Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

उद्योगका कारण सडक हिलाम्य भएको भन्दै लालपर्सावासी आन्दोलित

१६ असार, वीरगञ्ज । उद्योगका कारण सडक हिलाम्य भएको भन्दै वीरगञ्ज लालपर्साका बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले वीरगञ्जको परवानीपुर स्थित हनुमान मन्दिर देखि पश्चिम लालपर्सा जाने सडक बिहान अवरुद्ध पारेका छन् । सडक तत्काल सुधार गरी भोलि (मंगलबार) मध्यान्न १२ बजेसम्म सञ्चालनमा ल्याउने आश्वासन पछि लालपर्सावासी घर फर्किएका छन् । प्रहरी चौकी परवानीपुरका प्रतिनिधिको […]

गण्डकी प्रदेश : गाडी दुर्घटनामा यात्रुको पनि गल्ती, एक वर्षमै गयो २३३ को ज्यान

१६ असार, पोखरा । असार ७ गते पोखराको मणिपाल शिक्षण अस्पतालको हाताभित्र चिकित्सकले चलाएको गाडीले ठक्कर दिएर ३ वर्षीय बालकको ज्यान गयो । सर्जरी डिपार्टमेन्टका डाक्टर विश्वदीप तिमिल्सिनाको लापरबाहीको शिकार बने, ३ वर्षीय अवोध बालक संस्कार कँडेल । गएको साल मुक्तिनाथसम्म तीर्थयात्री लिएर हिँडेका चालक नै निदाएपछि पर्वतको चुवामा गाडी दुर्घटनामा पर्‍यो । गएको माघ […]

‘वायुसेवा निगम सेनालाई चलाउन दिउँ’ भन्दा प्रधानमन्त्रीको प्रश्नको वर्षा 

१६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन । निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद कोइरालाले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेका छन् । निगमको वार्षिक उत्सवको अवसरमा […]

एमाले र माओवादी मिलेकाले देशमा गतिरोध आयो : भट्टराई

१६ असार, गोरखा । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् । साथै उनले विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको दाबी गरेका छन् । ‘दायाँ र बायाँ फर्केको गोरुलाई नारेर कहिल्यै जोत्न सकिँदैन’, आइतबार आयोजित रोपाइँ […]

सांसद गंगा चौधरी भन्छिन्- गुठी विधेयक पास गराएरै छाड्छौं

१६ असार, काठमाडौं । गंगा चौधरी (सत्गौवा) आदिवासी थारु समुदायको प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्य छिन् । थरुहट तराई पार्टीबाट नयाँ शक्ति पार्टीमा लागेकी उनी चुनावको मुखमा नेकपा एमालेमा प्रवेश गरिन् र समानुपातिक सांसदको पद सुरक्षित गरिन् । थारु समुदायका मुद्दा उठाउँदै सुरुमा उनी थरुहट तराई पार्टीको केन्द्रीय उपाध्यक्ष बनेकी थिइन् । सो पार्टीबाट संविधानसभामा उनी […]

घरेलु मदिरा पोखिँदै, विदेशी मदिरा पोसिँदै

१६ असार, काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा घरेलु मदिरा बिक्री–वितरण तथा ओसारपसार गरेको भन्दै प्रहरीले देशभरबाट ७६ जनालाई पक्राउ गर्यो । पक्राउ परेका उनीहरुबाट ५ लाख ६८ हजार ६३२ लिटर तयारी अवस्थाको मदिरा र २ लाख ३६ हजार २२७ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पनि जफत गरेर नष्ट गरिएको नेपाल […]

‘आइफा अवार्ड’बारे के भन्छन् नेपाली कलाकार ?

१६ असार, काठमाडौं । यतिबेला नेपाल सरकारको एउटा निर्णयप्रति चलचित्र क्षेत्रका कलाकारले गुनासो पोखिरहेका छन् । नेपाल सरकारले काठमाडौंमा भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण आयोजना गर्ने र त्यसका लागि आर्थिक सहायता दिने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ । नेपालमा आइफा अवार्ड हुनु राम्रै भएता पनि कलाकारहरुको आक्रोश बढ्नुको कारणचाहिँ सरकारले नै […]

कावासोतीमा ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१६ असार, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । सोमबार बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार […]

पशुपतिमा पूर्वडीआईजीले गरे हवल्दारलाई दुर्व्यवहार

१६ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् । सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् । स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न […]

ट्रिपरले भक्तपुरमा फेरि लियो १ जनाको ज्यान

१६ असार, काठमाडौं । ट्रिपरले भक्तपुरमा गएराति १ जनाको ज्यान लिएको छ । काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक फ्रेमबहादुर राईको ज्यान गएको हो । राई पञ्चन–९, सोलुखुम्बुका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका […]

