Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कुलेखानी तेस्रोको परीक्षण उत्पादन अझै अन्योलमा

१५ साउन,    हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अझै अन्योलमा रहेको छ । विगत ११ वर्षदेखि निर्माणाधीन आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो । आयोजना प्रमुख सुवास मिश्रका अनुसार […]

सुवास नेम्वाङको प्रश्न : सर्लाही घटनामा संसदीय छानविन उपयुक्त हो कि होइन ?     

१५ साउन, काठमाडौं  । सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गरेका छन् । साउन १६ गते बिहीबारसम्मका लागि बैठक स्थगित भएपछि संसद् परिसर नयाँबानेश्वरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् खुलाउन सरकारले सक्दो प्रयास […]

यसरी पुनर्निर्माण हुँदैछ रणबहादुरलाई सम्झाउने त्रिपुरा मन्दिर

१५ साउन, काठमाडौं । नेपालका शाहबंशीय राजाहरुको पंतिमा रणबहादुर शाह त्यति चर्चित छैनन् । राजकाजको क्षमता नभएका उनले आफ्नो कार्यकालमा सम्झनायोग्य काम पनि केही गरेनन् । तर, त्रिपुरेश्वरमा एउटा मन्दिर छ, जसले रणबहादुरको सम्झना गराइरहन्छ । बि.सं. १८७७ मा तत्कालिन राजा रणबहादुरको भाइ शेरबहादुर शाहबाट हत्या भएको थियो । हत्यापछि २०७९ सालमा उनका ५ श्रीमतीमध्येकी […]

राजनीति अखडा बन्दै स्नातकोत्तर क्याम्पस : १० महिनादेखि तालाबन्दी

१५ साउन, विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस पछिल्लो समय राजनीतिक अखडाको रुपमा विकास हुँदै गएको छ । समान्य विषयलाई लिएर तालाबन्दी गर्ने होडले विश्वविद्यालय राजनीतिक अखडाको रुपमा विकास हुन थालेको हो । प्राध्यापक संघले राजनीतिक भागबन्डाका आधारमा बाहिरका प्राध्यापकलाई क्याम्पस प्रमुख बनाएको विरोधमा तालाबन्दी गरेको छ । १० महिनादेखि लगाएको ताला अझै खुलेको छैन । […]

मुग्लिनमा नेपालकै पहिलो ‘आर्क ब्रिज’ सञ्चालनमा

१५ साउन, काठमाडौं । मुग्लिनमा त्रिशुली नदीमाथि बनाइएको नयाँ पुल मंगलबारबाट सञ्चालनमा आएको छ । सडक विभागका अधिकारीहरुले यसलाई नेपालकै सबैभन्दा पहिलो दुई लेनको र लामो ‘आर्क ब्रिज’ भनेका छन् । नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने […]

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

१५ साउन, इटहरी । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गर्दै इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए । घिमिरेले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे […]

रक्सौल–काठमाडौं रेलमार्ग १३५ किमी लामो हुने

१५ साउन, काठमाडौं । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाई १३५ किलोमिटर हुने भएको छ । भारतले गरेको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले यो लम्बाई उपयुक्त हुने आँकलन गरेको हो । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरिएको छ । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग […]

माथिल्लो तहका कर्मचारी सरुवाको अधिकार मुख्यमन्त्री कार्यालयलाई

१५ साउन, विराटनगर । प्रदेश १ सरकारले माथिल्लो तहका कर्मचारीको सरुवा र पदस्थापनको अधिकार मुख्यमन्त्री कार्यालय मातहत राखेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नवौं र दशौं तहका कर्मचारीको सरुवा र पदस्थापन मुख्यमन्त्री कार्यालयले गर्ने गरी कर्मचारी पदस्थापन र सरुवासम्बन्धी कार्यविधिलाई स्वीकृत गरेको हो । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत […]

ठेकदारले पुल निर्माण नगरेपछि ठेक्कामा डुङ्गा सञ्चालन

१५ साउन, गाईघाट । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ को सिवाइ सुन्दरपुरस्थित त्रियुगा नदीमा १० वर्षअघि निर्माण शुरु भएको त्रियुगाको पक्की पुल अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि अहिले बर्षायाममा स्थानीयवासीले नदी आवतजावत गर्न डुङ्गा सञ्चालन गर्न बाध्य भएका छन् । १० वर्षअघि नै सुन्दरपुरस्थित त्रियुगा नदीमा निर्माण शुरु गरेको पक्की पुल निर्माणकार्य महालक्ष्मी लोकप्रिय जेभी […]

ढिलासुस्तीले फोरजी ग्राहक गुमाउँदै टेलिकम

१४ साउन, काठमाडौं । समयमै नेटवर्क विस्तार नगर्दा नेपाल टेलिकम फोरजी सेवामा निजी सेवा प्रदायकभन्दा निकै पछाडि परेको छ । नेपालको फोरजी बजारमा अहिले टेलिकमको हिस्सा २१ प्रतिशतमात्रै छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा सिध्याउने गरी भएको सम्झौता अवधिको करिब आधा समय नेटवर्कहरुको सर्भेको […]

नेपाल अपमानित हुने सन्धिको ७० वर्ष पूरा : ईपीजीको प्रतिवेदन बुझ्न मोदीको आलटाल

१५ साउन, काठमाडौं । नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको आज ठीक ७० वर्ष पुगेको छ । नेपालका लागि असमान मानिएको र विवादको घेरामा रहेको सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने गरी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न समय नदिँदा अन्योल कायमै छ । […]

मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी

१५ साउन, काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए । स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो […]

युरोप र श्रीलंका घुमेर फर्केका सांसद भन्छन्– फुर्सद थियो, फुत्त गइयो !

