समाचार
१२ साउन, पोखरा । जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका कार्यालय प्रमुखसहित ४ जना घुससहित पक्राउ परेका छन् । उनीहरु पेश्की फछ्र्यौट गरिदिने बहानामा १ लाख ३० हजार रुपैयाँसहित कार्यालय परिसरबाटै पक्राउ परेका हुन् । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, सवारी चालक भवदत्त जैसी छन् […]
१२ साउन, काठमाडौं । धादिङको ३१ वर्षे समिर घिसिङको (नाम परिवर्तन) हातमा इन्जिनियरिङको डिग्री थियो तर बेरोजगार । जागिर खोज्न भौतारिदाँ भौतारिदै उनलाई निराशाले गाँज्यो। एक्लै बस्न थाले । त्यो बिचमा उनले विभिन्न मानसिक रोग उपचार केन्द्रमा परामर्श लिए, औषधि खाए । परिवारको एक लाख बढी खर्चिँदा पनि उनको समस्या रत्तिभर कम भएन । त्यसपछि […]
१२ साउन, काठमाडौं । सिफारिस समितिले चैतमै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका पदाधिकारी सिफारिस गरिसक्नु पर्थ्यो । समितिमा ५७ जनाको आवेदन परेको पनि छ । तर पदाधिकारी सिफारिस गर्नुको साटो समितिले साउन मध्यतिर आएर बल्ल आफ्नै निर्देशिकाको मस्यौदा तयार पारिएको छ । सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गत […]
१२ साउन, विराटनगर । विराटनगर १४ का समनानन्द यादवको हत्या भएको १५ दिन भयो । विवाहको बिषयमा भएको कुटपिटमा घाइते भएका उनको मृत्यु भएपछि प्रहरीले हत्या आरोपीको खोजी गरिरहेको छ । तर आरोपी गाउँमै भएपनि प्रहरीले पक्राउ गर्न चासो नदिएको पीडित परिवारको गुनासो छ । विराटनगरका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षको उपस्थीतिमा ५५ वर्षीय […]
१२ साउन, काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अन्तर्राष्ट्रिय उडानका यात्रुबाट प्रत्येक उडानवापत १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्न स्वीकृति दिएको छ । ३१ असार २०७५ मा अवधि सकिएको यो शूल्कका सम्बन्धमा सरकारले ढिला गरी स्वीकृति दिएको हो । अब आगामी ५ वर्षसम्म प्राधिकरणले हरेक यात्रुबाट १ हजार रुपैयाँ विमानस्थल शूल्क असुल गर्ने […]
१२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुख्य व्यापारिक नाका त्रिनगर भन्सार नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन भए पनि अहिलेसम्म कुनै काम भएको छैन । कार्यालयमा हालसम्म एकजना भारत जाने नेपाली कामदारको अभिलेख राख्ने काम भएको छेन । सहायता खटिएका एकजना कर्मचारी दिनभर कार्यालय कुरेर बस्छन् । त्यसमा न भारत जानेको तथ्यांक संकलन हुन्छ, […]
१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे । ‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर […]
१२ साउन, चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ फिस्लिङमा ट्रकमा बस ठोक्किदा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वको काँकडभिट्टाबाट काठमाडाैंतर्फ जाँदै गरेको ना५ख ४८१९ नम्बरको बस गौरबाट काठमाडाैंतर्फ भैंसी लोड गरेर जाँदै गरेको ना७ख २५६१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार झापाको मेची-२ बस्ने […]
१२ साउन, काठमाडौं । सम्झौताअनुसार काम भएको भए सातदोबाटोमा हिटिङ स्वीमिङ पुल तयार भइसक्नु पर्ने हो । अनि नेपाली खेलाडीहरुले त्यसमा अभ्यास गर्न पाउनु पर्ने हो । तर एक पटक होइन, पटकपटक म्याद थप्दा पनि हिटिङ स्वीमिङ पुलको निर्माण सकिएको छैन । अब मंसिर १५ देखि २४ गतेसम्म नेपालमा हुने तय भएको १३औं दक्षिण एसियाली […]
१२ साउन, गुल्मी । गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ निवासी ५० वर्षीय गोपाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जाकारी दिए । शनिवार पसलमा सामान किन्न गएका सुनार बेपत्ता भएका थिए । उनको आइतवार बिहान लाटिगैराको भीरबाट लडेर मृत अबस्थामा शव फेला परेको प्रहरीले […]
१२ साउन, वीरगञ्ज । अनलाइन विजनेसको नाममा ठगी गरेको आरोपमा एक युवक वीरगञ्जबाट पक्राउ परेका छन् । जिल्ला महोतरी साविक सुन्दरपुर गाविस-९ जन्मस्थान भइ हाल वीरगञ्ज महानगरपालिका-१५ लक्ष्मणवा टोल बस्ने २० वर्षीय रोहित रै दास पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा सजना अधिकारील दिएको उजुरीको आधारमा ठगी मुद्दाका फरार प्रतिवादी रोहित रैदासलाई पक्राउ गरिएको […]
