Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

बुद्धि बंगारा खुस्कियो, अस्थायी विरामी हुँः प्रधानमन्त्री

११ साउन, काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा प्रधानमन्न्त्री केपी शर्मा ओली एक घन्टा ढिलो पुगे । स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताएका प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झण्डै एक घण्टै भाषण गरे । आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो […]

७८ वर्षीया वृद्धाले दिइन् चितवनमा रंगशाला बनाउन ५० हजार

११ साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार नगद सहयोग गरेकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई डम्बर कुमारीले सो रकम दिएकी हुन् । उनले रकम मात्रै दिइनन्, अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र […]

मनसुनी गतिविधि कमजोर बन्दै

११ साउन, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने […]

सडकको दुरावस्थाले रामेछापको यात्रा जोखिमपूर्ण

११ साउन, रामेछाप । असारको अन्तिम हप्दादेखिको वर्षाले रामेछापका अधिकांस सडकहरु बिग्रिएका छन् । सडकको दुरावस्थाले रामेछापको सडक यात्रा जोखिमपूर्ण बनेको छ । गएको असार २६ गते र त्यसपछि पटकपटकको वर्षाको कारण काठमाडौँ तथा तराईबाट रामेछाप प्रवेश गर्ने र जिल्ला सदरमुकाम मन्थलीबाट गाउँ जाने अधिकाँस सडकहरुमा क्षति पुगेको छ । यी सडकहरुको उचित मर्मत नहुँदा […]

नेपाल-चीन हवाई सम्बन्ध : समान अधिकार पाउन नेपालले अझै कति कुर्नुपर्छ ?

११ साउन, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्वीपक्षीय वार्तापछि बिहीबार सम्झौता पुनरावलोकन गर्नेसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौताअनुसार अब दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ पुर्‍याइएको छ । यसअघि प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान थियो । यता […]

पुस्तक नबिकेको कोकोहोलो : बजार साँच्चै घटेको कि दशैं बजार तताउने रणनीति ?

११ साउन, काठमाडौं । एक दशकअघिसम्म साहित्यिक गतिविधि गर्नु, पुस्तक प्रकाशन गर्नु र पाठकसँग भेटघाट गर्नु नितान्त व्यक्तिगत सोखका कुरा थिए । अपवाद बाहेक पुस्तक कर्म बुद्धि विलासका साधन मानिन्थ्यो । साहित्यका विषय पाठ्यपुस्तकका सामाग्रीमा सीमित थिए । पुस्तक लेखन पनि व्यवसायिक हुन्छ, लेखकहरु रोयल्टी लिएरै बाँच्न सक्छन् भन्ने कुरा कल्पना बाहिर थियो । लेखक […]

१५ प्रतिशत मानिसमा नाक, कान, घाँटीको क्यान्सर

११ साउन, चितवन । नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिने गरेका छन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दिएको जानकारीअनुसार हरेक वर्ष नाक, कान, घाँटीका क्यान्सर रोगी बढ्दै गएका छन् । शनिबार परेको विश्व नाक, कान, घाँटी क्यान्सर विरुद्धको दिवसका अवसरमा अस्पतालले दिएको जानकारीअनुसार पाँच वर्ष अघिसम्म […]

सरकारले रचनात्मक काम गरे कांग्रेस सहयोगी बन्न तयार छ : प्रकाशमान

११ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे । शनिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् । सरकारले […]

भरुवा बन्दुकसहित दुई जना पक्राउ

११ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत पक्राउ परेका हुन् । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]

नेपालले कुवेतलाई हरायो, ग्लोबल छनोटबाट एक जित टाढा

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा […]

दूध बोक्ने ट्यांकरमा प्रदेश ५ सरकारले दियो ५० प्रतिशत अनुदान

११ साउन, बुटवल । प्रदेश ५ सरकारले दुग्ध उत्पादक किसानका लागि ट्यांकर खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका दुग्ध सहकारी तथा व्यवसायीलाई ३५ लाखदेखि ५१ लाख मूल्यका १२ वटा ट्यांकर खरिदमा २ करोड ३४ लाख ९० हजार रुपैयाँ अनुदान दिएको हो । मन्त्रालयको ५० […]

