Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सरकारको नयाँ सर्कुलर : स्रोत सुनिश्चिताबिना बजेट रकमान्तर नहुने

१५ साउन, काठमाडौं । स्रोत सुनिश्चिता नभई बजेटमा समावेश कार्यक्रम वा आयोजनालाई अब अर्थ मन्त्रालयले रकमान्तर तथा थप निकासाको स्वीकृति नदिने भएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष ०७६/७७ को बजेट कार्यान्वयनसम्बन्धी निर्देशन अनुसार स्रोत सुनिश्चितता नभई सुरु गरिएका खरीद प्रक्रिया वा अन्य कार्यबाट सिर्जित दायित्वमा रकमान्तर र थप निकासा नगरिने भएको हो । रकमान्तर […]

एक वर्षको सेयर बजार : नेप्सेको पहिरो थामियो

१५ साउन, काठमाडौं । केही वर्षदेखि सेयर बजारमा निरन्तर आइरहेको पहिरो पछिल्लो एक वर्षमा थामिएको छ । अल्पकालीन रुपमा उतारचढाव आए पनि एक वर्षको अन्तरालमा नेप्से ६२ अंकले माथि उक्लियो । बजार निरन्तर ओरालो लागेर निराश बनेका लगानीकताहरुलाई यो थोरै राहतको खबर हो । तर, यसमा सन्तोष मान्न सक्ने अवस्था भने छैन । किनकि पछिल्लो […]

खेतमा पानी लगाउने विषयमा विवाद हुँदा गुल्मीका १ जनाको मृत्यु

१५ साउन, गुल्मी । खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतका अनुसार, बुधवार राति […]

नुवाकोटको वडा कार्यालयमा बम विस्फोट, रौतहटमा आगजनी

१५ साउन, काठमाडौं । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् । ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विस्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा […]

विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी

१५ साउन, हेटौंडा । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो […]

केपी ओली फेरिएकाले मेरो कुरा मिलेन : भीम रावल

१४ जेठ, काठमाडौं । पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनबाट केपी ओली अध्यक्षमा निर्वाचित हुँदा भीम रावल माधव नेपालको प्यानलबाट उपाध्यक्ष निर्वाचित भएका थिए । महाधिशेनपछि माधव नेपाल पक्षले कतिपय बैठकमा लिखितरुपमै फरक मत राख्दा भीम रावलले मानेनन् । उनले अध्यक्ष ओलीलाई काम गर्न दिनुपर्ने मत राख्दा नेपाल पक्षबाटै रावल आलोचित भए । अध्यक्ष […]

राउतमाथि चक्कु प्रहार

१४ साउन, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट मुनजाई राउत गम्भीर घाइते भएका छन् । आफ्नो घरतर्फ गइरहेका बेला २६ बर्षीय राउतमाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले चक्कु प्रहार गरेका थिए । पिठ्यूँमा चोट लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राउतमाथि चक्कु प्रहार गर्नेहरुको खोजी […]

ऐतिहासिक दरबार बबरमहल नभत्काइने

१४ साउन, काठमाडौं । सडक विभागको केन्द्रीय कार्यालय रहेको ऐतिहासिक दरबार बबरमहल नभत्किने भएको  छ । यो भवन प्रवलीकरण (रेट्रोफिट) हुने पक्का भएको हो । यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम खर्चने गरी भवन विभागले करिब ८६ करोडको ठेक्का लगाएर सम्झौता पनि गरेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिबहरि सापकोटाले बबरमहल पुनर्निर्माण २ […]

राक्षस भगाउन यसरी गरियो घण्टाकर्णको दहन

१४ साउन, काठमाडौं । साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व मंगलबार मनाइएको छ । वर्षका चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व विशेषगरी नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र […]

पहिलोपटक राजमार्गमा दुई लेनको बेलिब्रिज

१४ साउन, काठमाडौं । सडक विभागले नेपालमै पहिलोपटक राजमार्गमा दुई लेनमा सवारी चल्नसक्ने बेलिब्रिज जडान गरेको छ । पृथ्वीराजमार्ग हुँदै पोखराको मुख्य बजार पुग्ने सडक खण्डको विजयपुरमा ५० मिटर लामो बेलिबि्रज सञ्चालनमा ल्याइएको हो । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाकाअनुसार यो पुल विभागले हालसम्म सञ्चालनमा ल्याएको सबैभन्दा लामो बेलिब्रिज पनि हो । विजयपुरको स्टिल […]

प्रधानमन्त्रीको सिंगापुर भ्रमण : उपचारसँगै आराम

१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन ।’ त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका […]

प्रचण्डको दुबई भ्रमणको उद्देश्य : सीताको इच्छा पूरा गर्ने

१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागि मंगलबार दुबई प्रस्थान गरेका छन् । उनको भ्रमण राजनीतिक उद्देश्यबाट नभएर विशुद्ध पारिवारिक रहेको पारिवारिक स्रोतले बताएको छ । भ्रमण टोलीमा परिवारका ७ सदस्यहरु सहभागी छन् । स्रोतका अनुसार बिरामी अवस्थामा रहेकी प्रचण्डपत्नी सीता दाहालले निकै पहिलेदेखि नै दुबई शहर हेर्ने इच्छा जाहेर […]

