समाचार
१२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ […]
१२ साउन, चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको […]
१२ साउन, काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको ज्वाइन्ट टिम अफ एक्सपर्ट्स (जेटीई)को बैठक सम्पन्न भएको छ । बैठकमा कोशीको बाढी नियन्त्रणको दिर्घकालीन समाधानको लागि उच्चबाँध सहित सुनकोशी-मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा छलफल भयो । विद्युुत विकास विभागमा महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वको टोलीले भारतको केन्द्रीय जल […]
१२ साउन, काठमाडौं । एक वर्षका लाग नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुँदा उमेश पटवालको पहिलो लक्ष्य थियो, टी-२० विश्वकप अष्ट्रेलिया । तर नेपाल ग्लोबल छनोटमा नै पुग्न सकेन । सिंगापुरमा आइतबार सम्पन्न एसिया फाइनलको अन्तिम खेलमा घरेलु टोलीसँग ८२ रनको लज्जास्पद हार व्यहोर्यो । पहिलो खेलमा कतारसँग हारेको नेपालले चार मध्ये दुई वटा […]
१२ साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको पहिरोको क्षति र प्रभावितहरुको नामावली संकलन गर्न थालिएको छ । प्रभावितहरुका लागि सुरक्षित आवास निर्माण गर्न नामावली संकलन गर्न थालिएको हो । गत मंलबार राति गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरो जाँदा ३०७ घरधुरी प्रभावित भएका छन् । वडानम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा गरी […]
१२ साउन, काठमाडौं । सांसदहरुले नेपाल प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव गरेका छन् । नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र सीमित गरेर सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मा दिनुपर्ने सांसदहरुको प्रस्ताव छ । आइतबारको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरु जनार्दन शर्मा (प्रभाकर), नवराज सिलवाल, दिलेन्द्रप्रसाद बडुलगायतले सो प्रस्ताव राखेका हुन् । बैठकमा पूर्वगृहमन्त्री शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै […]
१२ साउन, काठमाडौं । नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएपछि अहिले निजी क्षेत्रमा निकै तरंग छ । सरकारले गरेको व्यवस्थाअनुसार सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर लिनुपर्ने हुन्छ । सरकारले व्यवसाय वा आय आर्जनमा संलग्न सबै व्यक्तिले प्यान नम्बर लिनुपर्ने प्रावधानलाई चालु आर्थिक वर्षबाट अनिवार्य गरेको हो […]
१२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै सबैभन्दा ठूलो र पहिलो अस्पताल वीर अस्पतालको १३० औं वाषिर्कोत्सवमा सहभागी हुने कार्यक्रम अन्तिममा आएर रद्द भएको छ । दाँतको समस्या भएको भनिएका प्रधानमन्त्रीले आइतवार नेपाल भारत सम्बन्ध सम्बन्धी एक सार्वजनिक कार्यक्रम र पार्टीको सचिवालय बैठकमा भाग लिँदैछन् । तर वीर अस्पतालको कार्यक्रम भने अन्तिममा रद्द […]
१२ साउन, काठमाडौं । आइतबार नेपालले सिंगापुरसँग खेल्नुअघिसम्म धेरैको भविष्यवाणी थियो, घरेलु टोलीलाई हराउँदै नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । अन्तर्राष्ट्रिय मिडियाले समेत नेपाललाई मुख्य दावेदार मानेका थिए । त्यसका केही आधार पनि थिए- एकदिवसीय मान्यता पाइसकेको टप एशोसिएट टिम, प्रतियोगितामा खराब सुरुवातका बाबजुद उत्कृष्ट पुनरागमन आदि । विपक्षी टिम सिंगापुर भने उदयमान टोली […]
१२ साउन, हेटाैंडा । रक्त क्यान्सरबाट पीडित मकवानपुर क्रिकेट टिमका पूर्वकप्तान निरज श्रेष्ठको निधन भएको छ । ८ महिनादेखि नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको आइतबार काठमाडौंस्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो । हेटौंडा-५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य थिए । उनी संघको पूर्व कोषाध्यक्ष थिए । ०६०/६१ सालदेखि मकवानपुर […]
