समाचार
१४ साउन, काठमाडौं । सरकारले दुई वर्षअघि नै मुक्त कमलरीहरुका लागि ‘कमलरी परिचय पत्र’ वितरण गर्न सुरु गरे पनि अझै ११ हजार ५ सय २३ जनाले परिचय पत्र पाएका छैनन् । पाँच जिल्लाका १२ हजार ८ सय ८२ जना कमलरीमध्ये १३ सय ५९ जना कमलरीले मात्रै परिचय पत्र पाएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता […]
प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध हुनैपर्ने परिस्थिति थिएन । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसदीय छानविन समिति गठन नगर्ने हो भने बैठक चल्न दिँदैनौ भन्ने संदेश सचिवालयलाई दिइसकेका थिए । तर, औपचारिक रुपमा कार्यव्यवस्था समितिको बैठक नै बसेन । विपक्षी दलले बैठक अवरुद्ध हुने भनी दिएको सूचनालाई सरासर उपेक्षा गरियो । संसदीय अभ्यासमा प्रक्रियागत कुरामा […]
१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले बुधबार […]
१५ साउन, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् । परिवारका अनुसार प्रशान्ता बुधबार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । ‘बिहान करिव ७ बजे डोरी बोकेर लगेको बहिनीले देखेकी रहिछ, किन लगेको भन्दा पिङ खेल्न भनेर कोठाभित्र ढोका लगाएर प्रशान्ता बसिछिन्,’ […]
१५ साउन, काठमाडौं । २५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका बराललाई गुरुप्रसाद बराललाई प्रदान गरिने भएको छ । शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गरेको भन्दै इन्सेकले बराललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । इन्सेकका महासचिव रमेशचन्द्र पौडेल संयोजक तथा कोषाध्यक्ष गीता बराल र नीलमशेखर अधिकारी […]
१५ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै […]
१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन । कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने […]
१५ साउन, काठमाडौं । केही वर्षदेखि सेयर बजारमा निरन्तर आइरहेको पहिरो पछिल्लो एक वर्षमा थामिएको छ । अल्पकालीन रुपमा उतारचढाव आए पनि एक वर्षको अन्तरालमा नेप्से ६२ अंकले माथि उक्लियो । बजार निरन्तर ओरालो लागेर निराश बनेका लगानीकताहरुलाई यो थोरै राहतको खबर हो । तर, यसमा सन्तोष मान्न सक्ने अवस्था भने छैन । किनकि पछिल्लो […]
१५ साउन, काठमाडौं । स्रोत सुनिश्चिता नभई बजेटमा समावेश कार्यक्रम वा आयोजनालाई अब अर्थ मन्त्रालयले रकमान्तर तथा थप निकासाको स्वीकृति नदिने भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनसम्बन्धी निर्देशन अनुसार स्रोत सुनिश्चितता नभई सुरु गरिएका खरीद प्रक्रिया वा अन्य कार्यबाट सिर्जित दायित्वमा रकमान्तर र थप निकासा नगरिने भएको हो । रकमान्तर […]
१५ साउन, गुल्मी । खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतका अनुसार, बुधवार राति […]
१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा […]
१५ साउन, हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो […]
१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट मुनजाई राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए । पिठ्यूँमा चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी […]
१४ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ […]
१४ साउन, काठमाडौं । साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार मनाइएको छ । वर्षका चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र […]
१४ साउन, काठमाडौं । सडक विभागले नेपालमै पहिलोपटक राजमार्गमा दुई लेनमा सवारी चल्नसक्ने बेलिब्रिज जडान गरेको छ । पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार पुग्ने सडक खण्डको विजयपुरमा ५० मिटर लामो बेलिबि्रज सञ्चालनमा ल्याइएको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाकाअनुसार यो पुल विभागले हालसम्म सञ्चालनमा ल्याएको सबैभन्दा लामो बेलिब्रिज पनि हो । विजयपुरको स्टिल […]
१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’ त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका […]
१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागि मंगलबार दुबई प्रस्थान गरेका छन् । उनको भ्रमण राजनीतिक उद्देश्यबाट नभएर विशुद्ध पारिवारिक रहेको पारिवारिक स्रोतले बताएको छ । भ्रमण टोलीमा परिवारका ७ सदस्यहरु सहभागी छन् । स्रोतका अनुसार बिरामी अवस्थामा रहेकी प्रचण्डपत्नी सीता दाहालले निकै पहिलेदेखि नै दुबई शहर हेर्ने इच्छा जाहेर […]
१४ साउन, काठमाडौं । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली […]
१४ साउन, डोटी । शनिवार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो । आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायर बताउँछन् । वडाअध्यक्ष बलायरले स्थानीय दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी समेत दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति निकट मानिएका सहमहामन्त्री प्रकाशशरण महतले ‘सहमति’ का आधारमा पार्टीको अन्तरिम संरचना बनाउने प्रस्ताव राखेका छन् । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अन्तरित संरचना र १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्री महतले विधानअनुसार चुनावी प्रक्रियामा जाने हो भने एक वर्ष म्याद थप्दा पनि […]
from समाचार – Online Khabar https://ift.tt/2ZwJ6MQ
via IFTTT