समाचार
११ साउन, काठमाडौं । ग्यारेथ बेल रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङ्सु जाने भएका छन् । वेल्सका कीर्तिमानी गोलस्कोर बेल निकट स्रोतका अनुसार तीन वर्षे सम्झौता भएको छ । यद्यपि स्पेनिस अधिकारीहरुले यसको पुष्टि गर्न बाँकी छ । रियलका प्रशिक्षक जिनेदाने जिदानले केही दिनअघि बेल क्लब छाड्ने निकट रहेको बताएका थिए । स्पेनिस समाचारहरुमा जनाएअनुसार […]
११ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपको मड्रिड डर्बीमा रियलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार विहान भएको खेलमा एथ्लेटिकोले रियललाई ७-३ गोल अन्तरले हराएको हो । एथ्लेटिकोले पहिलो हाफमा नै ५ गोल गरेको थियो । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा […]
११ साउन, काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् । सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल […]
११ साउन, काठमाडौं । शनिबारीय अंकसहित प्रकाशित आजका दैनिक पत्रिकाहरुमा नेपाल र चीनबीच भएको हवाई सम्झौताको समाचारले प्राथमिकता पाएको छ । त्यसबाहेक अन्य समाचारहरु पनि पहिलो पृष्ठमा प्राथमिकताका साथ छापिएका छन् । नागरिक दैनिकले अमेरिकाविरुद्ध क्युवाको संघर्षमा नेकपा अध्यक्ष प्रचण्डले ऐक्यवद्धता जनाएको समाचारलाई प्राथमिकताका साथ स्थान दिएको छ । यसअघि भेनेजुएलामा अमेरिकी हस्तक्षेपविरुद्ध विज्ञप्ति निकाल्दा […]
११ साउन, काठमाडौं । पाकिस्तानका मोहम्मद आमिरले टेष्ट क्रिकेटबाट सन्यास लिएका छन् । यसैगरी श्रीलंकाका अर्का क्रिकेटर लासिथ मालिंगाले पनि क्रिकेट त्यागेका छन् । मालिंगा सटिक यार्करका लागि चिनिन्छन् भने आमिरको बलिङ पनि खतरनाक भएको स्पष्ट देखिन्छ । आमिरले सन् २००९ मा १७ वर्षको उमेरमा श्रीलंकाविरुद्ध पहिलो टेस्ट क्रिकेट खेलेका थिए । उनले ३६ औं […]
१० साउन, काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको नेतृत्वमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार करिब ३ घण्टासम्म विभिन्न मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया भयो । नेपाल प्रहरीले हालसम्म गरिरहेका काम कारवाहीबारे जानकारी दिन आयोजना गरिएको अन्तरक्रियामा प्रहरी श्रीमती संघदेखि निर्मला पन्तसम्मका विषयहरु उठे । अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको वर्तमान अवस्था र शान्ति सुरक्षा […]
काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आन्तरिम संरचना बनाउनुपर्ने पार्टी विधानको धारा नै निलम्बन गर्ने प्रस्ताव गरेका छन् । यसले केन्द्रीय कार्यसमिति बैठकमा चलिरहेको बहसमा नयाँ ट्वीस्ट ल्याएको छ । कांग्रेस बैठकमा बिहीबारबाट अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको कार्यतालिबारे छलफल सुरु भएको थियो । शुक्रबारको बैठकमा नेता रिजालले बाधा अड्काउ फुकाउमार्फत संक्रमणकालीन […]
१० साउन, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालय अगाडि बम विष्फोट गराइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको षडानन्द–९ घर भएका ३३ वर्षीय दोर्जे भनिने दोर्ची शेर्पा छन् । उनी प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का युवा संगठन सदस्य हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका […]
३ साउन, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको १७ वैशाखमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा सरुवा भयो । प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी भएको ठाउँमा थन्काएपछि एआईजी बस्न्यात असन्तुष्ट देखिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सिंहदरबारमा हाजिर हुने वित्तिकै बस्न्यात १५ दिन विदा बसे । आखिर उनी किन सिंहदरबार पठाइए ? प्रहरी […]
१० साउन, पोखरा । स्थानीय तहका उपप्रमुखलाई गाडी सुविधा दिने निर्णय गरेपछि प्रदेश सांसदहरुले आवाज उठाएका छन्, ‘हामीलाई पनि सवारी सुविधा चाहिन्छ ।’ महानगरका मेयर उपमेयरले स्वकीय सचिव राख्न पाउने, स्थानीय तहका उपप्रमुखले सवारी सुविधा लिन पाउने गरी ऐन संशोधन गरी पारित हुने प्रक्रियामा छ । ‘स्थानीय जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधासम्बन्धी केही प्रदेश कानुन संशोधन […]
१० साउन, वीरगञ्ज । वर्षा रोकिएपछि तराई मधेसका अधिकांश स्थानको डुवान हटेको छ । तर, पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं ४ धोविया टोलामा पानी हटेको छैन । ११० घरधुरी मुस्लिम समुदाय बस्ती दशगजामा छ । बस्तीमै ४०५ नम्बरको पिलर छ । सीमा पारी पूर्व पश्चिम फैलिएको गण्डक नहर र रेल्वे लिकले बाँधको काम गरिदिँदा वर्षाको […]
