Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

राउतमाथि चक्कु प्रहार

१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट मुनजाई राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए । पिठ्यूँमा चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी […]

ऐतिहासिक दरबार बबरमहल नभत्काइने

१४ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको  छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ […]

राक्षस भगाउन यसरी गरियो घण्टाकर्णको दहन

१४ साउन, काठमाडौं । साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार मनाइएको छ । वर्षका चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र […]

पहिलोपटक राजमार्गमा दुई लेनको बेलिब्रिज

१४ साउन, काठमाडौं । सडक विभागले नेपालमै पहिलोपटक राजमार्गमा दुई लेनमा सवारी चल्नसक्ने बेलिब्रिज जडान गरेको छ । पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार पुग्ने सडक खण्डको विजयपुरमा ५० मिटर लामो बेलिबि्रज सञ्चालनमा ल्याइएको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाकाअनुसार यो पुल विभागले हालसम्म सञ्चालनमा ल्याएको सबैभन्दा लामो बेलिब्रिज पनि हो । विजयपुरको स्टिल […]

नेपालले विश्वकप छनोटका सुरुवाती ५ खेल घरेलु मैदानमा नखेल्ने

१४ साउन, काठमाडौं । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली […]

डोटीमा तीन वडा कार्यालयमा आगजनीका घटना अझै रहस्यमै

१४ साउन, डोटी । शनिवार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो । आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायर बताउँछन् । वडाअध्यक्ष बलायरले स्थानीय दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी समेत दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका […]

कांग्रेस सहमहामन्त्रीको प्रस्ताव : ‘सहमति’मा अन्तरिम संरचना

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति निकट मानिएका सहमहामन्त्री प्रकाशशरण महतले ‘सहमति’ का आधारमा पार्टीको अन्तरिम संरचना बनाउने प्रस्ताव राखेका छन् । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अन्तरित संरचना र १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्री महतले विधानअनुसार चुनावी प्रक्रियामा जाने हो भने एक वर्ष म्याद थप्दा पनि […]

विप्लव समूहकी काठमाडौं सेक्रेटरी पूर्वसभासद पक्राउ

१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए । कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको […]

देशभर ८० प्रतिशतमात्रै रोपाइँ

१४ साउन, काठमाडौं । मुलुकभर ८० प्रतिशत खेतमा धान रोपाई सकिएको कृषि विभागले जनाएको छ । साउन दोस्रो हप्ता सकिनै लाग्दा प्रदेश १ मा सबैभन्दा कम र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई सकिएको छ । कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जारी गरेको विवरण गत वर्ष सोही अवधिमा […]

प्रदेश सरकारको उपलब्धि : सेनेटरी प्याड वितरणदेखि ट्रान्सफर्मर जडानसम्म

१४ साउन,बुटवल । प्रदेश ५ सरकारले स्कूले छात्राहरुलाई सेनेटरी प्याड वितरणदेखि ट्रान्सफर्मर जडान र पानी पोखरी निर्माणसम्मका कामहरुलाई गत वर्ष गरेका उपलब्धीहरु भन्दै सूचि सार्वजनिक गरेको छ । त्यसो त प्रदेश सरकारले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रदेश सरकारले गरेको खर्चको तथ्याङ्कमा चित्त नबुझाई त्यो भन्दा ११ प्रतिशत बढी खर्च गरेको आफ्नै […]

विज्ञापनमा राष्ट्रिय झण्डा दुरुपयोग गरे एक लाखसम्म जरिवाना !

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मंगलबार के कस्ता विषयमा विज्ञापन गर्न हुने र नहुने विषयमा छलफल भयो । विज्ञापनसम्बन्धी विधेयकको दफा ५ मा विज्ञापन गर्न नहुनेसम्बन्धी व्यवस्था छ । विधेयकमा कानूनले उत्पादन, बिक्री वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका वस्तु, तथा सेवाको विज्ञापन गर्न नपाइने उल्लेख छ । त्यस्तै जुवा […]

अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर !

१४ साउन, काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै […]

श्रीमतीलाई छुरा हान्ने युवक पक्राउ

१४ साउन, काठमाडौं । श्रीमतीलाई छुरा हानेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका १० घडिर्अवाका २४ वर्षका रोसनकुमार गुप्तालाई पक्राउ गरेको छ । उनले कान्छी श्रीमती २२ वर्षकी मनु चौधरीलाई वीरगञ्जको भिस्वा डाँडा घुमाउन लगी झाडीमा धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ । मनुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा थप उपचारका […]

६ हजार मेगावाटका जलविद्युत आयोजना पीपीएको प्रतीक्षामा

१४ साउन, काठमाडौं । विद्युत नियमन आयोग गठन भएसँगै विद्युत प्राधिकरणले गर्ने विद्युत खरिद सम्झौता (पीपीए) अवरुद्ध भएको छ । प्राधिकरणले गत वैशाखदेखि कुनै पनि जलविद्युत आयोजनासँग पीपीए गरेको छैन । निवेदन लिने, प्रस्तावित सम्झौताअनुरुप राष्ट्रिय प्रसारणसँगको कनेक्सनबारे छलफल गर्ने, पीपीएको मस्यौदा तयार गर्नेलगायतका काम भइरहे पनि सम्झौतामा हस्ताक्षर भने नभएको हो । पीपीएका लागि […]

बालुवाटार प्रकरणमा मुछिएका श्रेष्ठको मृत्युबारे गृहमन्त्रीसँग जवाफ माग

१४ साउन, काठमाडौं । सांसदहरुले ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास […]

जनकपुरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीसमेतले […]

प्रदेश ३ को संसद एक महिनादेखि स्थगित, कांग्रेसले गरायो ध्यानाकर्षण

१४ साउन, हेटौंडा । प्रदेश ३ को संसद एक महिनादेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण प्रदेश ३ मा धेरै जनधनको क्षति भएको भन्दै यसबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुरु गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् । […]

समाजवादी पार्टीसँग औपचारिक वार्ता नै भएको छैन : राजपा

१४ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टीले पार्टी एकताबारे समाजवादी पार्टीसँग औपचारिक संवाद नै नभएको बताएको छ । मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकमा वार्ता टोलीका संयोजक राजेन्द्र महतोले वार्ताबारे ब्रिफिङ गरेका थिए । बैठकपछि अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘वार्ता समिति वा नेतृत्व स्तरमा औपचारिक रुपमा कुराकानी भएको छैन । व्यक्तिगत रुपमा भेटघाट हुने […]

प्रहरी हिरासतबाट भागेका भारतीय नागरिक पक्राउ

१४ साउन, वीरगञ्ज । प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ परेका छन् । भारत बिहार मोतिहारी जिल्ला लिपनी ग्राम पञ्चायत, वडा नं ४ बेल्पा टोल बस्ने १९ बर्षिय फिरोज मियाँ पक्राउ परेका हुन् । सिम्रौनगढ नगरपालिका वडा नं ३ नयकाटोल बस्ने गौरीशंकर यादवको जाहेरीको आधारमा चोरी (बगली मारेको कसुर) मा उनी साउन ३ गते पक्राउ परेका […]

भारतीय सवारीमा ‘फल्स बटम’ बनाएर गाजा तस्करी

१४ साउन, वीरगञ्ज । भारतीय गाडीमा कडाइ गर्दै आएको पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ओसारप्रसारमा संलग्न ४ जना भारतीय नागरिकसहित गाडी नियन्त्रणमा लिएको छ । प्रहरीले भारत बिहार मोतिहारी जिल्ला बिशुनपुर वडानम्बर ३ का ३१ वर्षीय नुर महमद हुसेन, भारत बिहार मोतिहारी जिल्ला फुलबरिया वडानम्ब ११ का ३२ वर्षीय असलम आलम साइन, भारत बिहार मोतिहारी जिल्ला […]

प्रदेशसँग विपत्ति सामना गर्ने क्षमता छैन : मुख्यमन्त्री राउत

१४ साउन, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारसँग विपत्ति सामना गर्न सक्ने क्षमता नभएको बताएका छन् । प्रदेश २ मा अझै बाढी र डुवानबाट प्रभावितको राहत तथा पुनर्स्थापना नभएको भन्दै उनले क्षमता र स्रोतले भ्याएसम्म काम गरे पनि धेरै काम बाँकी रहेको बताए । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने […]



from समाचार – Online Khabar https://ift.tt/2GFNJx0
via IFTTT
Powered by Blogger.