Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वीरगञ्जमा युवक मृत भेटिए

१४ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक युवक मृत भेटिएका छन् । वीरगञ्ज महानगरपालिका वडा नं २२ जगरनाथपुर का ३५ वर्षीय नथु मियाँ मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । गाउँमै रहेको नहरको डिलमा मियाँ मृत भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेका प्रहरीको टोलीले मुचुल्का तयार पारी शव पोस्टमार्टमको लागि […]

नर्सिङ क्याम्पसको सिट सञ्चालक समितिलाई भागवण्डा !

१४ साउन, ओखलढुंगा । ओखलढुंगा सामुदायिक अस्पतालमा सञ्चालित स्कूल अफ हेल्थ साइन्समा नर्सिङ अध्ययनका लागि जम्मा २० वटा सिट छ । तर त्यसमध्ये १२ वटा कोटा पहुँचवालाले भागवण्डा गरेपछि सर्वसाधारणका लागि नर्सिङ अध्ययन दुर्लभ बनेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) को सम्बन्धनमा २०७५/७६ देखि सञ्चालन भएको उक्त नर्सिङ क्याम्पसमा शैक्षिक सत्र […]

गोर्खा ब्रुअरीलाई ७ दिनभित्र ८७ करोड तिर्न आदेश

१४ साउन, काठमाडौं । आन्तरिक राजश्व कार्यालय भरतपुर, चितवनले गोर्खा ब्रुअरी प्रालिलाई सरकारलाई बुझाउनु पर्ने ८७ करोड १४ लाख रुपैयाँ राजश्व ७ दिनभित्र बुझाउन आदेश दिएको छ । कम्पनीले अन्तःशूल्क, जरिवाना र बिलम्ब शूल्कवापत उक्त रकम बुझाउनु पर्ने आदेश गरेको हो । कार्यालयले गत १२ साउनमा अन्तिम अन्तःशूल्क निर्धारण आदेश जारी गरी उक्त आदेश करदातालाई […]

कैलालीमा चितुवाको छालासहित २ जना पक्राउ

१४ साउन, कैलाली । कैलालीको अत्तरियाबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चितुवाको छाला बेचबिखन र ओसारपसार भैरहेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कैलालीबाट खटिएको प्रहरीको टोलीले गोदावरी नगरपालिका-४ बाट चितुवाको दुई थान छालासहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी बडीकेदार गाउँपालिकाका २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे […]

विषालु च्याउ खाँदा बुहारीको मृत्यु सासु सिकिस्त

१४ साउन, विराटनगर । जंगली विषालु च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा विरामी परेकी फाल्गुन्नद गाउँपालिका–५ कि ४८ बर्षीया सुनीता चेम्जोङको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । साउन ७ गते चेम्जोङ र उनकी सासु सन्तमायाले जंगलबाट विषालु च्याउ ल्याएका थिए । जंगली च्याउ खाएपछि दुबै जना बिरामी भएका […]

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

१४ साउन, काठमाडौं । मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालको तराई भागभन्दा दक्षिणतिर अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय रहेको मौसमविदको भनाइ छ । न्यूनचापीय रेखा अहिले नेपालबाट टाढा रहेकाले मनसुन कमजोर रहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । उक्त प्रणाली नेपालसम्म […]

विमानस्थलबाट क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ

१४ साउन, काठमाडौं । दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी […]

पत्नी र दुई छोरीसहित प्रचण्ड यूएई प्रस्थान

१४ साउन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । नेकपा अध्यक्ष प्रचण्ड  मंगलबार बिहान पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले […]

लमहीलाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर बनाउने नेकपाको लक्ष्य

१४ साउन, दाङ । नेकपाले दाङ देउखुरीको लमही नगरपालिकालाई पाँच वर्षभित्र कृषि औद्योगिक शहर निर्माण गर्ने लगायतका विकासको खाका तयार पारेको छ । लमही नगरपालिकाका नेकपा सचिव बसन्तराज शर्मा (विक्रान्त)ले लमही नगरपालिकाका नौवटै वडालाई एकीकरण गरी ‘लमही कृषि सिटी’ बनाउने लगायतका ३९ बुँदे खाका तयार पारेको जानकारी दिए । योजनामा उद्योग, कृषि, जनसेवा, यातायातलगायतका क्षेत्रहरुबाट […]

