समाचार
१४ साउन, दाङ । नेकपाले दाङ देउखुरीको लमही नगरपालिकालाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर निर्माण गर्ने लगायतका विकासको खाका तयार पारेको छ । लमही नगरपालिकाका नेकपा सचिव बसन्तराज शर्मा (विक्रान्त)ले लमही नगरपालिकाका नौवटै वडालाई एकीकरण गरी ‘लमही कृषि सिटी’ बनाउने लगायतका ३९ बुँदे खाका तयार पारेको जानकारी दिए । योजनामा उद्योग, कृषि, जनसेवा, यातायातलगायतका क्षेत्रहरुबाट […]
१४ साउन, काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रकाे मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो । रौतहटको साविक संतपुर र रंगपुर गाविसमा पर्ने जग्गा अधिग्रहणका लागि दररेट कायम गरेको छ । त्यस क्षेत्रको न्यूनतम प्रतिकठ्ठा ३ लाख रुपैयाँदेखि ४० लाख […]
१४ साउन, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–४, पकरबासस्थित माढीका रूपनारायण मानन्धरको परिवारको बास १५ दिनदेखि घरभित्र छैन । उनको परिवारको बास पहिरोले पुर्न ठिक्क पारेको घरको बरण्डामा छ । ‘भित्र बस्दा कतिवेला पहिरोले घर भत्काएर पुर्ला भन्ने डर छ । बाहिर वरण्डामा बस्दा त भाग्न भ्याइएला नि । त्यसैले बाहिर बरण्डामानै बस्ने र सुत्ने गरेको’, […]
१४ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले नेपालको दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको ठहर गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितहरूलाई न्याय दिने सवालमा गरेका बाचाहरू पूरा नगरेको आरोप लगाएका छन् । एम्नेस्टी इन्टरनेसनल, हृयुमन राइट्स् वाच, ट्रायल इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसीजे)ले […]
१४ साउन, काठमाडौं । चार वर्षअघि भारतले अघोषित नाकाबन्दी लगाउँदा नेपालमा कोलाहल मच्चियो । इन्धनदेखि तरकारीसम्मको अभाव सिर्जना भयो । त्यसबाट सरकारले पाठ सिक्ने अपेक्षा गरिएको थियो । तर, स्थिति अहिले पनि त्यही नै छ । नेपालको वैदेशिक व्यापार भारतीय नाकामा केन्द्रित हुँदै आएको छ । त्यसैले भारतले केही दिन नाका थुनिदियो भने नेपालीको भान्सा […]
१४ साउन, काठमाडौं । एसईई उत्तीर्ण भएका विद्यार्थीहरु अहिले काठमाडौंलगायत देशका विभिन्न शहरमा उच्च शिक्षाका लागि दौडधूप गरिरहेका छन् । सहरमा बस्दा बैंक खाता खोल्ने, एटीएम कार्ड प्रयोग गर्ने र अभिभावकले पठाएको पैसा बैंकिङ बैंकिङ प्रणालीबाट प्राप्त गर्ने उनीहरुको रहर मात्र होइन, दैनिक आवश्यकता हो । घर छाडेर शहरमा बस्दा आउने आर्थिक समस्या समाधानमा झञ्जट […]
१४ साउन, काठमाडौं । समृद्धिको पहिलो मापक मानिन्छ, देशको सार्वजनिक सडक र सार्वजनिक सवारी साधनको व्यवस्थापन । तर, नेपालमा सार्वजनिक सडकहरुको निर्माण र व्यवस्थापनको गतिलाई हेर्ने हो भने यसलाई तीव्र मान्ने या धीमा ? गत वर्षको सडक निर्माणको तथ्यांकलाई केलाउँदा एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे भयो । जबकि देशभर अर्बौंका सडक ठेक्काहरु लागेका […]
१४ साउन, काठमाडौं । जतिखेर निर्मला पन्तको न्यायका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन उठ्यो, त्यसको तारो नगरपालिकाका मेयर सुरेन्द्र विष्ट पनि बने । तथापि विष्टले संयम अपनाए र निर्मला पन्तको न्यायकै पक्षमा आफूलाई निरन्तररुपमा उभ्याए । कम्युनिष्ट पार्टीका नेतासमेत रहेका विष्ट आफैंमाथि आरोप लाग्दा र घरैमा आक्रमण हुँदासमेत निर्मला पन्तको न्यायका पक्षमा उभिए । उनी […]
१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपको एसिया छनोट खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे । प्रस्तुत छ, खड्कासँग विमानस्थलमा सञ्चारकर्मीहरुले गरेको कुराकानीः विजेता बन्ने लक्ष्य बोकेर गएको नेपाल तेस्रो […]
१४ साउन, काठमाडौं । चिनी उद्योगीहरुले भारतलगायतका मुलुकबाट हुने चिनी आयात थप दुई महिना रोक्न सरकारलाई आग्रह गरेका छन् । नेपाली उद्योगहरुले उत्पादन गरेको चिनी पर्याप्त मात्रामा भण्डारणमा रहेकाले चिनी आयात तत्काल फुकुवा गर्नु आवश्यक नरहेको नेपाली व्यवसायीहरुको तर्क छ । अझै तीन महिनालाई पुग्ने परिमाणमा चिनी मौज्दात रहेकाले तत्काल चिनीको आयात रोक्न सरकारलाई केही […]
