पर्वत जिल्ला कार्य समिति सचिव तथा पूर्व कर्मचारी युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद रहेको भन्दै छानविनको माग गरेको छ । कांग्रेसका पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालले सोमबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधन रहस्यमय रहेको बताएका हुन् । विज्ञप्तिमा घटनास्थलमा रगतको थोपा नदेखिनु, अनुहार लगायत […]

५ हजार घूससहित सुब्बा र लेखनदास पक्राउ

१३ साउन, जनकपुरधाम । मोही जग्गाको लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सिरहा मालपोत कार्यालयबाट सोमबार दुई जना रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखनदासको काम गर्ने राजबंशी चौधरी छन् । यी दुबैले सेवाग्राहीसँग रु ५ हजार घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट […]

भावुक ‘नोट’ लेखेर किशोरद्वारा आत्महत्या, शिक्षकविरुद्ध जाहेरी

१३ साउन, काठमाडौं । किशोरकिशोरीले परिवार र शिक्षकप्रति गुनासो गरेर आत्महत्या गर्ने क्रम बढेको छ । कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीको कक्षा १२ मा अध्ययनरत् सुरज लेखकले शिक्षकलाई दोष देखाउँदै आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मुलुकभर २ हजार २२ आत्महत्याको घटना भए । जसमध्ये २१६ जना बालबालिका थिए र सुसाइड […]

कक्षा १२ को नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने जम्मा ३ हजार

१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । […]

अधुरो विकासले अस्तब्यस्त विराटनगर

१३ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर अधुरो विकासका कारण अस्तबयस्त बनेको छ । महानगरभित्र पर्ने सडकहरु विकासका नाममा भत्काएर लामो समयदेखि अपुरो छाडिएका छन् । जसका कारण सबैभन्दा बढी नगरवासीले सास्ती व्यहोर्नु परेको छ । नगरका भित्री सडक भत्काउने र समयमै निर्माण नगर्ने परिपाटीले गर्दा स्थानीयलाई आवतजावतमा समेत समस्या पर्ने गरेको छ । […]

घुस्याहा कर्मचारीलाई संरक्षण गरेको पुष्टि भए फाँसीमा झुण्डिन तयार छु : मन्त्री अर्याल

१३ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताएकी छन् । मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गरिन् । सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको […]

नेकपा बैठकमा स्कुल विभागबारे छलफलै भएन

१३ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार स्कुल विभागबारे छलफल नै भएन । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ प्रकाश र ईश्वर पोखरेलको दाबी आएपछि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठकमा सोमबार दिउँसो बालुवाटारमा बसेको थियो । तर बैठकमा यसबारे कुनै छलफल नै भएन । स्रोतका अनुसार बैठकको सुरुमा नै अध्यक्ष […]

पर्रोहा बोलबम धाममा जलार्पण गर्नेको घुइँचो (फोटो फिचर)

१३ साउन, बुटवल । पश्चिमको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ । भक्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको […]

पाकेर थन्याउने बेलामा भर्खर मकै छर्दै

१३ साउन, खोटाङ । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको […]

भन्सार राजश्व १४ प्रतिशत बढ्यो, तर लक्ष्यभन्दा कम

१३ साउन, काठमाडौं । आन्तरिक उत्पादन वृद्धि गरी भन्सार राजस्व क्रमशः कम गर्ने सरकारको लक्ष्य रहे पनि अहिले कूल राजस्वको ठूलो हिस्सा भन्सारले नै ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कूल ३ खर्ब ६२ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गर्‍यो । नेपालमा उक्त आवमा कूल […]

क्षमता भन्दा तेब्बर कैदीबन्दीले मोरङ कारागारमा समस्यै समस्या

१३ साउन, विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ । तीन विघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय जना भए पनि हाल ८ सय ६४ जना राखिएको छ । कारागारका निमित्त प्रमुख कल्पना […]

कार्यसम्पादनमा कमजोर प्रहरीको निगरानी भइरहेको छ : गृहमन्त्री

१३ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताएका छन् । सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताइका हुन् । उनले अगाडि भने ‘उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा […]

प्रदेश सरकारहरु गाडी किन्ने होडमा, एक वर्षमै झण्डै दुई अर्ब सकियो

१३ साउन, काठमाडौं । प्रदेश सरकारहरु बनेको डेढ वर्ष भइसक्यो । अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाटै प्रदेश सरकारहरुको आलोचना भइरहेको छ । तर सरकार चलाउनेहरु भने जनतालाई सेवा–सुविधा दिनेभन्दा आफ्नै सेवा–सुविधा बढाउन तल्लिन छन् । यसैको एउटा कडी हो, गाडी खरिदको प्रतिस्पर्धा । सातवटै प्रदेशले गाडी खरिदकै लागि गत आर्थिक वर्षमा करोडौं बजेट […]

धरौटीको ब्याज कसलाई ? सरकार र म्यानपावरबीच खिचातानी

१३ साउन, काठमाडौं । सरकारले म्यानपावर कम्पनीलाई आफ्नो धरौटी रकम बढाउन दिएको समयसीमा एक महिना मात्र बाँकी छ । तर, अहिलेसम्म एउटा म्यानपावरले पनि धरौटी रकम बुझाएका छैनन् । श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गरी धरौटी र बैंक ग्यारेन्टी रकम बढाएको थियो । यसका लागि भदौ १८ गतेसम्मको समयसीमा दिइएको […]

गुल्मीको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याइँयो

१३ साउन, गुल्मी । सत्यवति गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध हुँदा खाद्यान्न संकट भएपछि हेलिकोप्टरमार्फत राहत पुर्‍याइँएको छ । सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट तम्घासमा बिभिन्न संघसंस्थाबाट उपलब्ध भएको २३ क्वीन्टल राहतका सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइँएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । हेलिकोप्टरमार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय […]

उच्च अदालतका तीन मुख्य न्यायाधीश सरुवा, तीन न्यायाधीश कारवाहीमा

१३ साउन,काठमाडौं । न्याय परिषदले उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदको आइतबारको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ । त्यस्तै सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा […]

संसदमा कांग्रेस र राजपाको नाराबाजी

१३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका […]

अशक्त किशोरीमाथि सामूहिक बलात्कार, डेढ लाखमा मिलापत्र !

१३ साउन, विराटनगर । मोरङमा अशक्त किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना मिलापत्र गरी सामसुस पार्न खोजिएको छ । अशक्त किशोरीमाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँ लेनदेनमा मिलापत्र गर्न खोजिएको हो । घटना गत असार २० गते हो । पीडितका अनुसार मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त […]

कैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

१३ साउन, कैलाली । गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बाबुको हत्या […]



from समाचार – Online Khabar https://ift.tt/2Kejfmw
via IFTTT
Powered by Blogger.