समाचार
१२ साउन, काठमाडौं । चार वर्षअघिको भूकम्पले पुरानो घर भत्काइदिएपछि ४७ वर्षीया सम्झना घलानले अर्को घर बनाउने आशा मारिसकेकी थिइन् । राज्यले दिने ३ लाखले ओत लाग्ने घर बन्न सम्भव थिएन । तर, शनिबार जब उनले पक्की घरको चाबी पाइन् त्यसपछि आँखाबाट हर्षका आँसु झरे उनका । बत्तीमुनीको अँध्यारो भनेको के हो ? यो प्रश्नको […]
१२ साउन, वीरगञ्ज । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले अहिलेको कार्यशैलीले मुलुकमा विकास र समृद्धि नआउने बताएका छन् । राजतन्त्रको समयमा जस्तै विद्यमान अर्थ व्यवस्था र सामाजिक व्यवस्थालाई पोस्ने खालको नीति लिएर सरकार र त्यसको नेतृत्वकर्ताहरु अघि बढिरहेको उनीहरुको धारणा छ । नेकपाका नेता घनश्याम भुसालले वर्तमान राजनीतिक दलको संयन्त्र र […]
१२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजन टुंगो लगाउन केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको बारेमा छलफल गर्ने बताइएको छ । अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने […]
१२ साउन, चितवन । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडाको प्राकृतिक मृत्यु नेपालमा अस्वाभाविक रुपमा बढेको छ । चोरी शिकारी रोकिएको वर्ष प्राकृतिक मृत्यु अस्वाभाविक रुपमा बढेपछि चितवन राष्ट्रिय निकुञ्जको क्षमतामा प्रश्न उठेको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा ४३ वटा गैंडाको मृत्यु भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ […]
१२ साउन, जनकपुरधाम । मनी ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका–३, गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामु यादव रहेका छन् । पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाइ टेबुलको घर्राबाट रु तीन लाख ३९ हजार […]
१२ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर नेपालले फिल्डिङ गरिरहेको छ । सिंगापुर अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल विजेता टोली फाइनलमा पुग्छ र ग्लोबल छनोटमा पर्दछ । त्यसैले ग्लोबल छनोटका लागि नेपालले सिंगापुरलाई हराउनै पर्दछ । नेपाल […]
१२ साउन, गुल्मी । अविरल वर्षासँगै गुल्मीमा गएराति गएको पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–७, छापचौरका विष्णु परियारको २ तले कच्ची घर पहिरोले पुरिँदा १३ वर्षीय सुने परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले पहिरोले घर […]
१२ साउन, हेटौंडा । दाङको घोराहीस्थित एक सुनचाँदी पसल चोरी गरेर भागेका व्यक्ति मकवानपुरको हेटौंडाबाट पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडानम्बर १६ बस्ने प्रकाश विश्वकर्माको सुनचाँदी पसल चोरी गरेर भागेका रमेस कालिराज हेटौंडा बसपार्कबाट पक्राउ परेका हुन् । रमेश हेटौंडा उपमहानगरपालिका वडानम्बर १८ का बासिन्दा हुन् । विश्वकर्माको घोराही उपमहानगरपालिका-१५ मा रहेको पसल यही […]
११ साउन, काठमाडौं । नेपाली सिमेन्ट उत्पादनमा सबैभन्दा उच्च गुणस्तरको मानिने हेटौंडा सिमेन्ट यतिबेला आफ्नो पहिचान जोगाउन संघर्ष गर्दैछ । एशियाली विकास बैंकको सहयोगमा विसं ०३३ सालमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्छ । यद्यपि आम मानिसले यसलाई हेटौंडा सिमेन्ट भनेरै चिन्छन् । पूर्ण सरकारी स्वामित्वको यो उद्योग हरेक आर्थिक […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गुरु घिमिरे साहित्य क्षेत्रमा होमिएका छन् । विद्यार्थीबाट कांग्रेसको मुलधारको राजनीतिमा आएका घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह शनिबार सार्वजनिक भएको छ । कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरुले सक्षम नेता भएर पनि गुरुलाई संरक्षण गर्न नसकिएको स्वीकार गरे । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रह लोर्कापण कार्यक्रममा सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताएका हुन् । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनको दाबी छ […]
