समाचार
१२ साउन, रामेछाप । जिल्लाका ३ वटा सडक किनारा र त्यस आसपासका क्षेत्रमा नौ लाख बिरुवा लगाइने भएको छ । सुख्खाग्रस्त रामेछाप जिल्लाका सडक किनारामा यस वर्ष मात्रै ३ लाख बिरुवा रोपिने छ । वृक्षरोपण महाअभियान नाम दिइएको सो कार्यक्रम जर्मन सरकारको सहयोगमा रामेछापका विभिन्न ३ वटा सामाजिक संस्थाहरुले सुरु गरेका हुन् । अभियानअन्तर्गत खुर्काेट […]
१२ साउन, काठमाडौं । सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’ टी-२० विश्वकपको एसिया फाइनलमा नेपाल सिंगापुरसँग ८२ रनले हारेको छ । खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना […]
१२ साउन, बुटवल । विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदेश ५ का करिब आधा दर्जन शिक्षण संस्थाहरुमा एकसाथ कालो ब्यानर राखेका छन् । रुपन्देही, नवलपुर, अर्घाखाँचीका कलेज तथा विद्यालयहरुमा एकसाथ कालो ब्यानर टाँगिएको हो । स्कुल तथा कलेज सञ्चालकको फोटोयुक्त कालो ब्यानरमा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको छ । निजी स्कुल र कलेजहरुले चर्काे शुल्क […]
१२ साउन, काठमाडौं । नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएपछि स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् । एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल अघिल्लो चरणमा पुग्न सकेन । खेलपछि संक्षिप्त प्रतिक्रिया दिएका सन्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, […]
१२ साउन, कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सेक्रेटरी सुजन बिक पक्राउ परेका छन् । विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि […]
१२ साउन, डोटी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जानकारी दिए । आगलागीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगिसके पनि […]
१२ साउन, काठमाडौं । चार वर्षअघिको भूकम्पले पुरानो घर भत्काइदिएपछि ४७ वर्षीया सम्झना घलानले अर्को घर बनाउने आशा मारिसकेकी थिइन् । राज्यले दिने ३ लाखले ओत लाग्ने घर बन्न सम्भव थिएन । तर, शनिबार जब उनले पक्की घरको चाबी पाइन् त्यसपछि आँखाबाट हर्षका आँसु झरे उनका । बत्तीमुनीको अँध्यारो भनेको के हो ? यो प्रश्नको […]
१२ साउन, चितवन । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको प्राकृतिक मृत्यु नेपालमा अस्वाभाविक रुपमा बढेको छ । चोरी शिकारी रोकिएको वर्ष प्राकृतिक मृत्यु अस्वाभाविक रुपमा बढेपछि चितवन राष्ट्रिय निकुञ्जको क्षमतामा प्रश्न उठेको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ […]
१२ साउन, वीरगञ्ज । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले अहिलेको कार्यशैलीले मुलुकमा विकास र समृद्धि नआउने बताएका छन् । राजतन्त्रको समयमा जस्तै विद्यमान अर्थ व्यवस्था र सामाजिक व्यवस्थालाई पोस्ने खालको नीति लिएर सरकार र त्यसको नेतृत्वकर्ताहरु अघि बढिरहेको उनीहरुको धारणा छ । नेकपाका नेता घनश्याम भुसालले वर्तमान राजनीतिक दलको संयन्त्र र […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजन टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने […]
१२ साउन, काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा सिंगापुरले नेपाललाई १९२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको हो । सिंगापुरलाई विशाल लक्ष्यमा पुर्याउन टिम डेभिडले ७७ रन बनाए । यसैगरी रोहनले ४९ र मनप्रित सिंहले ४२ […]
१२ साउन, जनकपुरधाम । मनी ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका–३, गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार […]
१२ साउन, गुल्मी । अविरल वर्षासँगै गुल्मीमा गएराति गएको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, छापचौरका विष्णु परियारको २ तले कच्ची घर पहिरोले पुरिँदा १३ वर्षीय सुने परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले पहिरोले घर […]
१२ साउन, हेटौंडा । दाङको घोराहीस्थित एक सुनचाँदी पसल चोरी गरेर भागेका व्यक्ति मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडानम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका हुन् । रमेश हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् । विश्वकर्माको घोराही उपमहानगरपालिका-१५ मा रहेको पसल यही […]
११ साउन, काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरे साहित्य क्षेत्रमा होमिएका छन् । विद्यार्थीबाट कांग्रेसको मुलधारको राजनीतिमा आएका घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह शनिबार सार्वजनिक भएको छ । कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुले सक्षम नेता भएर पनि गुरुलाई संरक्षण गर्न नसकिएको स्वीकार गरे । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ […]
११ साउन, काठमाडौं । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए । गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट […]
काठमाडौं । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् । ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरु भोलि काठमाडौं आइपुग्नेछन् । दूताबासका अनुसार नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएका थिए । तर, जुन दोस्रो साता […]
११ साउन, काठमाडौं । भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वषर्ीयबालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा ९ दिप श्रेष्ठलाई ठक्कर दिएको थियो । उनलाई तत्काल उवामुरा अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक दिपेन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्ति […]
एउटा घर बनाउनै कति समय लाग्छ ? आज भोलि त बन्दैन होला । तर प्रदेश गठन भएकै दिनबाट प्रदेश सरकारलाई लेखेट्न थालियो । संघीयता आएर भर्खर जन्मिएको शिशुबाट केही भएन भनेर रोइलो गर्न थालियो । जन्मिएर बिस्तारै त प्रदेश सरकार चलमलाउन खोजिरहेको छ । संरचना बनाउँदैछ, संगठन बन्दैछ । विधि, नियम बनाइरहेको छ । बाटो […]
from समाचार – Online Khabar https://ift.tt/2GA3JQZ
via IFTTT