Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस

१० साउन, बुटवल । प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्ऽ बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश लोकसेवा आयोग गठनका […]

राहत नपाएपछि बाढी पीडितद्वारा नगरपालिकामा घेराउ

१० साउन, रौतहट । बाढीले घरबार बिहीन भएर भोकभोकै बस्नु पर्दा पनि जनप्रतिनिधिले कुनै वास्ता नगरेको भन्दै स्थानीयले राजदेवि नगरपालिकाको कार्यालय घेराउ गर्दै प्रर्दशन गरेका छन् । २८ असारमा आएको बाढीले घर भत्किएको र घरभित्र भएका अन्नपात सबै बर्वाद हुँदा पनि निर्वाचित भएका जनप्रतिनिधिले आफूरुको पीडा नबुझेको भन्दै स्थानीयहरुले शुक्रबार नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् […]

ललितपुरका प्रस्तावित पाँचै स्थानमा ‘सम्भव’ देखियो फ्लाइओभर

१० साउन, काठमाडौं । ललितपुरमा बनाउने भनिएको ५ वटा फ्लाइओभरको सम्भाब्यता अध्ययन प्रतिवेदन आगामी माघको अन्त्यसम्ममा आउने भएको छ । हालसम्मको अध्ययनमा सबै प्रस्तावित स्थानमा फ्लाइओभर बनाउन सम्भव देखिएको छ । ललितपुर महानगरपालिकाले आफ्नो लगानीमा बनाउने भनेको फ्लाइओभरको सम्भाब्यता अध्ययनको काममा भइरहेको प्रगतिबारे हालै परामर्शदाता कम्पनीसँग जानकारी लियो । सम्भाब्यता अध्ययन गरिरहेको ग्रीड इन्डिको मटेरियल […]

भोट चल्छ, पानी चल्दैन

१० साउन, काठमाडौं । संविधान र प्रचलित अन्य कानूनअनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो । २०२० भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनमै यस्तो अपराध गर्नेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको थियो । कसैले कसैलाई जातिपाति, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछूतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन […]

जावलाखेलको तरकारी बजारमा डोजर चल्यो

१० साउन, ललितपुर । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएकाले हटाइएको […]

अनुमति नलिइ सञ्चालित १४ वटा भारतीय गाडी समातिए

१० साउन, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न अवस्थामा १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाका विभिन्न स्थानबाट १४ वटा भारतीय सवारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका सवारीलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पछिल्लो पटक बिहीबार वीरगञ्ज महानगरपालिकाबाट डब्लुबीडी ९६८८ र […]

गुल्मी पहिरो अपडेट : १३ जनाकै शव आफन्तलाई बुझाइँयो

१० साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परी मृत्यु भएका १३ जनाकै शव आफन्तले  बुझेका छन् । बेपत्ता सबैको शव भेटिएपछि पोष्टमार्टम गरेर शुक्रबार आफन्तलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । गत मंगलवार राति अविरल वर्षासँगै आएको पहिरोमा परी सत्यवति गाउँपालिका वडानम्बर ३ र ४ को लिम्घा र ठूलो लुम्पेकमा डेढ […]

चित्लाङ-थानकोट सडक निर्माणको दैनिक अनुगमन गरिने

९ साउन, वीरगञ्ज । ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ-थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२ किलोमिटर […]

एक वर्षबीचमै बने ३० नयाँ सवस्टेसन, २९ वटाको क्षमता विस्तार

१० साउन, काठमाडौं । नुवाकोटको पहिरेबेसीमा बनिरहेको त्रिशुली थ्री-बी हब सवस्टेसनको निर्माण स्थलमा गत जेठ २ गते कुलमान घिसिङ काममा अवरोध गर्नेहरुसँग जंगिए । केहीले कुलमानको यो शैलीको आलोचना गरे भने कतिले प्रशंसा । तर, प्राधिकरण नेतृत्वले आफैं फिल्डमा पुगेर यसैगरी विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५/७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका […]