सैन्य शासनविरुद्ध सुडानमा प्रदर्शन, ७ को मृत्यु

१६ असार, काठमाडौं । सैन्य शासनविरुद्ध सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको ज्यान गएको छ । कम्तीमा १८१ जना घाइते भएका छन् । आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको […]

‘फोर्स मर्जर’ले २ बैंकलाई नछुने, ६ बैंकको विषयमा अन्योल

१६ असार, काठमाडौं । पछिल्लो समय बैंकहरुको मर्जरका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । गत बिहीबार बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर उनले मर्जरका लागि चाँडोभन्दा चाँडो पार्टनर खोज्न निर्देशन दिए । आगामी २७ गते मौद्रिक नीति आउने र त्योभन्दा अगाडि नै मर्जरका लागि आ–आफ्नो […]

उठाउन थालियो काठमाडौंको फोहोर

१६ असार, काठमाडौं । काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो । नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर […]

समूह विजेता बन्दै इजिप्ट प्रिक्वाटरफाइनलमा प्रवेश

१६ असार, काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्स फुटबलमा समूह ‘ए’ को विजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार विहान भएको खेलमा इजिप्टले समूह ‘ए’ को अन्तिम खेलमा युगाण्डालाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टको जितमा मोहमद सलाह र एल मोहम्मदीले गोल गरे । खेलको ३६ औ […]

स्पेनले जित्यो युरो यू-२१ च्याम्पियनसिपको उपाधि

१६ असार, काठमाडौं । स्पेनले युरो यू-२१ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । इटालीमा आज विहान सम्पन्न युरो यू-२१ च्याम्पियनसिपको फाइनलमा जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधि उचालेको हो । सुरुवातीदेखि नै आफ्नो पकड बनाएको स्पेनले अग्रतालाई कायमै राख्दै जित हात पारेको हो । स्पेनलाई उपाधि दिलाउन फावियन रुइज र ड्यानी ओल्मोले गोल गरे […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिज र श्रीलंका भिड्दै

१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले वेष्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । रिभरसाइड ग्राउन्डमा नेपाली समयअनुसार यी दुई देश बीचको खेल ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । श्रीलंकाको विश्वकपको सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । त्यसैले आजको खेलमा जित हात पार्दै विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावनालाई मजबुत बनाउन श्रीलंका चाहन्छ । पाकिस्तान र इंग्ल्यान्डको […]

इंग्ल्याण्डसँग हार्‍यो भारत, रोहितको शतक र शमीको ५ विकेट ओझेलमा

१६ असार, काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ । यो जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो […]

तामाकोसी–५ मा सञ्चय कोषको चासो

१५ असार, काठमाडौं । कर्मचारी सञ्चय कोषले ‘तामाकोसी ५ जलविद्युत आयोजना’ लाई माथिल्लो तामाकोसी जलविद्युत कम्पनीअन्तरगत नै राख्नुपर्ने माग अघि सारेको छ । निर्माणाधीन माथिल्लो तामाकोशी आयोजना सम्पन्न हुनै लाग्दा त्यसको लगानीकर्ता रहेको कर्मचारी सञ्चय कोषले तामाकोसी ५ लाई तामाकोसी जलविद्युत कम्पनीको छाताबाट बाहिर नलैजान सरकारको ध्यानाकर्षण गराएको हो । हाल माथिल्लो तामाकोसी निर्माणका लागि […]

सर्लाहीमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

१५ असार, काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको हो । खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । राजमार्गको […]

बाटो छेकेर अश्लील हर्कत गर्ने युवक पक्राउ

१५ असार, काठमाडौं । काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए । गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गोप्य अंग देखाइदिन्थे । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुका उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलियाअनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे […]

घटेन सिरिन्ज आक्रमणको त्रास, दैनिक आधा दर्जन पुग्छन् अस्पताल

१५ असार, काठमाडौं । शुक्रबार जतिबेला महानगरीय प्रहरी परिसर, टेकुले सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेका सन्तोष कार्कीलाई सार्वजानिक गर्दै थियो, नजिकैको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने केही महिला ‘ममाथि सिरिञ्ज आक्रमण भयो’ भन्दै पुगेका थिए । चार जनामाथि भएको आक्रमणको जिम्मा लिएका कार्कीले सिरिन्ज होइन, ढलानको काँटीले घोपेको भनेर बयान दिएको […]



from समाचार – Online Khabar https://ift.tt/2YofzET
via IFTTT
Powered by Blogger.