समाचार
१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा […]
१५ साउन, हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो […]
१५ साउन, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न सिंगापुर जान लागेकोलगायतका समाचार आजका पत्रिकामा पढ्न पाइन्छ । कान्तिपुरले एनसेलले पुँजीगत लाभ करभन्दा बाहेक अर्कै शीर्षकमा समेत करिब २ अर्ब रुपैयाँ कर छलेको समाचार लेखेको छ । कान्तिपुरको भित्री पृष्ठमा डाबर इन्डियाका औषधिमा उच्च मात्रामा […]
१४ जेठ, काठमाडौं । पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा भीम रावल माधव नेपालको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । महाधिशेनपछि माधव नेपाल पक्षले कतिपय बैठकमा लिखितरुपमै फरक मत राख्दा भीम रावलले मानेनन् । उनले अध्यक्ष ओलीलाई काम गर्न दिनुपर्ने मत राख्दा नेपाल पक्षबाटै रावल आलोचित भए । अध्यक्ष […]
१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट मुनजाई राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए । पिठ्यूँमा चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी […]
१४ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ […]
१४ साउन, काठमाडौं । साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार मनाइएको छ । वर्षका चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र […]
१४ साउन, काठमाडौं । सडक विभागले नेपालमै पहिलोपटक राजमार्गमा दुई लेनमा सवारी चल्नसक्ने बेलिब्रिज जडान गरेको छ । पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार पुग्ने सडक खण्डको विजयपुरमा ५० मिटर लामो बेलिबि्रज सञ्चालनमा ल्याइएको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाकाअनुसार यो पुल विभागले हालसम्म सञ्चालनमा ल्याएको सबैभन्दा लामो बेलिब्रिज पनि हो । विजयपुरको स्टिल […]
१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’ त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका […]
१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागि मंगलबार दुबई प्रस्थान गरेका छन् । उनको भ्रमण राजनीतिक उद्देश्यबाट नभएर विशुद्ध पारिवारिक रहेको पारिवारिक स्रोतले बताएको छ । भ्रमण टोलीमा परिवारका ७ सदस्यहरु सहभागी छन् । स्रोतका अनुसार बिरामी अवस्थामा रहेकी प्रचण्डपत्नी सीता दाहालले निकै पहिलेदेखि नै दुबई शहर हेर्ने इच्छा जाहेर […]
१४ साउन, काठमाडौं । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली […]
१४ साउन, डोटी । शनिवार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो । आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायर बताउँछन् । वडाअध्यक्ष बलायरले स्थानीय दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी समेत दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका […]
१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति निकट मानिएका सहमहामन्त्री प्रकाशशरण महतले ‘सहमति’ का आधारमा पार्टीको अन्तरिम संरचना बनाउने प्रस्ताव राखेका छन् । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अन्तरित संरचना र १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्री महतले विधानअनुसार चुनावी प्रक्रियामा जाने हो भने एक वर्ष म्याद थप्दा पनि […]
१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए । कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको […]
१४ साउन, काठमाडौं । मुलुकभर ८० प्रतिशत खेतमा धान रोपाई सकिएको कृषि विभागले जनाएको छ । साउन दोस्रो हप्ता सकिनै लाग्दा प्रदेश १ मा सबैभन्दा कम र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई सकिएको छ । कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जारी गरेको विवरण गत वर्ष सोही अवधिमा […]
१४ साउन,बुटवल । प्रदेश ५ सरकारले स्कूले छात्राहरुलाई सेनेटरी प्याड वितरणदेखि ट्रान्सफर्मर जडान र पानी पोखरी निर्माणसम्मका कामहरुलाई गत वर्ष गरेका उपलब्धीहरु भन्दै सूचि सार्वजनिक गरेको छ । त्यसो त प्रदेश सरकारले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रदेश सरकारले गरेको खर्चको तथ्याङ्कमा चित्त नबुझाई त्यो भन्दा ११ प्रतिशत बढी खर्च गरेको आफ्नै […]
१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मंगलबार के कस्ता विषयमा विज्ञापन गर्न हुने र नहुने विषयमा छलफल भयो । विज्ञापनसम्बन्धी विधेयकको दफा ५ मा विज्ञापन गर्न नहुनेसम्बन्धी व्यवस्था छ । विधेयकमा कानूनले उत्पादन, बिक्री वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका वस्तु, तथा सेवाको विज्ञापन गर्न नपाइने उल्लेख छ । त्यस्तै जुवा […]
१४ साउन, काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै […]
१४ साउन, काठमाडौं । श्रीमतीलाई छुरा हानेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका १० घडिर्अवाका २४ वर्षका रोसनकुमार गुप्तालाई पक्राउ गरेको छ । उनले कान्छी श्रीमती २२ वर्षकी मनु चौधरीलाई वीरगञ्जको भिस्वा डाँडा घुमाउन लगी झाडीमा धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ । मनुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा थप उपचारका […]
१४ साउन, काठमाडौं । विद्युत नियमन आयोग गठन भएसँगै विद्युत प्राधिकरणले गर्ने विद्युत खरिद सम्झौता (पीपीए) अवरुद्ध भएको छ । प्राधिकरणले गत वैशाखदेखि कुनै पनि जलविद्युत आयोजनासँग पीपीए गरेको छैन । निवेदन लिने, प्रस्तावित सम्झौताअनुरुप राष्ट्रिय प्रसारणसँगको कनेक्सनबारे छलफल गर्ने, पीपीएको मस्यौदा तयार गर्नेलगायतका काम भइरहे पनि सम्झौतामा हस्ताक्षर भने नभएको हो । पीपीएका लागि […]
१४ साउन, काठमाडौं । सांसदहरुले ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिको आत्महत्याको घटनाबारे गृहमन्त्रीसंग जवाफ मागेका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरीको अधिकारसम्बन्धी छलफल चलिरहेका बेला समिति सदस्यहरुले विभिन्न घटनामा गृहमन्त्रीको जवाफ माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको ललिता निवास […]
from समाचार – Online Khabar https://ift.tt/2GC3wNl
via IFTTT