Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

साढे १३ लाख नगद चोरेर फरार भएका सुरज पक्राउ

१३ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ । यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ […]

उत्पादन मिति उल्लेख नभएको घ्यु गर्भवती र सुत्केरीलाई

१३ साउन, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाले उत्पादन मिति नै उल्लेख नभएको घ्यु गर्भवती र सुत्केरीलाई वितरण गरेकाे पाइएको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत   तरकारीको बिउ, अम्बा र मेवाको बिरुवासहित वितरण गरेकाे  घ्युमा उत्पादन मिति र ब्याच नम्बर उल्लेख नभएको भेटिएको हो । शिवम् घ्यु उद्योग, राजविराजले उत्पादन गरेको घ्यु नगरपालिकाले बर्दिवासस्थित डोकानिया ब्रदर्समार्फत […]

के हुँदैछ प्रतिनिधिसभा बैठकमा ?

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको चालिसौं बैठक आज मध्याह्न एक बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम तय भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदीय समितिको चार वटा प्रतिवेदन पेश गरिने भएको छ । […]

संसद अबरुद्ध पार्ने राजपाको चेतावनी

१३ साउन, काठमाडौं । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको […]

निजी विमान कम्पनी एटीआरमा लोभिँदै, के छ आकर्षण ?

१३ साउन, काठमाडौं ।  एक दर्जन जहाजमार्फत राष्ट्रिय–अन्तरराष्ट्रिय उडान गरिरहेको बुद्ध एयरसँग १० वटा एटीआर जहाज छन् । फ्रान्स र इटालीको ‘ज्वाइन्ट भेन्चर’मा स्थापित यूरोपीयन जहाज निर्माता कम्पनीले निर्माण गरेका एटीआरमध्ये ७ वटा जहाज ७० सीट क्षमताका एटीआर ७२–५०० हुन् । तीनवटा जहाज एटीआर ४२–३२० हुन् । यसबाहेक बुद्धसँग दुईवटा जहाज भने १९ सीट क्षमताका बीचक्राफ्ट […]

एसईई पूरकको मुखैमा परीक्षा नियन्त्रक फेरिए, खकुरेललाई निमित्तको जिम्मेवारी

१३ साउन, काठमाडौं । एसईई पूरक परीक्षाको मुखैमा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उपसचिव रामराज खकुरेललाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । उपसचिव खकुरेल यसअघि शिक्षक सेवा आयोगमा कार्यरत थिए । सोमबार अधिकारी मन्त्रालयमा हाजिर हुने र खकुरेलले निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्ने छन् । […]

स्वदेश फर्किंदै नेपाली क्रिकेट टोली

१३ साउन, काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो । मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किदै छ । आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो […]

एक खेलअघि नै सिरिज श्रीलंकालाई

१३ साउन, काठमाडौं । बंगलादेशसँगको एकदिवसीय क्रिकेट सिरिज एक खेलअघि नै श्रीलंकाले जितेको छ । आइतबार भएको दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाई सात विकेटले पराजित गरेसँगै सिरिज जितेको हो । यसअघि भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले जितेको थियो । २३९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४४.४ ओभरमा तीन विकेटको क्षतिमा […]

संगठन सुदृढीकरणको खाका बनाउन राप्रपाले बोलायो बैठक

१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । राप्रपाको यसअघि बसेको बैठकले ०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको थियो । आज बस्ने बैठकले यही निर्णय अनुरूप संगठन सुदृढीकरणका […]

कक्षा १२ को परीक्षाफल आज

१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ । परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ […]

नेपोलीसँग हार्‍यो लिभरपुल

१३ साउन, काठमडौं । इंग्लिस क्लब लिभरपुल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग पराजित भएको छ । स्कटल्यान्डमा आइतबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे । लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९ औं […]

नाम मात्रको केन्द्रीय मानसिक अस्पताल !

१२ साउन, काठमाडौं । धादिङको ३१ वर्षे समिर घिसिङको (नाम परिवर्तन) हातमा इन्जिनियरिङको डिग्री थियो तर बेरोजगार । जागिर खोज्न भौतारिदाँ भौतारिदै उनलाई निराशाले गाँज्यो। एक्लै बस्न थाले । त्यो बिचमा उनले विभिन्न मानसिक रोग उपचार केन्द्रमा परामर्श लिए, औषधि खाए । परिवारको एक लाख बढी खर्चिँदा पनि उनको समस्या रत्तिभर कम भएन । त्यसपछि […]