१२ साउन, चितवन । नेपालमा पछिल्ला वर्षहरुमा हेपाटाइटिस् भयावह बन्दै गएको चिकित्सकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनले २८ जुलाईलाई हरेक वर्ष विश्व हेपाटाइटिस् डेका रुपमा मनाउँदै आएको छ । हेपाटाइटिस् बी का आविष्कारक अमेरिकन फिजिसियन ब्लुमबर्गको जन्मदिनको अवसर पारेर हरेक वर्षलाई हेपाटाइटिस् डेको रुपमा मनाउन थालिएको छ । यस वर्ष ‘हेपाटाइटिस हटाउन लगानी’ भन्ने […]
१२ साउन, काठमाडौं । सामाजिक सन्जालबाट गरिने विज्ञापनमा पनि आधिकारिकता खोजिने भएको छ । विज्ञापन नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको विकास तथा प्रविधि समितिले सामाजिक सन्जालमा गरिने विज्ञापनमा पनि आधिकारिकता खोज्ने विषयमा सहमति जुटाएको हो । विधेयकको दफा १२ मा आधिकारिक रुपमा जानकारी नभइ विज्ञापन गर्न नहुने विषय उल्लेख छ । […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक फेरि सरेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि बैठक स्थगित भएको हो । आइतवार अपरान्ह ३ बजेलाई तोकिएको बैठक सोमवारका लागि सारिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । केन्द्रीय कमिटी सदस्यहरुको कार्य विभाजन जारी रहेका बेला स्कूल विभाग प्रमुख कसलाई […]
१२ साउन, रामेछाप । जिल्लाका ३ वटा सडक किनारा र त्यस आसपासका क्षेत्रमा नौ लाख बिरुवा लगाइने भएको छ । सुख्खाग्रस्त रामेछाप जिल्लाका सडक किनारामा यस वर्ष मात्रै ३ लाख बिरुवा रोपिने छ । वृक्षरोपण महाअभियान नाम दिइएको सो कार्यक्रम जर्मन सरकारको सहयोगमा रामेछापका विभिन्न ३ वटा सामाजिक संस्थाहरुले सुरु गरेका हुन् । अभियानअन्तर्गत खुर्काेट […]
१२ साउन, काठमाडौं । सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’ टी-२० विश्वकपको एसिया फाइनलमा नेपाल सिंगापुरसँग ८२ रनले हारेको छ । खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना […]
१२ साउन, बुटवल । विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले प्रदेश ५ का करिब आधा दर्जन शिक्षण संस्थाहरुमा एकसाथ कालो ब्यानर राखेका छन् । रुपन्देही, नवलपुर, अर्घाखाँचीका कलेज तथा विद्यालयहरुमा एकसाथ कालो ब्यानर टाँगिएको हो । स्कुल तथा कलेज सञ्चालकको फोटोयुक्त कालो ब्यानरमा ‘सामाजिक बहिस्कार गरौं’ लेखिएको छ । निजी स्कुल र कलेजहरुले चर्काे शुल्क […]
१२ साउन, काठमाडौं । नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएपछि स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् । एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल अघिल्लो चरणमा पुग्न सकेन । खेलपछि संक्षिप्त प्रतिक्रिया दिएका सन्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, […]
१२ साउन, कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सेक्रेटरी सुजन बिक पक्राउ परेका छन् । विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि […]
१२ साउन, काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो । आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात […]
१२ साउन, डोटी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जानकारी दिए । आगलागीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगिसके पनि […]
१२ साउन, काठमाडौं । चार वर्षअघिको भूकम्पले पुरानो घर भत्काइदिएपछि ४७ वर्षीया सम्झना घलानले अर्को घर बनाउने आशा मारिसकेकी थिइन् । राज्यले दिने ३ लाखले ओत लाग्ने घर बन्न सम्भव थिएन । तर, शनिबार जब उनले पक्की घरको चाबी पाइन् त्यसपछि आँखाबाट हर्षका आँसु झरे उनका । बत्तीमुनीको अँध्यारो भनेको के हो ? यो प्रश्नको […]
from समाचार – Online Khabar https://ift.tt/2Y9P89U
via IFTTT