समाचार
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा फ्रि तिब्बत लेखिएको झोला विक्री वितरण गरेको आरोपमा समातिएका दुई जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा म्याद थप भएको छ । बौद्धको फूलबारीमा रहेको पसलबाट पक्राउ गरेको काठमाडौं-६ का दवाङ निमा लामा र कास्कीका हिस्सी ग्याडो लामाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान थालिएको हो । […]
२६ असोज, अमरगढी । गत बुधबार अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका एक साधुको शङ्कास्पद अवस्थामा शव फेला पर्यो । मृतक गिरीको हत्या भएको आशङ्का गरियो । आशङ्का गरिएकाले पनि थप अनुसन्धान गर्न परीक्षण गर्नुपर्ने अवस्था आयो तर ‘विशिष्ट विशेषज्ञ’ सहितको डडेल्धुरा अस्पतालमा परीक्षण गर्ने डाक्टर थिएनन् । अस्पतालमा डाक्टर नभएपछि बैतडीबाट डाक्टर वसन्त […]
२६ असोज, काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिष्टाचार भेट गरेका छन् । दुई देशबीचको प्रतिनिधिमण्डस्तरीय वार्ता र सम्झौतापछि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग सोल्टी होटेलमा अलग्गै भेटवार्ता गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार […]
२६ असोज, बुटवल । बर्षाैदेखि सडकमा जीवन बिताउन बाध्य सहयोगापेक्षी मानवले यसपाली टीका लगाएपछि निकै खुसी भएका छन् । आफ्ना आमा बुवा, परिवारजन, आफन्तजनबाट टाढा रहेका वा गुमाएका मानिसहरुले दशैंको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका दिन सामुहिक टीका ग्रहण गरेका हुन् । बुटवलको मिलनचोकमा रहेको मानवसेवा आश्रममा आश्रित ७० जनाले प्रदेश ५ का सामाजिक विकासमन्त्री […]
२६ असोज, जनकपुरधाम । आज कोजाग्रत पर्व । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमीको समापन गरिदैंछ । महालक्ष्मीको पूजापाठ गर्दै कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । यद्यपि मिथिला क्षेत्रमा भने कोजाग्रत पूर्णिमा मनाउने चलन आफ्नै किसिमको छ । मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ । यस दिन पान, मखान, फलफूल, दही […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जम्बो जहाज (बी७४७–८९एल) अवतरण छन् । बी२४८२ र बी २४७९ कल साइन भएका यी दुई जहाजलाई विमानस्थलका ५ वटा पार्किङ वे ओगटेर पार्किङ गरिएको छ । त्रिभुवन विमानस्थलमा रहेको एउटा र्पािर्कङ वेमा सामान्यतया एउटा वाइडबडी जहाज पार्किङ […]
२६ असोज, रामेछाप । रामेछापमा साउन यता प्राकृतिक प्रकोपमा परी ४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापले जनाएको छ । ३ जनाको घर भत्किएर मृत्यु भएको र एक जनाको बाढीमा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेले जानकारी दिए । जिल्ला […]
२६ असोज, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो । […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नपाल भ्रमणमा दुई देशबीच वाणिज्य व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी संयन्त्र गठन हुने समझदारी पत्रमा हस्ताक्षर भएको वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालले जानकारी दिए । एक महिनाअघि नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र […]
२६ असोज, काठमाडौं । धनुषाको विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आइतबार विहान प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । ठाकुरलाई कुटपिट गरेको आरोपमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डलसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी […]
२६ असोज, रौतहट । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा सँलग्न भएको आरोपमा प्रहरीले उनलाई आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको हो । एक कार्यक्रममा सहभागी भएर आउदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा […]
२६ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको सडक फराकिलो पार्न दबाव दिन केही युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् । मुख्य सडकको दायाबाया २५/२५ मिटर सडक क्षेत्र कायम गर्न माग गर्दै वीरगञ्ज विकास युवा संघर्ष समितिले आइतबारदेखि हस्ताक्षर अभियान शुरु गरेको हो । वीरगञ्जको घण्टाघरमा तीन दिनसम्म हस्ताक्षर संकलन गर्ने र भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी […]
२६ असोज, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् । मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए । ‘माग्ने […]
२६ असोज, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जीप चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी […]
२६ असोज, भरतपुर । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन […]
६ असोज, जनकपुरधाम । महोत्तरीबाट श्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले मटिहानी–जलेश्वर सडक खण्ड अन्तर्गत जलसागर पोखरी नजिकैबाट एक जनालाई पक्राउ गरेको हो । मटिहानी नगरपालिका ८ निवासी २२ बर्षीय राजकुमार साहलाई ३ लाख भारुसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका […]
२६ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानले तरकारीको झोलामा लागूऔषध राखेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरेका थिए । उनको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, […]
२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबारदेखि नेपालमा […]
२६ असोज, काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता काठमाडौंमा सुरु भएको छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहे छन् । वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।
from समाचार – Online Khabar https://ift.tt/2MvdORe
via IFTTT






















