समाचार
१३ साउन, काठमाडौं । सरकारले म्यानपावर कम्पनीलाई आफ्नो धरौटी रकम बढाउन दिएको समयसीमा एक महिना मात्र बाँकी छ । तर, अहिलेसम्म एउटा म्यानपावरले पनि धरौटी रकम बुझाएका छैनन् । श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधन गरी धरौटी र बैंक ग्यारेन्टी रकम बढाएको थियो । यसका लागि भदौ १८ गतेसम्मको समयसीमा दिइएको […]
१३ साउन, गुल्मी । सत्यवति गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध हुँदा खाद्यान्न संकट भएपछि हेलिकोप्टरमार्फत राहत पुर्याइँएको छ । सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट तम्घासमा बिभिन्न संघसंस्थाबाट उपलब्ध भएको २३ क्वीन्टल राहतका सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्याइँएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । हेलिकोप्टरमार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय […]
१३ साउन,काठमाडौं । न्याय परिषदले उच्च अदालतका तीन मुख्य न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषदको आइतबारको बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरेको छ । त्यस्तै सुवेदीको ठाउँमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेल सरुवा भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालको सुर्खेत सरुवा […]
१३ साउन, काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको […]
१३ साउन, विराटनगर । मोरङमा अशक्त किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना मिलापत्र गरी सामसुस पार्न खोजिएको छ । अशक्त किशोरीमाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँ लेनदेनमा मिलापत्र गर्न खोजिएको हो । घटना गत असार २० गते हो । पीडितका अनुसार मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त […]
१३ साउन, कैलाली । गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए । छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बाबुको हत्या […]
१३ साउन, बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारका सवै पखेटाहरुमा खिया लागिसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री एक्लैले गर्न खोजेर मात्र नहुने भन्दै काम गर्ने वातावरण नरहेको समेत बताए । ‘मन्त्रीहरु, आसेपासेहरु खराब छन् । गर्छु भन्दा पनि काम गर्ने अबस्था नै छैन ।’ बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता भण्डारीले प्रधानमन्त्री […]
१३ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले एकता प्रक्रियामा आउन राप्रपा संयुक्तलाई आग्रह गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले राप्रपा संयुक्त र अन्य राष्ट्रवादी दलहरुलाई एकता प्रक्रियामा आउन आहृवान गरेको हो । समान विचारधारा भएका दलहरुसँग एकता गर्ने राप्रपा संयुक्तको निर्णयको स्वागत गर्दै राप्रपाले भनेको छ, ‘देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक […]
१३ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले १३ लाख ५० हजार नगद चोरेर फरार भएका एकजनालाई पक्राउ गरेको छ । यही साउन ७ गते विराटनगर-१ का मोतीराज दाहालको घरबाट नगद चोरी फरार भएका कटहरी गाउँपालिका-१ का २० वर्षीय सुरज कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कामतबाट चोरी गरेको मध्ये ३ लाख ८१ […]
१३ साउन, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकाले उत्पादन मिति नै उल्लेख नभएको घ्यु गर्भवती र सुत्केरीलाई वितरण गरेकाे पाइएको छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत तरकारीको बिउ, अम्बा र मेवाको बिरुवासहित वितरण गरेकाे घ्युमा उत्पादन मिति र ब्याच नम्बर उल्लेख नभएको भेटिएको हो । शिवम् घ्यु उद्योग, राजविराजले उत्पादन गरेको घ्यु नगरपालिकाले बर्दिवासस्थित डोकानिया ब्रदर्समार्फत […]
एकः २०५२ सालमा माओवादीले थालेको ‘जनयुद्ध’को लक्ष्य हिंसाको बलबाट जननिर्वाचित सरकार हटाएर जनवादी सत्ता स्थापना गर्ने थियो । त्यो त्यही बेला थियो, जतिबेला नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले भर्खर पाँचौं अधिवेशन (२०४९) बाट संसदीय व्यवस्थालाई स्वीकार गरेर प्रतिस्पर्धात्मक राजनीतिको बाटोबाट लाग्ने नीति तथा कार्यक्रम लागू गर्ने औपचारिक निर्णय गरेको थियो । २०७४ साल […]
१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको चालिसौं बैठक आज मध्याह्न एक बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यक्रम तय भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदीय समितिको चार वटा प्रतिवेदन पेश गरिने भएको छ । […]
१३ साउन, काठमाडौं । प्रतिपक्षी दल राजपाले आजको संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिएको छ । सर्लाहीको सडक प्रदर्शनको क्रममा सरोजनारायण सिंह मारिएको घटनाको संसदीय छानबिनको माग गर्दै राजपाले संसद अवरुद्ध पार्ने चेतावनी दिएको हो । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ । विप्लव समूहका नेता कुमार पौडेल र सरोजनारायण सिंह मारिएको […]
१३ साउन, काठमाडौं । गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार […]
१३ साउन, काठमाडौं । एक दर्जन जहाजमार्फत राष्ट्रिय–अन्तरराष्ट्रिय उडान गरिरहेको बुद्ध एयरसँग १० वटा एटीआर जहाज छन् । फ्रान्स र इटालीको ‘ज्वाइन्ट भेन्चर’मा स्थापित यूरोपीयन जहाज निर्माता कम्पनीले निर्माण गरेका एटीआरमध्ये ७ वटा जहाज ७० सीट क्षमताका एटीआर ७२–५०० हुन् । तीनवटा जहाज एटीआर ४२–३२० हुन् । यसबाहेक बुद्धसँग दुईवटा जहाज भने १९ सीट क्षमताका बीचक्राफ्ट […]
१३ साउन, काठमाडौं । एसईई पूरक परीक्षाको मुखैमा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक परिवर्तन गरेको छ । परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीलाई मन्त्रालयमा तानेर उपसचिव रामराज खकुरेललाई निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको छ । उपसचिव खकुरेल यसअघि शिक्षक सेवा आयोगमा कार्यरत थिए । सोमबार अधिकारी मन्त्रालयमा हाजिर हुने र खकुरेलले निमित्त परीक्षा नियन्त्रकको जिम्मेवारी सम्हाल्ने छन् । […]
१३ साउन, काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको नेपाली क्रिकेट टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो । मलेसियन एयरलाइन्सबाट टिम नेपाल स्वदेश फर्किदै छ । आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो […]
१३ साउन, काठमाडौं । बंगलादेशसँगको एकदिवसीय क्रिकेट सिरिज एक खेलअघि नै श्रीलंकाले जितेको छ । आइतबार भएको दोस्रो खेलमा घरेलु टोली श्रीलंकाले बंगलादेशलाई सात विकेटले पराजित गरेसँगै सिरिज जितेको हो । यसअघि भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ९१ रनले जितेको थियो । २३९ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४४.४ ओभरमा तीन विकेटको क्षतिमा […]
१३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ । राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । राप्रपाको यसअघि बसेको बैठकले ०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेको थियो । आज बस्ने बैठकले यही निर्णय अनुरूप संगठन सुदृढीकरणका […]
१३ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ । परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ […]
१३ साउन, काठमडौं । इंग्लिस क्लब लिभरपुल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीसँग पराजित भएको छ । स्कटल्यान्डमा आइतबार राति भएको खेलमा नेपोलीले लिभरपुललाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपोलीको जितमा आर्काडुइज मिलिक, लोरेन्जो इन्सिग्ने र अमिन युनेसले गोल गरे । लोरेन्जोले खेलको १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । २९ औं […]
from समाचार – Online Khabar https://ift.tt/32WAiCf
via IFTTT