वीरगञ्ज भन्सारबाट नयाँ सवारी आयात घट्यो

९ साउन, वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट सवारीसाधनको आयात घटेको छ । जसकारण राजश्वमा गिरावट आएको छ । नयाँ सवारीसाधन र सवारीसाधनका पार्टपूर्जाबाट पनि वीरगञ्ज भन्सारले राम्रो राजश्व संकलन गर्ने गरेको थियो । आर्थिक वर्ष ०७४/७५ को तुलनामा ०७५/७६ मा जीप, कार भ्यान, मोटरसाइकल, अटो रिक्सा आयातमा कमी आएको छ । ०७४/७५ मा वीरगञ्ज भन्सार नाका […]

फरार अभियुक्त पक्राउ

१० साउन, काठमाडौं । चितवन जिल्ला प्रहरी कार्यालयले एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतले फिरौती माग, अपहरण तथा शरीर बन्धक मुद्दामा विसं २०७१ वैशाख २१ गते नौ वर्ष कैद र रु ५० हजार जरिवाना फैसला सुनाएकामा पर्साका जिराभवानी गाउँपालिका–५ शङ्करसरैया बस्ने ३१ वर्षीय महेन्द्र नुनीय महतोलाई प्रहरीले बिहीबार चितवनबाट पक्राउ गरेको […]

मनसुनपछिको बाढी–पहिरोले लियो १११ को ज्यान, ४० बेपत्ता

१० साउन, काठमाडौं । मनसुनपछिको विपदका कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका […]

ट्रकले बसलाई ठक्कर दिँदा १५ जना घाइते

१० साउन, चितवन । चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । बसका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]

सरकारलाई नेविसंघको प्रश्न– निर्मलाले न्याय कहिले पाउँछिन् ?

१० साउन, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राजधानीमा प्रदर्शन गरेको छ । हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ?’ लगायतका […]

सुत्केरीको मृत्युपछि नुवाकोटको महादेवफाँटमा प्रदर्शन, गल्छी–त्रिशूली सडक अबरुद्ध

१० साउन, नुवाकोट ।  त्रिशूली जिल्ला अस्पतालकाे लापरवाहीले सुत्केरीको मृत्यु भएको  भन्दै नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्तले प्रदर्शन गरेका छन् । तारकेश्वर गाउँपालिका–५, नुवाकोटकी ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।  दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने मुख्य माग उनीहरुको छ । प्रदर्शनका कारण अहिले गल्छी–देवीघाट–त्रिशूली सडक […]

‘जबजका डाक्टर’ वेदुराम भन्छन्– स्कूल विभाग मलाई चाहियो

१० साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विवाद पेचिलो बनिरहेका बेला झलनाथ खनालदेखि घनश्याम भुसालसम्मका नेताले आफूलाई उक्त विभाग दिन आग्रह गरिरहेका छन् । ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठका नाममा सहमति नजुटेपछि विकल्पमा नामहरु थपिइरहेका छन् । र, यही क्रममा अर्का दाबेदार निस्किएका छन्– डा.वेदुराम भुसाल । साविक […]

मासुको भाउ आकासियो, एक महिनामै चारपटक मूल्यवृद्धि

९ साउन, काठमाडौं । एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ । खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन् । काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका […]

सबैको लघुवित्तको आईपीओ बाँडफाँट, अधिकांश खाली हात

१० साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट भएको छ । संस्थाले निष्कासन गरेको ५ लाख ३० हजार कित्ता आईपीओ केहिबेर अघि बाडफाँट भएको हो । गोलाप्रथाबाट गरिएको बाडफाँटमा आवेदन दिने अधिकांश रित्ताे हात भएका छन् । आईपीओका लागि माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको संस्थाको बिक्री प्रबन्धक एनआईबीएल एस […]

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

१० साउन, लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको छोरा सुमनप्रसाद सिंहले जानकारी दिए । १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह ०१९ देखि ०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग […]

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

१० साउन, हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया को नाम सिफारिस भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका–१४ कलंकीका थपलियालाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसअघि मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि यो पद रिक्त थियो । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले […]

अज्ञात समूहले कावासोतीमा जलायो जिल्ला अदालतको गाडी

१० साउन, नवलपरासी । पूर्वीनवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । नवलपुर जिल्ला अदालतको बा२झ ३५०२ नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जिल्ला अदालतका श्रेस्तेदार तारादत्त बडु चढ्दै आएको गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको […]



from समाचार – Online Khabar https://ift.tt/2Y712kx
via IFTTT
Powered by Blogger.