मेची–महाकाली रेलमार्गकाे मुआब्जा प्रतिकठ्ठा ४० लाखसम्म

१४ साउन, काठमाडौं । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गमा पर्ने केही क्षेत्रकाे मुआब्जा निर्माण प्रक्रिया अघि बढाएको छ । बर्दिबास–निजगढ खण्डमा रेलमार्ग निर्माणका लागि मुआब्जा निर्धारण गर्दै सरकारले प्रक्रिया अघि बढाएको हो । रौतहटको साविक संतपुर र रंगपुर गाविसमा पर्ने जग्गा अधिग्रहणका लागि दररेट कायम गरेको छ । त्यस क्षेत्रको न्यूनतम प्रतिकठ्ठा ३ लाख रुपैयाँदेखि ४० लाख […]

भत्किएको घरको बरण्डामा पहिरोपीडितको बास

१४ साउन, रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका–४, पकरबासस्थित माढीका रूपनारायण मानन्धरको परिवारको बास १५ दिनदेखि घरभित्र छैन । उनको परिवारको बास पहिरोले पुर्न ठिक्क पारेको घरको बरण्डामा छ । ‘भित्र बस्दा कतिवेला पहिरोले घर भत्काएर पुर्ला भन्ने डर छ । बाहिर वरण्डामा बस्दा त भाग्न भ्याइएला नि । त्यसैले बाहिर बरण्डामानै बस्ने र सुत्ने गरेको’, […]

अन्तर्राष्ट्रिय संस्थाहरूको आरोप : द्वन्द्वकालीन मुद्दामा नेपालका नेताले खेले

१४ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले नेपालको दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको ठहर गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितहरूलाई न्याय दिने सवालमा गरेका बाचाहरू पूरा नगरेको आरोप लगाएका छन् । एम्नेस्टी इन्टरनेसनल, हृयुमन राइट्स् वाच, ट्रायल इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आइसीजे)ले […]

भारतीय नाकामै निर्भर वैदेशिक व्यापार, चीनको योगदान ३ प्रतिशत

१४ साउन, काठमाडौं । चार वर्षअघि भारतले अघोषित नाकाबन्दी लगाउँदा नेपालमा कोलाहल मच्चियो । इन्धनदेखि तरकारीसम्मको अभाव सिर्जना भयो । त्यसबाट सरकारले पाठ सिक्ने अपेक्षा गरिएको थियो । तर, स्थिति अहिले पनि त्यही नै छ । नेपालको वैदेशिक व्यापार भारतीय नाकामा केन्द्रित हुँदै आएको छ । त्यसैले भारतले केही दिन नाका थुनिदियो भने नेपालीको भान्सा […]

१६ वर्षे किशोर–किशोरीको नागरिकता लौरो न हतियार !

१४ साउन, काठमाडौं । एसईई उत्तीर्ण भएका विद्यार्थीहरु अहिले काठमाडौंलगायत देशका विभिन्न शहरमा उच्च शिक्षाका लागि दौडधूप गरिरहेका छन् । सहरमा बस्दा बैंक खाता खोल्ने, एटीएम कार्ड प्रयोग गर्ने र अभिभावकले पठाएको पैसा बैंकिङ बैंकिङ प्रणालीबाट प्राप्त गर्ने उनीहरुको रहर मात्र होइन, दैनिक आवश्यकता हो । घर छाडेर शहरमा बस्दा आउने आर्थिक समस्या समाधानमा झञ्जट […]

