समाचार
११ साउन, काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरे साहित्य क्षेत्रमा होमिएका छन् । विद्यार्थीबाट कांग्रेसको मुलधारको राजनीतिमा आएका घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह शनिबार सार्वजनिक भएको छ । कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुले सक्षम नेता भएर पनि गुरुलाई संरक्षण गर्न नसकिएको स्वीकार गरे । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ […]
११ साउन, काठमाडौं । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए । गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट […]
काठमाडौं । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् । ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरु भोलि काठमाडौं आइपुग्नेछन् । दूताबासका अनुसार नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएका थिए । तर, जुन दोस्रो साता […]
११ साउन, काठमाडौं । भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वषर्ीयबालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा ९ दिप श्रेष्ठलाई ठक्कर दिएको थियो । उनलाई तत्काल उवामुरा अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक दिपेन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्ति […]
एउटा घर बनाउनै कति समय लाग्छ ? आज भोलि त बन्दैन होला । तर प्रदेश गठन भएकै दिनबाट प्रदेश सरकारलाई लेखेट्न थालियो । संघीयता आएर भर्खर जन्मिएको शिशुबाट केही भएन भनेर रोइलो गर्न थालियो । जन्मिएर बिस्तारै त प्रदेश सरकार चलमलाउन खोजिरहेको छ । संरचना बनाउँदैछ, संगठन बन्दैछ । विधि, नियम बनाइरहेको छ । बाटो […]
११ साउन, काठमाडौं । काठमाडौंको टोखाबाट नुवाकोटको छहरे पुग्ने सडकलाई चीनको रसुवागढी नाकासँग द्रुतमार्गमार्फत जोड्ने सरकारी लक्ष्य छ । तर, यो सडकखण्ड हाल सरकारी बेवास्ताको शिकार बनेको छ । पर्यटकीय टोखा र झोर हुँदै नुवाकोट जाने यो सडकमा अहिले सवारी लिएर हिँड्नु मुत्युलाई जिस्काए जस्तै छ । किनभने यो सकडको विभिन्न खण्डमा सडकको हालत यति […]
११ साउन, काठमाडौं । तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता तेस्रोपटक घटाइने भएको छ । अब यो आयोजना सुरुआतको सर्भेमा ८८० मेगावाट बनाउन सकिने भनिएको आयोजनाको क्षमता ६८० मेगावाट घटाएर २ सयमा कायम गर्ने तयारी छ । यसले स्रोतको सम्भाब्य क्षमता उपयोग नहुनेे अवस्था सिर्जाना भएको छ । योजनाअनुसार काम भएको भए नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाले […]
११ साउन, काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली एक घन्टा ढिलो पुगे । स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताएका प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झण्डै एक घण्टै भाषण गरे । आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो […]
११ साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार नगद सहयोग गरेकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई डम्बर कुमारीले सो रकम दिएकी हुन् । उनले रकम मात्रै दिइनन्, अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र […]
११ साउन, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने […]
११ साउन, रामेछाप । असारको अन्तिम हप्दादेखिको वर्षाले रामेछापका अधिकांस सडकहरु बिग्रिएका छन् । सडकको दुरावस्थाले रामेछापको सडक यात्रा जोखिमपूर्ण बनेको छ । गएको असार २६ गते र त्यसपछि पटकपटकको वर्षाको कारण काठमाडौँ तथा तराईबाट रामेछाप प्रवेश गर्ने र जिल्ला सदरमुकाम मन्थलीबाट गाउँ जाने अधिकाँस सडकहरुमा क्षति पुगेको छ । यी सडकहरुको उचित मर्मत नहुँदा […]
११ साउन, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्वीपक्षीय वार्तापछि बिहीबार सम्झौता पुनरावलोकन गर्नेसम्बन्धी सहमतिमा सम्झौता भएको हो । सम्झौताअनुसार अब दुवै देशका वायुसेवा कम्पनीको प्रतिसाता उडान ९८ पुर्याइएको छ । यसअघि प्रतिसाता अधिकतम ७० उडान गर्न पाउने प्रावधान थियो । यता […]
११ साउन, चितवन । नेपालमा हरेक वर्ष ८ सयभन्दा बढी नाक, कान, घाँटीका क्यान्सर रोगी थपिने गरेका छन् । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दिएको जानकारीअनुसार हरेक वर्ष नाक, कान, घाँटीका क्यान्सर रोगी बढ्दै गएका छन् । शनिबार परेको विश्व नाक, कान, घाँटी क्यान्सर विरुद्धको दिवसका अवसरमा अस्पतालले दिएको जानकारीअनुसार पाँच वर्ष अघिसम्म […]
११ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले रचनात्मक काम गरे सहयोगीको भूमिका खेल्न तयार रहेको बताएका छन् । आरोप प्रत्यारोपमा लाग्नुको साटो मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै एकजुट हुनुपर्ने उनले धारणा राखे । शनिबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिंहले सो धारणा राखेका हुन् । सरकारले […]
११ साउन, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । कानेपोखरी गाउँपालिका-५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका-४ का ४४ वर्षीय शम्भु गहत पक्राउ परेका हुन् । उनीहरुको साथबाट भरुवा बन्दुक बरामद भएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ […]
११ साउन, बुटवल । प्रदेश ५ सरकारले दुग्ध उत्पादक किसानका लागि ट्यांकर खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १२ वटै जिल्लाका दुग्ध सहकारी तथा व्यवसायीलाई ३५ लाखदेखि ५१ लाख मूल्यका १२ वटा ट्यांकर खरिदमा २ करोड ३४ लाख ९० हजार रुपैयाँ अनुदान दिएको हो । मन्त्रालयको ५० […]
११ साउन, काठमाडौं । ग्यारेथ बेल रियल मड्रिड छाडेर चिनियाँ क्लब ज्याङ्सु जाने भएका छन् । वेल्सका कीर्तिमानी गोलस्कोर बेल निकट स्रोतका अनुसार तीन वर्षे सम्झौता भएको छ । यद्यपि स्पेनिस अधिकारीहरुले यसको पुष्टि गर्न बाँकी छ । रियलका प्रशिक्षक जिनेदाने जिदानले केही दिनअघि बेल क्लब छाड्ने निकट रहेको बताएका थिए । स्पेनिस समाचारहरुमा जनाएअनुसार […]
११ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन्स कपको मड्रिड डर्बीमा रियलले लज्जास्पद हार व्यहोरेको छ । शनिबार विहान भएको खेलमा एथ्लेटिकोले रियललाई ७-३ गोल अन्तरले हराएको हो । एथ्लेटिकोले पहिलो हाफमा नै ५ गोल गरेको थियो । खेलमा एथ्लेटिकोले पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलबाट अग्रता लिएको थियो । आठौं मिनेटमा जोआओ फेलिक्स, १९ औं मिनेटमा […]
११ साउन, काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिकासहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् । सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्था प्रमुख मिशेल […]
from समाचार – Online Khabar https://ift.tt/2GvPr3M
via IFTTT