नेपालले विश्वकप छनोटका सुरुवाती ५ खेल घरेलु मैदानमा नखेल्ने

१४ साउन, काठमाडौं । मैदान अभावकै कारण विश्वकप २०२२ छनोटका सुरुवाती ५ खेल नेपालमा नहुने भएको छ । यसो गर्दा कुवेतलाई फाइदा हुनेछ । उसले होम एण्ड अवे दुबै खेल आफ्नो घरेलु मैदानमा खेल्न पाउनेछ । अहिले नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको आकस्मिक बैठकले नेपालका होम गेम भन्दा अघि अवे खेलको व्यवस्था मिलाउन एसियाली […]

डोटीमा तीन वडा कार्यालयमा आगजनीका घटना अझै रहस्यमै

१४ साउन, डोटी । शनिवार राति करीव ११ बजे डोटीको शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी भयो । आगलागीबाट वडाका सम्पूर्ण कागजातहरु, फर्निचर, भवन सवै सखाप भएको वडाध्यक्ष नरवहादुर बलायर बताउँछन् । वडाअध्यक्ष बलायरले स्थानीय दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी समेत दिएका छन् । कुँवर सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका […]

कांग्रेस सहमहामन्त्रीको प्रस्ताव : ‘सहमति’मा अन्तरिम संरचना

१४ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति निकट मानिएका सहमहामन्त्री प्रकाशशरण महतले ‘सहमति’ का आधारमा पार्टीको अन्तरिम संरचना बनाउने प्रस्ताव राखेका छन् । केही दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अन्तरित संरचना र १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । मंगलबारको बैठकमा सहमहामन्त्री महतले विधानअनुसार चुनावी प्रक्रियामा जाने हो भने एक वर्ष म्याद थप्दा पनि […]

विप्लव समूहकी काठमाडौं सेक्रेटरी पूर्वसभासद पक्राउ

१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए । कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको […]

देशभर ८० प्रतिशतमात्रै रोपाइँ

१४ साउन, काठमाडौं । मुलुकभर ८० प्रतिशत खेतमा धान रोपाई सकिएको कृषि विभागले जनाएको छ । साउन दोस्रो हप्ता सकिनै लाग्दा प्रदेश १ मा सबैभन्दा कम र सुदुर पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई सकिएको छ । कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र ललितपुरले जारी गरेको विवरण गत वर्ष सोही अवधिमा […]

प्रदेश सरकारको उपलब्धि : सेनेटरी प्याड वितरणदेखि ट्रान्सफर्मर जडानसम्म

१४ साउन,बुटवल । प्रदेश ५ सरकारले स्कूले छात्राहरुलाई सेनेटरी प्याड वितरणदेखि ट्रान्सफर्मर जडान र पानी पोखरी निर्माणसम्मका कामहरुलाई गत वर्ष गरेका उपलब्धीहरु भन्दै सूचि सार्वजनिक गरेको छ । त्यसो त प्रदेश सरकारले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको प्रदेश सरकारले गरेको खर्चको तथ्याङ्कमा चित्त नबुझाई त्यो भन्दा ११ प्रतिशत बढी खर्च गरेको आफ्नै […]

विज्ञापनमा राष्ट्रिय झण्डा दुरुपयोग गरे एक लाखसम्म जरिवाना !

१३ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा मंगलबार के कस्ता विषयमा विज्ञापन गर्न हुने र नहुने विषयमा छलफल भयो । विज्ञापनसम्बन्धी विधेयकको दफा ५ मा विज्ञापन गर्न नहुनेसम्बन्धी व्यवस्था छ । विधेयकमा कानूनले उत्पादन, बिक्री वितरण, उपयोग वा प्रयोग गर्न निषेध गरेका वस्तु, तथा सेवाको विज्ञापन गर्न नपाइने उल्लेख छ । त्यस्तै जुवा […]

अब ठूला बन्दरगाहमा नेपाली झण्डावाला कन्टेनर !

१४ साउन, काठमाडौं । ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै अब पानीजहाजले मालसामान ओसार्ने छन् ,’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा दिएको यो अभिव्यक्ति निकै चर्चित र विवादित बनेको थियो । वर्तमान कार्यकालमा पनि ओलीले पानीजहाजको मुद्दालाई आफ्नो प्रतिष्ठाको विषयको रुपमा लिएका छन् । केही समयअघि सरकारले पानीजहाज कार्यालय पनि स्थापना गरेको छ । तर, आफ्नै […]

श्रीमतीलाई छुरा हान्ने युवक पक्राउ

१४ साउन, काठमाडौं । श्रीमतीलाई छुरा हानेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका १० घडिर्अवाका २४ वर्षका रोसनकुमार गुप्तालाई पक्राउ गरेको छ । उनले कान्छी श्रीमती २२ वर्षकी मनु चौधरीलाई वीरगञ्जको भिस्वा डाँडा घुमाउन लगी झाडीमा धारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ । मनुलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा थप उपचारका […]



from समाचार – Online Khabar https://ift.tt/2K4mvlv
via IFTTT
Powered by Blogger.