सरकारको गति : दिनमा २.५ किलोमिटर सडक कालोपत्रे

१४ साउन, काठमाडौं । समृद्धिको पहिलो मापक मानिन्छ, देशको सार्वजनिक सडक र सार्वजनिक सवारी साधनको व्यवस्थापन । तर, नेपालमा सार्वजनिक सडकहरुको निर्माण र व्यवस्थापनको गतिलाई हेर्ने हो भने यसलाई तीव्र मान्ने या धीमा ? गत वर्षको सडक निर्माणको तथ्यांकलाई केलाउँदा एक दिनमा औसत २.५ किलोमिटर सडक कालोपत्रे भयो । जबकि देशभर अर्बौंका सडक ठेक्काहरु लागेका […]

भीमदत्तका मेयर भन्छन्– अपराधको कुनै नातागोता हुँदैन

१४ साउन, काठमाडौं । जतिखेर निर्मला पन्तको न्यायका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलन उठ्यो, त्यसको तारो नगरपालिकाका मेयर सुरेन्द्र विष्ट पनि बने । तथापि विष्टले संयम अपनाए र निर्मला पन्तको न्यायकै पक्षमा आफूलाई निरन्तररुपमा उभ्याए । कम्युनिष्ट पार्टीका नेतासमेत रहेका विष्ट आफैंमाथि आरोप लाग्दा र घरैमा आक्रमण हुँदासमेत निर्मला पन्तको न्यायका पक्षमा उभिए । उनी […]

‘हामीले नराम्रो क्रिकेट खेल्यौं, अरुलाई दोष दिन मिल्दैन’

१४ साउन, काठमाडौं । सिंगापुरमा टी–२० विश्वकपको एसिया छनोट खेलेर नेपाली टोली सोमबार राति स्वेदश फर्कियो । निकै खराब प्रदर्शन गरेको कारण नेपाली टोलीको आलोचना पनि भएको छ, कप्तान पारस खड्काले पनि आफूहरुले यो हप्ता खराब क्रिकेट खेलेको स्वीकार गरे । प्रस्तुत छ, खड्कासँग विमानस्थलमा सञ्चारकर्मीहरुले गरेको कुराकानीः विजेता बन्ने लक्ष्य बोकेर गएको नेपाल तेस्रो […]

दशैंसम्म चिनी आयात रोक्न उद्योगीको आग्रह

१४ साउन, काठमाडौं । चिनी उद्योगीहरुले भारतलगायतका मुलुकबाट हुने चिनी आयात थप दुई महिना रोक्न सरकारलाई आग्रह गरेका छन् । नेपाली उद्योगहरुले उत्पादन गरेको चिनी पर्याप्त मात्रामा भण्डारणमा रहेकाले चिनी आयात तत्काल फुकुवा गर्नु आवश्यक नरहेको नेपाली व्यवसायीहरुको तर्क छ । अझै तीन महिनालाई पुग्ने परिमाणमा चिनी मौज्दात रहेकाले तत्काल चिनीको आयात रोक्न सरकारलाई केही […]

बाघ संरक्षण : लक्ष्यको नजिक, चुनौती अधिक

१४ साउन, चितवन । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बरले बढाउने सरकारी लक्ष्य हासिल हुन लागेको भन्दै संरक्षणकर्मीहरू खुसी बनेका छन् । बाघ पाइने देशका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले बाघ दिवस मनाउने घोषणासँगै सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो । सम्मेलनले यस्तो निर्णय […]

११ जिल्लाका सिडिओ सरुवा

१४ साउन, काठमाडौं । गृहमन्त्रालयले ११ जिल्लाका सिडिओ सरुवा गरेको छ । सोमबार ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ । यसैगरी दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ […]

ब्राजिलको एक जेलमा कैदीहरुबीच झडप, ५२ जनाको मृत्यु

१४ साउन, काठमाडौं । ब्राजिलको पारा राज्यको एक जेलमा कैदी बन्दीबीच झडप हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ । १६ जनाको शीर छेदन गरिएको छ । अधिकारीका अनुसार अल्टामिरा जेलमा करिब पाँच घण्टासम्म झडप भएको थियो । अधिकारीहरुका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेबाट सुरु भएको झडप मध्याह्नमात्र नियन्त्रणमा लिइएको थियो । स्थानीय मिडियाहरुका […]



from समाचार – Online Khabar https://ift.tt/32WIHWi
via IFTTT
Powered by Blogger.