१० साउन, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार जाँड/रक्सी सेवनबारे चर्चा भएको छ । मादक पदार्थ सेवन गरी कार्यालयमा जाने सरकारी कर्मचारीलाई कस्तो सजाय गर्ने भन्ने व्यवस्थामाथिको छलफलमा सांसदहरुले मादक पदार्थ सेवन गरेकै कारण कारबाही गर्ने वा उसको ब्यवबहारलाई हेरेर कारबाही गर्ने भन्नेमा आफ्ना तर्क राखेका हुन् । समितिमा छलफलमा रहेको ‘संघीय […]
१० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उच्च तहका कर्मचारीहरुको जिम्मेवारीमा ब्यापक हेरफेेर गरेको छ । राष्ट्र बैंकले मौदि्रक नीति सार्वजनिक भएलगत्तै विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ८ जना कार्यकारी निर्देशकहरुको जिम्मेवारी फेरिएको बताए । राष्ट्र बैंकमा कूल १६ जना कार्यकारी निर्देशकहरु रहेका छन् । शुक्रबार ५० […]
१० साउन, जनकपुरधाम । उद्योग, बाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले प्रदेश २ को विकासको बाधक प्रदेश सरकार नै भएको आरोप लगाएका छन् । उनले संघीय सरकार बन्द रहेका उद्योगहरु संचालन गर्नका लागि प्रकृया अगाडि बढाए पनि प्रदेश सरकार नै यसको बाधक बनेको बताए । जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री यादवले प्रदेश सरकार […]
१० साउन, बुटवल । रुपन्देहीमा विषालु च्याउ खाँदा दुई घरपरिवारका १६ जना बिरामी परेका छन् । जिल्लाको रोहिणी गाउँपालिका-१ चनुली र सम्मरीमाई गाउँपालिका-५ थुमुवा पिपरहवामा विषालु च्याउ खाँदा दुई परिवारका १६ जना बिरामी परेका हुन् । सबै बिरामीको भैरहवामा रहेको भीम अस्पतालमा उपचारत भइरहेको छ । रोहिणीको चनुलीमा नदी किनारमा उम्रिएको च्याउ खाएपछि लोहार परिवारका […]
१० साउन, काठमाडौं । ललितपुरमा बनाउने भनिएको ५ वटा फ्लाइओभरको सम्भाब्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्ममा आउने भएको छ । हालसम्मको अध्ययनमा सबै प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव देखिएको छ । ललितपुर महानगरपालिकाले आफ्नो लगानीमा बनाउने भनेको फ्लाइओभरको सम्भाब्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे हालै परामर्शदाता कम्पनीसँग जानकारी लियो । सम्भाब्यता अध्ययन गरिरहेको ग्रीड इन्डिको मटेरियल […]
१० साउन, काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) सम्बन्धी व्यवस्थामा गरेको संशोधन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले उल्ट्याएको छ । प्रतिनिधिसभाको विकास समितिको शुक्रबार बसेको बैठकले विज्ञापन नियमन सम्बन्धी विधेयक ऐन बनेर आएपछि क्लिन फिडसम्बन्धी व्यवस्था तुरुन्तै लागू हुने गरी दफा १ र ६ पास गरेको हो । । सरकारले सुरुमा ल्याएको […]
कम्युनिस्ट पार्टी कतिपय बुर्जुवा पार्टीहरु भन्दा फरक हुन्छ । हामीले बुझ्दै आएको कम्युनिस्ट पार्टी कार्यकर्ता आधारित पार्टी हो । यसको मतलब कम्युनिस्ट पार्टीको अप्ठ्यारो र सजिलो दुबै अवस्थामा कार्यकर्ताको महत्वपूर्ण भूमिका रहन्छ । कहिले काँही नेतृत्वका कारण पार्टी संकटमा पर्यो भने कार्यकर्ताले बचाउँछ । तत्कालीन नेकापा (एमाले)मा हामीले धेरै पटक यस्तो भोगेका छौं । पछिल्ला […]
१० साउन, जनकपुरधाम । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिएका छन् । जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले प्रदेश २ को विकासमा प्रदेश सरकार नै बाधक भएको आरोप लगाए । संघीय सरकारले बन्द उद्योगहरु संचालन गर्न खोजेपनि प्रदेश सरकार बाधक बनेको उनले […]
१० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विवादित गुठी विधेयकमा सहजीकरण गर्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समितिको आयोजनामा आज भएको एक अन्तक्रिर्या कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । कार्यक्रमको व्यवस्थापन ज्यापु महागुथि नेपाः येँ महानगर समितिले गरेको थियो । मेयर शाक्यले काठमाडौं महानगरपालिका स्थानीय जनताद्वारा निर्वाचित […]
१० साउन, काठमाडौं । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन साउन महिनामै गरिने भएको छ । यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन हो । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्नो देशबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गर्नेे उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइयो । पाइपलाइनको उद्घाटन अगाबै […]
from समाचार – Online Khabar https://ift.tt/2ydmNQB
via IFTTT






















