समाचार
१५ साउन, काठमाडौं । कोठा खोजिदिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ । काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराइदिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो । त्यसैगरी घर भाडा भाग लगाई पाउँ भनी एउटा जुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन् । […]
१५ साउन, काठमाडौं । प्रतिनिधिसभा (संसद) को एउटा बैठक बस्दा ७ लाख रुपैयाँ खर्च हुने गरेको पाइएको छ । प्रतिनिधिसभाको बैठकको पुर्व तयारीदेखि सांसदहरुलाई उपलब्ध गराउने यातायात र बैठक भत्ता समेत जोड्दा प्रति बैठक दैनिक ७ लाख रुपैयाँ खर्च हुने गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो बैठक कार्यकक्ष सरसफाइ, प्रविधि जाँच, सुरक्षा प्रबन्ध, […]
१५ साउन, धम्बोझी (बाँके) । यस आर्थिक वर्षमा २०७६/७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या २१ पुगेको छ । चार वर्षअघि २०७१ सालमा बाघको सङ्ख्या चार वटा मात्र रहेको थियो । वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको सङ्ख्या रहेको थियो अहिले बाघको सङ्ख्या बढेर २३५ बाघ नेपालमा भएको बताए […]
१५ साउन, काठमाडौं । नेपालका शाहबंशीय राजाहरुको पंतिमा रणबहादुर शाह त्यति चर्चित छैनन् । राजकाजको क्षमता नभएका उनले आफ्नो कार्यकालमा सम्झनायोग्य काम पनि केही गरेनन् । तर, त्रिपुरेश्वरमा एउटा मन्दिर छ, जसले रणबहादुरको सम्झना गराइरहन्छ । बि.सं. १८७७ मा तत्कालिन राजा रणबहादुरको भाइ शेरबहादुर शाहबाट हत्या भएको थियो । हत्यापछि १८७९ सालमा उनका ५ श्रीमतीमध्येकी […]
१५ साउन, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो । आयोजना प्रमुख सुवास मिश्रका अनुसार […]
१५ साउन, काठमाडौं । सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास […]
१५ साउन, विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस पछिल्लो समय राजनीतिक अखडाको रुपमा विकास हुँदै गएको छ । समान्य विषयलाई लिएर तालाबन्दी गर्ने होडले विश्वविद्यालय राजनीतिक अखडाको रुपमा विकास हुन थालेको हो । प्राध्यापक संघले राजनीतिक भागबन्डाका आधारमा बाहिरका प्राध्यापकलाई क्याम्पस प्रमुख बनाएको विरोधमा तालाबन्दी गरेको छ । १० महिनादेखि लगाएको ताला अझै खुलेको छैन । […]
१५ साउन, काठमाडौं । मुग्लिनमा त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल मंगलबारबाट सञ्चालनमा आएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् । नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने […]
१५ साउन, इटहरी । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गर्दै इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए । घिमिरेले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे […]
१५ साउन, काठमाडौं । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १३५ किलोमिटर हुने भएको छ । भारतले गरेको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले यो लम्बाई उपयुक्त हुने आँकलन गरेको हो । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरिएको छ । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग […]
१५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए […]
१५ साउन, विराटनगर । प्रदेश १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालय मातहत राखेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने गरी कर्मचारी पदस्थापन र सरुवासम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत […]
१५ साउन, गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् । १० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी […]
१४ साउन, काठमाडौं । समयमै नेटवर्क विस्तार नगर्दा नेपाल टेलिकम फोरजी सेवामा निजी सेवा प्रदायकभन्दा निकै पछाडि परेको छ । नेपालको फोरजी बजारमा अहिले टेलिकमको हिस्सा २१ प्रतिशतमात्रै छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा सिध्याउने गरी भएको सम्झौता अवधिको करिब आधा समय नेटवर्कहरुको सर्भेको […]
१५ साउन, काठमाडौं । नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको आज ठीक ७० वर्ष पुगेको छ । नेपालका लागि असमान मानिएको र विवादको घेरामा रहेको सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने गरी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समय नदिँदा अन्योल कायमै छ । […]
१५ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए । स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो […]
१५ साउन, काठमाडौं । सांसदहरुका दुई टोलीले हालै युरोप र श्रीलंकाको भ्रमण गरेका छन् । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहसहितको पाँच सदस्यीय टोलीले युरोपको भ्रमण गरेको छ भने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहितको टोलीले श्रीलंका भ्रमण गरेको छ । लेखा समितिका सभापति शाह समितिले नै विभिन्न निकायको बेरुजुबारे अध्ययन गर्न गठन गरेको राजेन्द्रकुमार केसी […]
१५ साउन, पोखरा । अत्यधिक बाढीले कतै बस्ती नै डुब्यो, कतै पहिरोले घर जग्गा बगायो, मानवीय धनजनको क्षति यस्तै यस्तै खबर यतिखेर समाचारका पाना, अनलाइन, रेडियो एवम् टेलिभिजनमा पढ्न, सुन्न र देख्न पाइन्छ । देशका विभिन्न भूभाग बाढीपहिरोका कारण डुबानमा परिरहेका अस्थामा नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा आसपासमा भने कम पानीका कारण आधा साउन जाँदा […]
१५ साउन, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । उनको सुत्केरी सामान्यरुपमै भएको थियो । […]
१४ साउन, काठमाडौं । सरकारले दुई वर्षअघि नै मुक्त कमलरीहरुका लागि ‘कमलरी परिचय पत्र’ वितरण गर्न सुरु गरे पनि अझै ११ हजार ५ सय २३ जनाले परिचय पत्र पाएका छैनन् । पाँच जिल्लाका १२ हजार ८ सय ८२ जना कमलरीमध्ये १३ सय ५९ जना कमलरीले मात्रै परिचय पत्र पाएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता […]
प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध हुनैपर्ने परिस्थिति थिएन । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसदीय छानविन समिति गठन नगर्ने हो भने बैठक चल्न दिँदैनौ भन्ने संदेश सचिवालयलाई दिइसकेका थिए । तर, औपचारिक रुपमा कार्यव्यवस्था समितिको बैठक नै बसेन । विपक्षी दलले बैठक अवरुद्ध हुने भनी दिएको सूचनालाई सरासर उपेक्षा गरियो । संसदीय अभ्यासमा प्रक्रियागत कुरामा […]
from समाचार – Online Khabar https://ift.tt/2YxfgGX
via IFTTT