समाचार
१३, साउन, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको कयर खोलामा डुवेर सोमबार दिउँसो एक बालकको मृत्यु भएको छ । खोलामा डुबेर मृत्यु हुनेमा रत्ननगरको चाउचाउ फ्याक्ट्री नजिकै बस्ने १४ बर्षका सन्दीप कँडेल रहेको चितवन प्रहरीले जनाएको छ । बाबा ग्यास उद्योग नजिकै रहेको कयर खोलामा साथीहरुसहित सन्दीप पौडी खेल्न गएका थिए । खोलामा डुवेका सन्दीपलाई […]
१३ साउन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) ले नेपाललाई घरेलु मैदानमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता ठूला टिमसँग खेल्ने अवसर जुराएको छ । सन् २०१० पछि पहिलो पटक सागमा क्रिकेट राख्नु र नेपालमा प्रतियोगिता आयोजना हुनु दुबैले यो संयोग जुरेको हो । तर प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई कुनकुन […]
१३ साउन, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सोमवार गृहमन्त्री रामबहादुर थापालाई संसदमा दिएका आश्वासनका सन्दर्भमा के भइरहेको छ ? भनेर सोध्न बोलाएको थियो । दोस्रो अधिवेशनमा गृहमन्त्रीले दिएका आश्वासनहरुबारे प्रश्नावली तयार गरी समितिले पहिले नै गृहमन्त्रीलाई पठाएको थियो । समिति सचिवालयले तयार पारेको प्रश्नावलीको मस्यौदामा कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन […]
१३ साउन, काठमाडौं । बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको संसदीय समितिको टोलीले भारतीय सीमाका बाँधका कारण नेपाली भूमि डुवानमा परेको निश्कर्ष निकालेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको टोलीले गरेको स्थलगत अनुगमन टोलीले ‘नेपाल भारत सीमा भन्दा तल बनेका बाँधहरुबाट नेपाली भूमि डुबानमा पर्ने र भारतीय भूमि बग्ने अवस्था रहेको’ निश्कर्ष निकालेको हो । […]
१३ साउन, काठमाडौं । नेपालले आर्थिक वर्ष ०७५/०७६ मा जनै र गुन्दु्रकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो । गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ भन्ने संकेत दिन्छ । भन्सार विभागले जारी गरेको […]
१३ साउन, काठमाडौं । चक्रपथको दोस्रो खण्ड कलंकी–बालाजु–महाराजगञ्ज सडक निर्माणका लागि ‘साइट क्लियरेन्स’ को काम चाँडै थालिने भएको छ । चीनले केही दिनभित्रै प्रारम्भिक नाप–नक्सा उपलब्ध गराउने भएपछि सडक निर्माण प्रक्रियामा जान लागेको हो । चीनले हालै यो सडकको नाप नक्सा (ड्रइङ) पठाउन लागेको र त्यसकै आधारमा सडक सीमा ‘क्लियर’ गर्न आग्रह गरेको सडक विभाग […]
१३ साउन, विराटनगर । साढे १३ लाख रुपैयाँ चोरी गरेका एक युवकले सवा लाख खर्च गरेर मोबाइल किनेको पाइएको छ । सामान्य परिवारका सुरज कामतले साढे १३ लाख चोरी गर्दा एकलाख १० हजारमा मोबाइल फोन खरिद गरेका हुन् । साउन ७ गते विराटनगर– १ का मोतीराज दाहालको घरबाट कटहरी गाउँपालिका १ का २० वर्षका सुरज […]
१३ साउन, काठमाडौं । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियान अन्तरगत हालसम्म करिब ८८ हजार नेपाली बैंकिङ प्रणालीमा आएका छन् । बैंकिङ कारोबारलाई प्रोत्साहन गर्न भन्दै थालिएको यो अभियानको यसै नयाँ वर्षका दिन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । यो अभियान शुरु गर्नुअघि सरकारले संघीय संरचनाअनुसार निर्माण भएका ७५३ […]
१३ साउन, विराटनगर । गाडी चलाएर नियतवश ज्यान मारेको आरोपमा पक्राउ परेका विराटनगरका किरण लामालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सवारी ज्यान मुद्दामा लामालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । गत असार १४ गते शनिबार मादक पदार्थ सेवन गरी बा २० च ७४० […]
१३ साउन,काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको जग्गा प्रकरणमा जोडिएका पर्वत जिल्ला कार्य समिति सचिव तथा पूर्व कर्मचारी युक्तप्रसाद श्रेष्ठको मृत्यु शंकास्पद रहेको भन्दै छानविनको माग गरेको छ । कांग्रेसका पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालले सोमबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधन रहस्यमय रहेको बताएका हुन् । विज्ञप्तिमा घटनास्थलमा रगतको थोपा नदेखिनु, अनुहार लगायत […]