प्रसारण लाइन निर्माणमा फड्को, एकै वर्षमै ७८० किलोमिटर थपियो

११ साउन, काठमाडौं । देशभर जलविद्युत आयोजना निर्माणको क्रम तीव्र हुँदै गर्दा प्रसारणलाइन निर्माणले पनि व्यापकता पाएको छ । गत आर्थिक वर्षमा मात्रै प्राधिकरणले करिब ७८० किलोमिटर प्रसारणलाइनको निर्माण सिध्यायो, जुन अहिलेसम्मकै धेरै हो । नेपालमा विद्युत प्राधिकरणले नै प्रसारणलाइन निर्माणको सबै काम गर्छ । निर्माण सक्न ढिलाइ भइरहेका धेरै रुग्ण आयोजनालाई गत वर्ष पूूर्णता […]

भारतीयको दबदबा विस्थापित गर्ने हेटौंटा सिमेन्ट संकटमा

११ साउन, काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक […]

चिनियाँ क्लबमा जाने भए बेल

११ साउन, काठमाडौं । ग्यारेथ बेल रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङ्सु जाने भएका छन् । वेल्सका कीर्तिमानी गोलस्कोर बेल निकट स्रोतका अनुसार तीन वर्षे सम्झौता भएको छ । यद्यपि स्पेनिस अधिकारीहरुले यसको पुष्टि गर्न बाँकी छ । रियलका प्रशिक्षक जिनेदाने जिदानले केही दिनअघि बेल क्लब छाड्ने निकट रहेको बताएका थिए । स्पेनिस समाचारहरुमा जनाएअनुसार […]

मड्रिड डर्बीमा रियलको लज्जास्पद हार, कोस्टाले गरे चार गोल

११ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपको मड्रिड डर्बीमा रियलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार विहान भएको खेलमा एथ्लेटिकोले रियललाई ७-३ गोल अन्तरले हराएको हो । एथ्लेटिकोले पहिलो हाफमा नै ५ गोल गरेको थियो । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा […]

सिरियामा संकट : १० दिनमा १०३ को मृत्यु, ३ महिनामा ४ लाख विस्थापित

११ साउन, काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् । सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल […]

लासिथ मालिंगाले छाडे क्रिकेट, २७ वर्षे मोहम्मद आमिरले टेष्टबाट लिए सन्यास

११ साउन, काठमाडौं । पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेट त्यागेका छन् । मालिंगा सटिक यार्करका लागि चिनिन्छन् भने आमिरको बलिङ पनि खतरनाक भएको स्पष्ट देखिन्छ । आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं […]

आइजीपीलाई प्रश्न – श्रीमती संघ खारेज गर्ने कि ?

१० साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार करिब ३ घण्टासम्म विभिन्न मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया भयो । नेपाल प्रहरीले हालसम्म गरिरहेका काम कारवाहीबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रियामा प्रहरी श्रीमती संघदेखि निर्मला पन्तसम्मका विषयहरु उठे । अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको वर्तमान अवस्था र शान्ति सुरक्षा […]

नेकपामा बिर्ता प्रथा उन्मूलन गरौं

कम्युनिस्ट पार्टी कतिपय बुर्जुवा पार्टीहरु भन्दा फरक हुन्छ । हामीले बुझ्दै आएको कम्युनिस्ट पार्टी कार्यकर्ता आधारित पार्टी हो । यसको मतलब कम्युनिस्ट पार्टीको अप्ठ्यारो र सजिलो दुबै अवस्थामा कार्यकर्ताको महत्वपूर्ण भूमिका रहन्छ । कहिले काँही नेतृत्वका कारण पार्टी संकटमा पर्‍यो भने कार्यकर्ताले बचाउँछ । तत्कालीन नेकापा (एमाले)मा हामीले धेरै पटक यस्तो भोगेका छौं । पछिल्ला […]

कांग्रेसमा डा. रिजालको प्रस्तावः अन्तरिम संरचनाको व्यवस्था निलम्बन गरौं

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आन्तरिम संरचना बनाउनुपर्ने पार्टी विधानको धारा नै निलम्बन गर्ने प्रस्ताव गरेका छन् । यसले केन्द्रीय कार्यसमिति बैठकमा चलिरहेको बहसमा नयाँ ट्वीस्ट ल्याएको छ । कांग्रेस बैठकमा बिहीबारबाट अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको कार्यतालिबारे छलफल सुरु भएको थियो । शुक्रबारको बैठकमा नेता रिजालले बाधा अड्काउ फुकाउमार्फत संक्रमणकालीन […]

एनसेल विष्फोट: सुरक्षागार्डलाई पेस्तोल देखाएको आरोपमा एक पक्राउ

१० साउन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पा छन् । उनी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का युवा संगठन सदस्य हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका […]



from समाचार – Online Khabar https://ift.tt/2Ow5Qvo
via IFTTT
Powered by Blogger.