समाचार
१४ साउन, काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका […]
१४ साउन, जनकपुरधाम । आफ्ना छोराछोरी गलत काममा नफसुन् र गलत काम नसिकुन् भन्ने मनसाय अभिभावकको हुन्छ । तर, नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाका एक अभिभावकले आफ्ना दुई छोरालाई रक्सी तस्करीमा लगाएको खुल्न आएको छ । भारतको बिहार राज्यमा रक्सी बिक्रीवितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्तव्य […]
१४ साउन, काठमाडौं । अनियमितता, बेथिति र कुशासनसँग सम्बन्धित विषय आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । कान्तिपुरले बिनायोजना सञ्चालन गरिएको भनेर आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले ऋण लिने गृहकार्य थालेकोलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १ लाख २० मिलियन डलर (१३ अर्ब […]
१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपको एसिया छनोट खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे । प्रस्तुत छ, खड्कासँग विमानस्थलमा सञ्चारकर्मीहरुले गरेको कुराकानीः विजेता बन्ने लक्ष्य बोकेर गएको नेपाल तेस्रो […]
१३ साउन, काठमाडौं । बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको संसदीय समितिको टोलीले भारतीय सीमाका बाँधका कारण नेपाली भूमि डुवानमा परेको निश्कर्ष निकालेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको टोलीले गरेको स्थलगत अनुगमन टोलीले ‘नेपाल भारत सीमा भन्दा तल बनेका बाँधहरुबाट नेपाली भूमि डुबानमा पर्ने र भारतीय भूमि बग्ने अवस्था रहेको’ निश्कर्ष निकालेको हो । […]
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । ओली १८ गते सिंगापुर जाने तयारी छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले भने यसबारे जानकारी नभएको बताएका छन् । नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य […]
१३ साउन, काठमाडौं । प्रदेश सरकारहरु बनेको डेढ वर्ष भइसक्यो । अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाटै प्रदेश सरकारहरुको आलोचना भइरहेको छ । तर सरकार चलाउनेहरु भने जनतालाई सेवा–सुविधा दिनेभन्दा आफ्नै सेवा–सुविधा बढाउन तल्लिन छन् । यसैको एउटा कडी हो, गाडी खरिदको प्रतिस्पर्धा । सातवटै प्रदेशले गाडी खरिदकै लागि गत आर्थिक वर्षमा करोडौं बजेट […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने पार्टी र नेताहरुविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता जस्ता उपलब्धी गुमेमा नेपाल बर्बाद हुने भन्दै उनले उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन नेता कार्यकर्तालाई अपील गरे । नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले पात्र फेरिए पनि प्रवत्ति नफेरिएको भन्दै दुबै नेताको आलोचना गरेका हुन् । स्व. सुशील कोइराला पार्टी सभापति हुँदा विभागहरु गठन गर्न नसकेको […]
१३ साउन, काठमाडौं । सरकारले प्रस्तावित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा मदन भण्डारी फाउन्डेसनको प्रत्यक्ष प्रभाव रहने गरी विधेयक ल्याएको छ । प्रतिनिधिसभामा आइतबार दर्ता भएको विधेयकमा फाउन्डेसनका अध्यक्ष र उनको तोकेका एक जना विश्वविद्यालयको संरक्षक समितिमा रहने उल्लेख छ । यस्तो संरक्षण समितिमा विश्वविद्यालयको बजेट तथा कार्यक्रम स्वीकृत गर्नेदेखि विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाही गर्नेसम्मको […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नासु तथा पार्टीको पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको मृत्यु रहस्यमय भएको भन्दै अनुसन्धान गर्न माग गरेको छ । उनले आइतबार काठमाडौंको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको प्रहरीले बताएको थियो । तर कांग्रेसले उनको मृत्यु रहस्यमय भन्दै मृत्यु हुनासाथ अनुसन्धान नै नगरिनु […]