१३ साउन, जनकपुरधाम । मोही जग्गाको लगत कट्टा गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सिरहा मालपोत कार्यालयबाट सोमबार दुई जना रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखनदासको काम गर्ने राजबंशी चौधरी छन् । यी दुबैले सेवाग्राहीसँग रु ५ हजार घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट […]
१३ साउन, काठमाडौं । किशोरकिशोरीले परिवार र शिक्षकप्रति गुनासो गरेर आत्महत्या गर्ने क्रम बढेको छ । कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीको कक्षा १२ मा अध्ययनरत् सुरज लेखकले शिक्षकलाई दोष देखाउँदै आत्महत्या गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मुलुकभर २ हजार २२ आत्महत्याको घटना भए । जसमध्ये २१६ जना बालबालिका थिए र सुसाइड […]
१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । […]
१३ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर अधुरो विकासका कारण अस्तबयस्त बनेको छ । महानगरभित्र पर्ने सडकहरु विकासका नाममा भत्काएर लामो समयदेखि अपुरो छाडिएका छन् । जसका कारण सबैभन्दा बढी नगरवासीले सास्ती व्यहोर्नु परेको छ । नगरका भित्री सडक भत्काउने र समयमै निर्माण नगर्ने परिपाटीले गर्दा स्थानीयलाई आवतजावतमा समेत समस्या पर्ने गरेको छ । […]
१३ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले घुस खाने कर्मचारीलाई आफ्नो मन्त्रालय र विभागबाट संरक्षण गरेको प्रमाण ल्याए आफू फाँसीमा झुण्डिन तयार रहेको बताएकी छन् । मन्त्री अर्यालले आफ्नो मन्त्रालय मातहतका सबै निकायमा सुशासन कायम गराउन लागि परेको दावी समेत गरिन् । सोमबार काठमाडौंको साँखुमा आधुनिक सुविधायुक्त मालपोत कार्यालय सेवाको […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सोमबार स्कुल विभागबारे छलफल नै भएन । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ प्रकाश र ईश्वर पोखरेलको दाबी आएपछि पटक पटक स्थगित हुँदै आएको सचिवालय बैठकमा सोमबार दिउँसो बालुवाटारमा बसेको थियो । तर बैठकमा यसबारे कुनै छलफल नै भएन । स्रोतका अनुसार बैठकको सुरुमा नै अध्यक्ष […]
१३ साउन, बुटवल । पश्चिमको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा जलार्पण गर्ने भक्तजनको घुइँचो लागेको छ । नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी सोमबारका दिन पहेँलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्छ । भक्तजनले रुपन्देहीको रामघाट, कपिलवस्तुको लक्ष्मणघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको […]
१३ साउन, खोटाङ । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको […]
१३ साउन, काठमाडौं । आन्तरिक उत्पादन वृद्धि गरी भन्सार राजस्व क्रमशः कम गर्ने सरकारको लक्ष्य रहे पनि अहिले कूल राजस्वको ठूलो हिस्सा भन्सारले नै ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार सरकारले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कूल ३ खर्ब ६२ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ भन्सार राजस्व संकलन गर्यो । नेपालमा उक्त आवमा कूल […]
१३ साउन, विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा क्षमता भन्दा झण्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन् । जसले गर्दा उनीहरुलाई खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ । तीन विघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय जना भए पनि हाल ८ सय ६४ जना राखिएको छ । कारागारका निमित्त प्रमुख कल्पना […]
१३ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताएका छन् । सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताइका हुन् । उनले अगाडि भने ‘उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा […]
from समाचार – Online Khabar https://ift.tt/2Yu1iK4
via IFTTT