१५ साउन, काठमाडौं । सांसदहरुका दुई टोलीले हालै युरोप र श्रीलंकाको भ्रमण गरेका छन् । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहसहितको पाँच सदस्यीय टोलीले युरोपको भ्रमण गरेको छ भने अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालसहितको टोलीले श्रीलंका भ्रमण गरेको छ । लेखा समितिका सभापति शाह समितिले नै विभिन्न निकायको बेरुजुबारे अध्ययन गर्न गठन गरेको राजेन्द्रकुमार केसी […]

बाढी आयो, पहिरो गयो, तर मूलै फुटेन

१५ साउन, पोखरा । अत्यधिक बाढीले कतै बस्ती नै डुब्यो, कतै पहिरोले घर जग्गा बगायो, मानवीय धनजनको क्षति यस्तै यस्तै खबर यतिखेर समाचारका पाना, अनलाइन, रेडियो एवम् टेलिभिजनमा पढ्न, सुन्न र देख्न पाइन्छ । देशका विभिन्न भूभाग बाढीपहिरोका कारण डुबानमा परिरहेका अस्थामा नेपालकै चेरापुञ्जी उपमा पाएको पोखरा आसपासमा भने कम पानीका कारण आधा साउन जाँदा […]

नोबेल मेडिकल कलेजमा सुत्केरीको मृत्यु

१५ साउन, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा सामान्यरुपमै सुत्केरी भएकी महिलाको मृत्यु भएको छ । प्रसूतिका लागि सोमबार भर्ना भएकी सुनसरी झुम्काकी पार्वती कार्कीको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा भर्ना भएकी ३५ वर्षीय कार्कीले मंगलबार बिहान १० बजे दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । उनको सुत्केरी सामान्यरुपमै भएको थियो । […]

परिचयपत्र नहुँदा मुक्त कमलरीलाई समस्या

१४ साउन, काठमाडौं । सरकारले दुई वर्षअघि नै मुक्त कमलरीहरुका लागि ‘कमलरी परिचय पत्र’ वितरण गर्न सुरु गरे पनि अझै ११ हजार ५ सय २३ जनाले परिचय पत्र पाएका छैनन् । पाँच जिल्लाका १२ हजार ८ सय ८२ जना कमलरीमध्ये १३ सय ५९ जना कमलरीले मात्रै परिचय पत्र पाएको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सुनिता […]

संसदमा एक्लिँदै र निरीह बन्दैछ सरकार

प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध हुनैपर्ने परिस्थिति थिएन । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संसदीय छानविन समिति गठन नगर्ने हो भने बैठक चल्न दिँदैनौ भन्ने संदेश सचिवालयलाई दिइसकेका थिए । तर, औपचारिक रुपमा कार्यव्यवस्था समितिको बैठक नै बसेन । विपक्षी दलले बैठक अवरुद्ध हुने भनी दिएको सूचनालाई सरासर उपेक्षा गरियो । संसदीय अभ्यासमा प्रक्रियागत कुरामा […]

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन- समय तालिका बनाएर काम गर्नुस्

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका निर्धारण गरेर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । कतिपय मन्त्रीहरुको कामप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री ओलीले बुधबार […]

गोरखामा १२ वर्षीया बालिकाद्वारा झुण्डिएर आत्महत्या 

१५ साउन, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका-७ मकैपुरमा १२ वर्षीया बालिका प्रशान्ता श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेकी छन् । परिवारका अनुसार प्रशान्ता बुधबार विहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । ‘बिहान करिव ७ बजे डोरी बोकेर लगेको बहिनीले देखेकी रहिछ, किन लगेको भन्दा पिङ खेल्न भनेर कोठाभित्र ढोका लगाएर प्रशान्ता बसिछिन्,’ […]

२५ औं प्रकाश मानव अधिकार पुरस्कार बराललाई

१५ साउन, काठमाडौं । २५ औँ प्रकाश मानव अधिकार पुरस्कार मोरङका बराललाई गुरुप्रसाद बराललाई प्रदान गरिने भएको छ । शोषण, विपन्नता, विभेद एवम् कुरीतिमुक्त सुन्दर नेपाल निर्माणको अभियानमा जीवनको झण्डै पाँच दशक समर्पण गरेको भन्दै इन्सेकले बराललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । इन्सेकका महासचिव रमेशचन्द्र पौडेल संयोजक तथा कोषाध्यक्ष गीता बराल र नीलमशेखर अधिकारी […]

संसदमा राजपा र कांग्रेसको नाराबाजी

१५ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राजपाले बुधबार पनि संसद् बैठक अबरुद्ध गरेका छन् । सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपा सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै […]



from समाचार – Online Khabar https://ift.tt/2K8LhRP
via IFTTT
Powered by Blogger.