स्कूल विभागको विवाद मिलाउन प्रचण्डको दौडाहा, ओली र माधव नेपालसँग छलफल

१२ साउन, काठमाडौं । स्कूल विभागका कारण अवरुद्ध रहेको पार्टी एकीकरणको बाँकी काम टुंगो लगाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिनभर सहमतिको पहल गरेका छन् । सहमतिकै लागि आइतबार निर्धारित सचिवालय बैठक सोमवार सारिएको थियो । प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विहान र साँझ दुईपटक बालुवाटारमै पुगेर भेटेका छन् । ओली […]

बाढी र डुवानले कृषि व्यवसायमा साढे ३ अर्ब बढीको क्षति

१२ साउन, काठमाडौं । गत असार अन्तिम साता प्रदेश दुईमा आएको बाढी र डुबानका कारण कृषि तथा पशुपंक्षी व्यवसायमा साढे तीन अर्ब भन्दा धेरैको क्षति भएको कृषि तथा पशुपंछि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश दुईका ८ जिल्लामा पशुपछींतर्फ १ अर्ब ६२ करोड तथा कृषि बालीतर्फ एक अर्ब ९७ करोड रुपैयाँ बराबर क्षती […]

गृह सचिवको प्रस्ताव : अब सुरक्षा कर लिऔं

१२ साउन, काठमाडौं । करको दायरा बढाएको भनेर सरकारको आलोचना भइरहेको बेला गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले ‘सुरक्षा कर’ लिनुपर्ने प्रस्ताव गरेका छन् । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सचिव राईले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका हुन् । राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, […]

चितवनको माडीमा एक बालक मृत भेटिए

१२, साउन, चितवन । चितवनको माडीमा एक बालकको शव भेटिएको छ । माडी नगरपालिका-५ सोमेश्वर सामुदायिक वनको क्रिया खोलामा १३ वर्षीया बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । मृतक बालक सोही वडाको राधापुरका सुदिप दराई रहेको प्रहरीले जनाएको छ । शनिवार साँझदेखि घरमा नभएका बालकको के कारणले मृत्यु भएको हो भन्ने बारेमा […]

रूपन्देहीमा बस संचालनका विषयमा झडप, एकजना घाइते

१२ साउन, बुटवल । आलोपालो प्रणालीअनुसार बस सञ्चालनका विषयमा विवाद हुँदा तीनवटा बस व्यवसायी संस्थाका कर्मचारीले अर्को संस्थाका कर्मचारीमाथि आक्रमण गरेका छन् । रुपन्देहीको बेलहियाबाट बुटवलतर्फ बस छुट्ने क्रममा यातायात मजदुरबीच विवाद हुँदा पश्चिम नेपाल, सिद्धार्थ यातायात र बुटवल यातायातका तीनजना कर्मचारी मिलेर लुम्बिनी मेट्रोसिटी प्रालिका कर्मचारीमाथि आक्रमण भएको हो । बुटवल यातायातका सोनु धोबी, […]

१ लाख ३० हजार घुस लिने कार्यालयका प्रमुखसहित ४ पक्राउ

१२ साउन, पोखरा । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् […]

सत्य निरुपण र वेपत्ता आयोग : नाम सिफारिस गर्ने म्याद घर्किएपछि निर्देशिका

१२ साउन, काठमाडौं । सिफारिस समितिले चैतमै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गरिसक्नु पर्थ्यो । समितिमा ५७ जनाको आवेदन परेको पनि छ । तर पदाधिकारी सिफारिस गर्नुको साटो समितिले साउन मध्यतिर आएर बल्ल आफ्नै निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गत […]

समानन्द हत्या प्रकरण : गाउँमै छन् आरोपी, समात्दैन प्रहरी

१२ साउन, विराटनगर । विराटनगर १४ का समनानन्द यादवको हत्या भएको १५ दिन भयो । विवाहको बिषयमा भएको कुटपिटमा घाइते भएका उनको मृत्यु भएपछि प्रहरीले हत्या आरोपीको खोजी गरिरहेको छ । तर आरोपी गाउँमै भएपनि प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडित परिवारको गुनासो छ । विराटनगरका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षको उपस्थीतिमा ५५ वर्षीय […]

कामविहीन नागरिक सीमा सहायता कक्ष

१२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुख्य व्यापारिक नाका त्रिनगर भन्सार नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन भए पनि अहिलेसम्म कुनै काम भएको छैन । कार्यालयमा हालसम्म एकजना भारत जाने नेपाली कामदारको अभिलेख राख्ने काम भएको छेन । सहायता खटिएका एकजना कर्मचारी दिनभर कार्यालय कुरेर बस्छन् । त्यसमा न भारत जानेको तथ्यांक संकलन हुन्छ, […]



from समाचार – Online Khabar https://ift.tt/2ylUNdq
via IFTTT
Powered by Blogger.