१४ साउन, चितवन । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बरले बढाउने सरकारी लक्ष्य हासिल हुन लागेको भन्दै संरक्षणकर्मीहरू खुसी बनेका छन् । बाघ पाइने देशका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले बाघ दिवस मनाउने घोषणासँगै सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो । सम्मेलनले यस्तो निर्णय […]
१४ साउन, काठमाडौं । गृहमन्त्रालयले ११ जिल्लाका सिडिओ सरुवा गरेको छ । सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ । यसैगरी दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ […]
१४ साउन, काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका […]
१४ साउन, जनकपुरधाम । आफ्ना छोराछोरी गलत काममा नफसुन् र गलत काम नसिकुन् भन्ने मनसाय अभिभावकको हुन्छ । तर, नेपालसँगै सिमाना जोडिएको भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाका एक अभिभावकले आफ्ना दुई छोरालाई रक्सी तस्करीमा लगाएको खुल्न आएको छ । भारतको बिहार राज्यमा रक्सी बिक्रीवितरण र प्रयोगमा समेत रोक लागेपछि अहिले बिहारका रक्सीप्रेमीहरु नेपाललाई आफ्नो गन्तव्य […]
१३ साउन, काठमाडौं । बाढी प्रभावित जिल्लाको स्थलगत अनुगमन गरेको संसदीय समितिको टोलीले भारतीय सीमाका बाँधका कारण नेपाली भूमि डुवानमा परेको निश्कर्ष निकालेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको टोलीले गरेको स्थलगत अनुगमन टोलीले ‘नेपाल भारत सीमा भन्दा तल बनेका बाँधहरुबाट नेपाली भूमि डुबानमा पर्ने र भारतीय भूमि बग्ने अवस्था रहेको’ निश्कर्ष निकालेको हो । […]
१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने भएका छन् । ओली १८ गते सिंगापुर जाने तयारी छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । यद्यपि प्रधानमन्त्रीको निजी सचिवालयका सदस्यहरुले भने यसबारे जानकारी नभएको बताएका छन् । नेकपा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओली नियमित स्वास्थ्य […]
१३ साउन, काठमाडौं । प्रदेश सरकारहरु बनेको डेढ वर्ष भइसक्यो । अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाटै प्रदेश सरकारहरुको आलोचना भइरहेको छ । तर सरकार चलाउनेहरु भने जनतालाई सेवा–सुविधा दिनेभन्दा आफ्नै सेवा–सुविधा बढाउन तल्लिन छन् । यसैको एउटा कडी हो, गाडी खरिदको प्रतिस्पर्धा । सातवटै प्रदेशले गाडी खरिदकै लागि गत आर्थिक वर्षमा करोडौं बजेट […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने पार्टी र नेताहरुविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । गणतन्त्र, संघीयता जस्ता उपलब्धी गुमेमा नेपाल बर्बाद हुने भन्दै उनले उपलब्धीको रक्षाका लागि एकतावद्ध हुन नेता कार्यकर्तालाई अपील गरे । नेकपा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुबैको आलोचना गरेका छन् । पार्टी कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्माले पात्र फेरिए पनि प्रवत्ति नफेरिएको भन्दै दुबै नेताको आलोचना गरेका हुन् । स्व. सुशील कोइराला पार्टी सभापति हुँदा विभागहरु गठन गर्न नसकेको […]
१३ साउन, काठमाडौं । सरकारले प्रस्तावित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा मदन भण्डारी फाउन्डेसनको प्रत्यक्ष प्रभाव रहने गरी विधेयक ल्याएको छ । प्रतिनिधिसभामा आइतबार दर्ता भएको विधेयकमा फाउन्डेसनका अध्यक्ष र उनको तोकेका एक जना विश्वविद्यालयको संरक्षक समितिमा रहने उल्लेख छ । यस्तो संरक्षण समितिमा विश्वविद्यालयको बजेट तथा कार्यक्रम स्वीकृत गर्नेदेखि विश्वविद्यालयका पदाधिकारीहरुलाई कारबाही गर्नेसम्मको […]
१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नासु तथा पार्टीको पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको मृत्यु रहस्यमय भएको भन्दै अनुसन्धान गर्न माग गरेको छ । उनले आइतबार काठमाडौंको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरबाट हामफालेर आत्महत्या गरेको प्रहरीले बताएको थियो । तर कांग्रेसले उनको मृत्यु रहस्यमय भन्दै मृत्यु हुनासाथ अनुसन्धान नै नगरिनु […]
from समाचार – Online Khabar https://ift.tt/2YAU86y
via IFTTT