Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

क्लिनफिड : राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाले उल्ट्यायो

१० साउन, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) सम्बन्धी व्यवस्थामा गरेको संशोधन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उल्ट्याएको छ । प्रतिनिधिसभाको विकास समितिको शुक्रबार बसेको बैठकले विज्ञापन नियमन सम्बन्धी विधेयक ऐन बनेर आएपछि क्लिन फिडसम्बन्धी व्यवस्था तुरुन्तै लागू हुने गरी दफा १ र ६ पास गरेको हो । । सरकारले सुरुमा ल्याएको […]

धम्कीको भाषा नबोल्न प्रदेश सरकारलाई आपूर्तिमन्त्रीको चेतावनी

१० साउन, जनकपुरधाम । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिएका छन् । जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले प्रदेश २ को विकासमा प्रदेश सरकार नै बाधक भएको आरोप लगाए । संघीय सरकारले बन्द उद्योगहरु संचालन गर्न खोजेपनि प्रदेश सरकार बाधक बनेको उनले […]

मेयर शाक्यले भने- गुठी विधेयकमा सहजीकरण गर्छु

१० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयकमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजनामा आज भएको एक अन्तक्रिर्या कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । कार्यक्रमको व्यवस्थापन ज्यापु महागुथि नेपाः येँ महानगर समितिले गरेको थियो । मेयर शाक्यले काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित […]

ओली र मोदीले आआफ्नै देशबाट पाइपलाइन उद्घाटन गर्ने

१० साउन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । पाइपलाइनको उद्घाटन अगाबै […]

समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा

१० साउन, काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । सुवेदीले १२ गतेदेखि लागू हुजे गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । पूर्व अर्थसचिव समेत रहेका सुवेदी ७ चैतमा मात्र आयोगको अध्यक्ष नियुक्त भएका थिए ।

नेपालका ५ बैंकले पाए ‘एशिया मनि अवार्ड’

१० साउन, काठमाडौं । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष प्रदान गर्ने ‘एशिया मनि अवार्ड’ मा यसपाली नेपालका ५ वाणिज्य बैंकहरु पुरस्कृत भएका छन् । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ५ वटा वाणिज्य बैंकहरुले अवार्ड जिते । विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । […]

सुरक्षा परिषद् सचिवालय : मन नपरेकालाई थन्काउने थलो !

३ साउन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको १७ वैशाखमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा सरुवा भयो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी भएको ठाउँमा थन्काएपछि एआईजी बस्न्यात असन्तुष्ट देखिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सिंहदरबारमा हाजिर हुने वित्तिकै बस्न्यात १५ दिन विदा बसे । आखिर उनी किन सिंहदरबार पठाइए ? प्रहरी […]

महानिर्देशकले अनुगमनको कुरा गर्दा मासु व्यवसायी बुरुक्क !

१० साउन, काठमाडौं । मासुको उपभोक्ता मूल्य आकाशिएको चौतर्फी गुनासोपछि बाणिज्य तथा उपभोक्ता संरक्षण विभागले माछा तथा मासु व्यवसायीलाई बोलाएर शुक्रबार छलफल गर्‍यो । छलफलका क्रममा विभागका महानिर्देशक र मासु व्यवसायीको प्रस्तुति रोचक थियो । विभागका महानिर्देशक योगेन्द्र गौचनले काठमाडौं उपत्यकासहित देशैभरको मासुको खपत विवरण व्यवसायीसँग मागे । उनले माछा मासु बिक्री वितरण गर्ने पसलहरु […]

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

१० साउन, बुटवल । प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्ऽ बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका […]

राहत नपाएपछि बाढी पीडितद्वारा नगरपालिकामा घेराउ

१० साउन, रौतहट । बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका छन् । २८ असारमा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै बर्वाद हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूरुको पीडा नबुझेको भन्दै स्थानीयहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् […]

ललितपुरका प्रस्तावित पाँचै स्थानमा ‘सम्भव’ देखियो फ्लाइओभर

१० साउन, काठमाडौं । ललितपुरमा बनाउने भनिएको ५ वटा फ्लाइओभरको सम्भाब्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्ममा आउने भएको छ । हालसम्मको अध्ययनमा सबै प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव देखिएको छ । ललितपुर महानगरपालिकाले आफ्नो लगानीमा बनाउने भनेको फ्लाइओभरको सम्भाब्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे हालै परामर्शदाता कम्पनीसँग जानकारी लियो । सम्भाब्यता अध्ययन गरिरहेको ग्रीड इन्डिको मटेरियल […]

भोट चल्छ, पानी चल्दैन

१० साउन, काठमाडौं । संविधान र प्रचलित अन्य कानूनअनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो । २०२० भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनमै यस्तो अपराध गर्नेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको थियो । कसैले कसैलाई जातिपाति, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछूतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन […]

चीनका थप ८ विमानस्थल नेपाली जहाजका लागि खुला

१०, साउन, काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ […]

मिलन नेवार : भाग्यमा कोरिएका सुखदुःख स्वीकार्य छ

१० साउन, काठमाडौं । ‘गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् । भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, […]

जावलाखेलको तरकारी बजारमा डोजर चल्यो

१० साउन, ललितपुर । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको […]

अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

१० साउन, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लुबीडी ९६८८ र […]

गुल्मी पहिरो अपडेट : १३ जनाकै शव आफन्तलाई बुझाइँयो

१० साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले  बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ […]

चित्लाङ-थानकोट सडक निर्माणको दैनिक अनुगमन गरिने

९ साउन, वीरगञ्ज । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ-थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२ किलोमिटर […]

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

१० साउन, काठमाडौं । नुवाकोटको पहिरेबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका […]

वीरगञ्ज भन्सारबाट नयाँ सवारी आयात घट्यो

९ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट सवारीसाधनको आयात घटेको छ । जसकारण राजश्वमा गिरावट आएको छ । नयाँ सवारीसाधन र सवारीसाधनका पार्टपूर्जाबाट पनि वीरगञ्ज भन्सारले राम्रो राजश्व संकलन गर्ने गरेको थियो । आर्थिक वर्ष ०७४/७५ को तुलनामा ०७५/७६ मा जीप, कार भ्यान, मोटरसाइकल, अटो रिक्सा आयातमा कमी आएको छ । ०७४/७५ मा वीरगञ्ज भन्सार नाका […]

फरार अभियुक्त पक्राउ

१० साउन, काठमाडौं । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको […]



from समाचार – Online Khabar https://ift.tt/2JSTn0K
via IFTTT
Powered by Blogger.