११ साउन, काठमाडौं । रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । ८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए । गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट […]
काठमाडौं । चीनमा समस्यामा परेका ४४ नेपाली महिला कामदार स्वदेश फर्किएका छन् । ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई स्वेदश फर्काइको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरु भोलि काठमाडौं आइपुग्नेछन् । दूताबासका अनुसार नेपाली महिलाहरु श्रम स्वीकृति लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मेमा गएका थिए । तर, जुन दोस्रो साता […]
११ साउन, काठमाडौं । भक्तपुरको सुर्यविनायकमा मोटरसाइकलको ठक्करबाट ९ वषर्ीयबालकको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा ९५ प ९४३५ नम्बरको मोटरसाइकलले सूर्यविनायक ५ घलाते चोकमा ९ दिप श्रेष्ठलाई ठक्कर दिएको थियो । उनलाई तत्काल उवामुरा अस्पताल लगिएको थियो तर उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक दिपेन श्रेष्ठलाई महानगरीय प्रहरी वृत्ति […]
एउटा घर बनाउनै कति समय लाग्छ ? आज भोलि त बन्दैन होला । तर प्रदेश गठन भएकै दिनबाट प्रदेश सरकारलाई लेखेट्न थालियो । संघीयता आएर भर्खर जन्मिएको शिशुबाट केही भएन भनेर रोइलो गर्न थालियो । जन्मिएर बिस्तारै त प्रदेश सरकार चलमलाउन खोजिरहेको छ । संरचना बनाउँदैछ, संगठन बन्दैछ । विधि, नियम बनाइरहेको छ । बाटो […]
११ साउन, काठमाडौं । काठमाडौंको टोखाबाट नुवाकोटको छहरे पुग्ने सडकलाई चीनको रसुवागढी नाकासँग द्रुतमार्गमार्फत जोड्ने सरकारी लक्ष्य छ । तर, यो सडकखण्ड हाल सरकारी बेवास्ताको शिकार बनेको छ । पर्यटकीय टोखा र झोर हुँदै नुवाकोट जाने यो सडकमा अहिले सवारी लिएर हिँड्नु मुत्युलाई जिस्काए जस्तै छ । किनभने यो सकडको विभिन्न खण्डमा सडकको हालत यति […]
११ साउन, काठमाडौं । तामाकोसी-३ जलविद्युत आयोजनाको क्षमता तेस्रोपटक घटाइने भएको छ । अब यो आयोजना सुरुआतको सर्भेमा ८८० मेगावाट बनाउन सकिने भनिएको आयोजनाको क्षमता ६८० मेगावाट घटाएर २ सयमा कायम गर्ने तयारी छ । यसले स्रोतको सम्भाब्य क्षमता उपयोग नहुनेे अवस्था सिर्जाना भएको छ । योजनाअनुसार काम भएको भए नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाले […]
११ साउन, काठमाडौं । बाँसबारीस्थित गंगालाल अस्पतालको नवनिर्मित ओपीडी भवन उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली एक घन्टा ढिलो पुगे । स्वास्थ्यमा समस्या भएकाले कार्यक्रममा नआउन चाहेको तर कर गरेपछि आएको बताएका प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झण्डै एक घण्टै भाषण गरे । आफ्नो हजुरआमाले १०१ वर्षको उमेरमा भुटेको मकै भटमास चपाउने गरेको तर, आफ्नो […]
११ साउन, चितवन । भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया एक वृद्धाले चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ५० हजार नगद सहयोग गरेकी छन् । धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई डम्बर कुमारीले सो रकम दिएकी हुन् । उनले रकम मात्रै दिइनन्, अध्यक्ष कट्टेललाई सधैं खुसी र निरोगी रहन र […]
११ साउन, काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिण तिर सरेकाले अबका केही दिन नेपालमा मनसुनी गतिविधि कम सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा कहिले तल कहिले माथि भइरहने भएकाले अहिले उक्त रेखा नेपालबाट दक्षिण तिर सरेकाले अबको तीन–चार दिन मनसुन कम सक्रिय हुने […]
११ साउन, रामेछाप । असारको अन्तिम हप्दादेखिको वर्षाले रामेछापका अधिकांस सडकहरु बिग्रिएका छन् । सडकको दुरावस्थाले रामेछापको सडक यात्रा जोखिमपूर्ण बनेको छ । गएको असार २६ गते र त्यसपछि पटकपटकको वर्षाको कारण काठमाडौँ तथा तराईबाट रामेछाप प्रवेश गर्ने र जिल्ला सदरमुकाम मन्थलीबाट गाउँ जाने अधिकाँस सडकहरुमा क्षति पुगेको छ । यी सडकहरुको उचित मर्मत नहुँदा […]
from समाचार – Online Khabar https://ift.tt/2YlmuBZ
via IFTTT