१३ साउन, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेकै दिन शुक्रबार प्रहरी हेडक्वार्टरमा सञ्चारकर्मीहरुलाई वृहत अन्तरक्रियाका लागि निम्त्याइएको थियो । साउन १० कै दिन पारेर आयोजित कार्यक्रममा निर्मलाको हत्यासम्बन्धी गम्भीर अपराधको अनुसन्धान प्रहरीले कसरी गरिरहेको छ भन्नेबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही ठोस जानकारी देलान् भने पत्रकारको आशा थियो । तर, खनाल […]
१३ साउन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी सदस्यहरुलाई फारम भराएरै कार्य विभाजनको टुंगो लगाउने भएको छ । पार्टी कामको जिम्मेवारी पाउन बाँकी सदस्यहरुलाई कुन विभाग, फाँट वा मोर्चामा काम गर्न इच्छा छ भनेर रुची बुझ्न खोजिएको हो । नेकपाको कुल ४४१ सदस्यीय केन्द्रीय कमिटीका आधा भन्दा बढीले प्रदेश र जिल्ला तथा महानगरमा […]
१३, साउन, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको कयर खोलामा डुवेर सोमबार दिउँसो एक बालकको मृत्यु भएको छ । खोलामा डुबेर मृत्यु हुनेमा रत्ननगरको चाउचाउ फ्याक्ट्री नजिकै बस्ने १४ बर्षका सन्दीप कँडेल रहेको चितवन प्रहरीले जनाएको छ । बाबा ग्यास उद्योग नजिकै रहेको कयर खोलामा साथीहरुसहित सन्दीप पौडी खेल्न गएका थिए । खोलामा डुवेका सन्दीपलाई […]
१३ साउन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) ले नेपाललाई घरेलु मैदानमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता ठूला टिमसँग खेल्ने अवसर जुराएको छ । सन् २०१० पछि पहिलो पटक सागमा क्रिकेट राख्नु र नेपालमा प्रतियोगिता आयोजना हुनु दुबैले यो संयोग जुरेको हो । तर प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई कुनकुन […]
१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सोमवार गृहमन्त्री रामबहादुर थापालाई संसदमा दिएका आश्वासनका सन्दर्भमा के भइरहेको छ ? भनेर सोध्न बोलाएको थियो । दोस्रो अधिवेशनमा गृहमन्त्रीले दिएका आश्वासनहरुबारे प्रश्नावली तयार गरी समितिले पहिले नै गृहमन्त्रीलाई पठाएको थियो । समिति सचिवालयले तयार पारेको प्रश्नावलीको मस्यौदामा कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन […]
१३ साउन, काठमाडौं । नेपालले आर्थिक वर्ष ०७५/०७६ मा जनै र गुन्दु्रकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो । गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ भन्ने संकेत दिन्छ । भन्सार विभागले जारी गरेको […]
१३ साउन, विराटनगर । साढे १३ लाख रुपैयाँ चोरी गरेका एक युवकले सवा लाख खर्च गरेर मोबाइल किनेको पाइएको छ । सामान्य परिवारका सुरज कामतले साढे १३ लाख चोरी गर्दा एकलाख १० हजारमा मोबाइल फोन खरिद गरेका हुन् । साउन ७ गते विराटनगर– १ का मोतीराज दाहालको घरबाट कटहरी गाउँपालिका १ का २० वर्षका सुरज […]
१३ साउन, विराटनगर । गाडी चलाएर नियतवश ज्यान मारेको आरोपमा पक्राउ परेका विराटनगरका किरण लामालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । गत असार १४ गते शनिबार मादक पदार्थ सेवन गरी बा २० च ७४० […]
१३ साउन, जनकपुरधाम । मोही जग्गाको लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सिरहा मालपोत कार्यालयबाट सोमबार दुई जना रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखनदासको काम गर्ने राजबंशी चौधरी छन् । यी दुबैले सेवाग्राहीसँग रु ५ हजार घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट […]
१३ साउन, काठमाडौं । किशोरकिशोरीले परिवार र शिक्षकप्रति गुनासो गरेर आत्महत्या गर्ने क्रम बढेको छ । कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीको कक्षा १२ मा अध्ययनरत् सुरज लेखकले शिक्षकलाई दोष देखाउँदै आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मुलुकभर २ हजार २२ आत्महत्याको घटना भए । जसमध्ये २१६ जना बालबालिका थिए र सुसाइड […]
from समाचार – Online Khabar https://ift.tt/2YeSPeo
via IFTTT