१२ साउन, काठमाडौं । रौतहटको मौलापुर नगरपालिका- ६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुवा रामकिशोर यादवले गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । हत्याको कारण थियो- बीमा रकम । रामकिशोरले एकमहिना अघि छोरीको जीवन बीमा गरेका थिए । छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने बुझेपछि उनैले असार १६ गते राति हत्या गरे । […]
१२ साउन, वीरगञ्ज । नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा विस्तारै सामूहिकतामा चल्नुपर्छ भन्ने सोच पलाउन थालेको बताएका छन् । पछिल्ला छलफल र भेटघाटहरुले ओली सामुहिकतामा जानुपर्छ भन्ने नजिक पुगेको उनले बताए । पार्टीमा ओलीका स्थायी प्रतिपक्षी मानिने स्थायी कमिटी सदस्य भुसाललाई केही दिनअघिमात्र प्रधानमन्त्री ओलीले एक्लै बालुवाटारमा बोलाएर छलफल […]
तीनपटक मन्त्री र लामो समय पार्टीको केन्द्रीय नेता भइसके पनि हिसिला यमीलाई धेरैले ‘नेतापत्नी’ कै रुपमा चिन्ने गर्छन् । डा. बाबुराम भट्टराईको राष्ट्रिय व्यक्तित्वले उनलाई निरन्तर थिचिरहेको छ । काठमाडाैंको धनाढ्य नेवार परिवारमा जन्मेर सुखसयलमा हुर्केकी हिसिलाले गोरखाको एउटा गाउँमा जन्मेर संघर्षपूर्ण जिवन व्यतित गरेका ब्राम्हणलाई जीवन साथी रोजिन्, जुन उनको जीवनमा ठूलो ‘टर्निङ प्वाइन्ट’ […]
१२ साउन, काठमाडौं । प्रेमिकाको हत्या गरी फरार भएका एकजनालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) महाराजगञ्जले साढे १२ वर्षपछि पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका-३ घर भई ललितपुर-२ बस्ने सानु र राजु उपनामले चिनिने राजेश लामालाई सीआईबीको टोलीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । लामाले ०६४ पुस २७ गते मकवानपुर फापरबारी घर भइ […]
१२ साउन, चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले तीव्रता पाएको छ । आइतवार मात्रै जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् । भरतपुर महानगरपालिका नगरकार्यपालिकाका सदस्यहरुको एक महिनाको तलव र कर्मचारीहरुको तीन दिनको पारिश्रमिक गरी जम्मा भएको ५० लाख रकमको […]
१२ साउन, काठमाडौं । भारतको नयाँ दिल्लीमा नेपाल र भारतबीच सप्तकोशी उच्च बाँधको ज्वाइन्ट टिम अफ एक्सपर्ट्स (जेटीई)को बैठक सम्पन्न भएको छ । बैठकमा कोशीको बाढी नियन्त्रणको दिर्घकालीन समाधानको लागि उच्चबाँध सहित सुनकोशी-मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा छलफल भयो । विद्युुत विकास विभागमा महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वको टोलीले भारतको केन्द्रीय जल […]
१२ साउन, काठमाडौं । एक वर्षका लाग नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त हुँदा उमेश पटवालको पहिलो लक्ष्य थियो, टी-२० विश्वकप अष्ट्रेलिया । तर नेपाल ग्लोबल छनोटमा नै पुग्न सकेन । सिंगापुरमा आइतबार सम्पन्न एसिया फाइनलको अन्तिम खेलमा घरेलु टोलीसँग ८२ रनको लज्जास्पद हार व्यहोर्यो । पहिलो खेलमा कतारसँग हारेको नेपालले चार मध्ये दुई वटा […]
१२ साउन, गुल्मी । गुल्मीको सत्यवति गाउँपालिकाको पहिरोको क्षति र प्रभावितहरुको नामावली संकलन गर्न थालिएको छ । प्रभावितहरुका लागि सुरक्षित आवास निर्माण गर्न नामावली संकलन गर्न थालिएको हो । गत मंलबार राति गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरो जाँदा ३०७ घरधुरी प्रभावित भएका छन् । वडानम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा गरी […]
१२ साउन, काठमाडौं । सांसदहरुले नेपाल प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव गरेका छन् । नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र सीमित गरेर सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मा दिनुपर्ने सांसदहरुको प्रस्ताव छ । आइतबारको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरु जनार्दन शर्मा (प्रभाकर), नवराज सिलवाल, दिलेन्द्रप्रसाद बडुलगायतले सो प्रस्ताव राखेका हुन् । बैठकमा पूर्वगृहमन्त्री शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै […]
१२ साउन, काठमाडौं । करको दायरा बढाएको भनेर सरकारको आलोचना भइरहेको बेला गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले ‘सुरक्षा कर’ लिनुपर्ने प्रस्ताव गरेका छन् । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा सचिव राईले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका हुन् । राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, […]
from समाचार – Online Khabar https://ift.tt/2JXdYRx
via IFTTT