समाचार
१४ साउन, गुल्मी । गुल्मीको सत्यवतीका पहिरो प्रभावितहरुलाई अस्थायी आवास निर्माण गर्न सुरु गरिएको छ । गत साताको मगंलबार राति आएको पहिरोले घरहरुमा क्षति पुर्याएपछि अस्थायी आवास निर्माण सुरु गरिएको हो । जिल्लाको सत्यावती गाउँपालिका-३ का पहिरो प्रभावितका लागि १७ वटा अस्थायी आवास निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जिल्ला सदरमुकाम तम्घासबाट […]
१४ साउन, विराटनगर । विराटनगरका युवाहरुले कपडा बैंक सञ्चालनमा ल्याएका छन् । बाढीबाट विस्थापित भएकाहरुका लागि वितरण गर्ने उद्देश्यसहित युवाहरुले कपडा बैंक स्थापना गरेका हुन् । विराटनगरको ट्राफिक चोकमा पुराना कपडा संकलन गरी बिपन्न तथा बाढी प्रभावितहरुका लागि वितरण गर्ने उद्देश्यसहित कपडा बैंक सञ्चालनमा ल्याएको अभियान्ता मध्येका एक पेरिस सुवेदीले बताए । शनिबारबाट सुरु भएको […]
१४ साउन, हेटौंडा । प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता गरेको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवर्द्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार […]
१४ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो समग्र र दायित्वको लेखापरीक्षण प्रक्रिया थालेको छ । सामान्यतया निजीकरणमा जाँदा, मर्ज गर्दा तथा व्यवस्थापनमा अर्को कम्पनी सहभागी हुने क्रममा यस्तो मूल्यांकन गरिन्छ । व्यवस्थापनमा विदेशी साझेदार ल्याउने प्रक्रियाका लागि ड्यू डिलिजेन्स अडिट (डीडीए) गर्न निगमले प्रस्ताव आह्वान गरेको छ । मंगलबार सूचना जारी गर्दै कम्पनीले आगामी […]
१४ साउन, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहत दिन माग गरिएको हो । नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न ‘प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण’ गठन गर्न […]
१४ साउन, पोखरा । खानेपानीको अभावले हाँसपोखरीबासीको चैन हराएको थियो । गाउँमा अन्य सुविधा पुगे पनि खानेपानीकै समस्याले उनीहरुलाई पिरोल्थ्यो । अब हाँसपोखरीबासी खुसी छन् । घरघरै चिटिक्कको धाराबाट खानेपानी झर्दा उनीहरुको मन खुस छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरस्थित हाँसपोखरीका ८८ घरपरिवारलाई लिफ्टिङ प्रविधिबाट खानेपानीको सुविधा दिइएको हो । खानेपानीको समस्याले पिल्सिएका हाँसपोखरीबासीको दुख […]
१४ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो । महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने । प्रहरीका […]
१४ साउन, गोरखा । ७० करोड रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको गोरखाको सिरानचोक गाउँपालिकाको सडक एक महिना नबित्दै भत्किएको छ । लुइँटेल भञ्ज्याङदेखि चित्रेपोखरीसम्मको सडकको पहिलो खण्ड ठाउँ ठाउँमा भासिएको छ र केही ठाउँमा पहिरोले छोपेको छ । ‘सडक बनाएको एक महिना पनि भएको छैन भत्किन थालिसक्यो,’ सिरानचोक गाउँपालिका–३ ठानीस्वाँराका स्थानीय ईश्वर लम्सालले भने, ‘कतै […]
१४ साउन, काठमाडौं । देशभर लोडसेडिङ हटाएर जनताको स्यावासी पाएको नेपाल विद्यूत प्राधिकरणको नेतृत्व आफ्ना केही सुविधाभोगी कर्मचारीका कारण आलोचनामा तानिएको छ । प्राधिकरणभित्रै यस विषयमा प्रश्न उठ्ने गरे पनि नेतृत्वले ध्यान दिएको छैन । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, महाशाखा, क्षेत्रीय कार्यालय तथा शाखाको तुलनामा यसका सहायक कम्पनीमा कर्मचारीको सेवा-सुविधा राम्रो हुन्छ । त्यसैले […]
१४ साउन, काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयकको व्यवस्थालाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस सांसद जीपछिरिङ लामाबीच जुहारी चलेको छ । मंगलबार संसदको विकास तथा प्रविधि समितिमा विधेयकको दफा १४ को विज्ञापन बोर्ड गठनसम्बन्धी व्यवस्थामाथि सांसदहरुले धारणा राख्दै थिए । सांसद लामाले बोर्डमा सदस्य नियुक्त गर्दा समानुपातिक समावेशी सिद्धान्त अनुसार गर्ने प्रस्ताव गरे […]
१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि […]
१४ साउन, ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि जम्मा २० वटा सिट छ । तर त्यसमध्ये १२ वटा कोटा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बनेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा २०७५/७६ देखि सञ्चालन भएको उक्त नर्सिङ क्याम्पसमा शैक्षिक सत्र […]
१४ साउन, कैलाली । कैलालीको अत्तरियाबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चितुवाको छाला बेचबिखन र ओसारपसार भैरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका-४ बाट चितुवाको दुई थान छालासहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे […]
१४ साउन, विराटनगर । जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका […]
१४ साउन, काठमाडौं । मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको मौसमविदको भनाइ छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त प्रणाली नेपालसम्म […]
१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै आर्थिक वर्ष (आव) २०७६/०७७ को मौद्रिक नीति सार्वजनिक गरेपछि बैंकिङ क्षेत्रमा नयाँ बहस प्रारम्भ भएको छ । सरकारले यो आवमा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य बजेटमार्फत लिएको सन्दर्भमा केन्द्रीय बैंकले सरकारको यो लक्ष्य भेट्टाउनका लागि नयाँ मौद्रिक नीति ल्याएको हो । मौद्रिक नीतिले मर्जरमा जाने बैंक तथा […]
१४ साउन, काठमाडौं । दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी […]
१४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले […]
१४ साउन, काठमाडौं । सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे । त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो देखिने वस्तु देखियो । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे । ‘हामी गएर हेर्दा पेस्तोल […]
१४ साउन, दाङ । नेकपाले दाङ देउखुरीको लमही नगरपालिकालाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर निर्माण गर्ने लगायतका विकासको खाका तयार पारेको छ । लमही नगरपालिकाका नेकपा सचिव बसन्तराज शर्मा (विक्रान्त)ले लमही नगरपालिकाका नौवटै वडालाई एकीकरण गरी ‘लमही कृषि सिटी’ बनाउने लगायतका ३९ बुँदे खाका तयार पारेको जानकारी दिए । योजनामा उद्योग, कृषि, जनसेवा, यातायातलगायतका क्षेत्रहरुबाट […]
१४ साउन, काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रकाे मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो । रौतहटको साविक संतपुर र रंगपुर गाविसमा पर्ने जग्गा अधिग्रहणका लागि दररेट कायम गरेको छ । त्यस क्षेत्रको न्यूनतम प्रतिकठ्ठा ३ लाख रुपैयाँदेखि ४० लाख […]
from समाचार – Online Khabar https://ift.tt/2K2d7z4
via IFTTT