समाचार
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जम्बो जहाज (बी७४७–८९एल) अवतरण छन् । बी२४८२ र बी २४७९ कल साइन भएका यी दुई जहाजलाई विमानस्थलका ५ वटा पार्किङ वे ओगटेर पार्किङ गरिएको छ । त्रिभुवन विमानस्थलमा रहेको एउटा र्पािर्कङ वेमा सामान्यतया एउटा वाइडबडी जहाज पार्किङ […]
२६ असोज, रामेछाप । रामेछापमा साउन यता प्राकृतिक प्रकोपमा परी ४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको जिल्ला विपद व्यवस्थापन समिति रामेछापले जनाएको छ । ३ जनाको घर भत्किएर मृत्यु भएको र एक जनाको बाढीमा बगेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेले जानकारी दिए । जिल्ला […]
२६ असोज, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो । […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नपाल भ्रमणमा दुई देशबीच वाणिज्य व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी संयन्त्र गठन हुने समझदारी पत्रमा हस्ताक्षर भएको वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालले जानकारी दिए । एक महिनाअघि नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र […]
२६ असोज, काठमाडौं । धनुषाको विदेह नगरपालिका-५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आइतबार विहान प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । ठाकुरलाई कुटपिट गरेको आरोपमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डलसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी […]
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले सांसद आलमलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छ्न । ‘उनलाई हामीले नियन्त्रणमा लिएका छौं,’ डीआईजी कार्कीले भने, ‘पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई […]
२६ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको सडक फराकिलो पार्न दबाव दिन केही युवाले हस्ताक्षर अभियान सुरु गरेका छन् । मुख्य सडकको दायाबाया २५/२५ मिटर सडक क्षेत्र कायम गर्न माग गर्दै वीरगञ्ज विकास युवा संघर्ष समितिले आइतबारदेखि हस्ताक्षर अभियान शुरु गरेको हो । वीरगञ्जको घण्टाघरमा तीन दिनसम्म हस्ताक्षर संकलन गर्ने र भौतिक पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी […]
२६ असोज, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मठ मन्दिरमा बसेर भिक्षा माग्न निषेध गर्ने तयारी भएको बताएका छन् । मानव सेवा आश्रमले आइतबार बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बरालले सोमबारदेखि सिद्धबाबा मन्दिरबाट भिक्षा माग्न निषेध गरिने र क्रमशः प्रदेशका सबै मठ मन्दिरमा यो नियम लागू गरिने बताए । ‘माग्ने […]
२६ असोज, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जीप चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा नवलपरासी […]
२६ असोज, भरतपुर । दशैँपछि देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको चितवनको सौराहामा पर्यटकको चहलपहल बढेको छ । दशैँअघि सुनासनजस्तै बनेको सौराहामा यतिबेला पर्यटक आउनेक्रम बढेको हो । सौराहामा अहिले सबैभन्दा धेरै पर्यटक आउने बेला हो । विगतका वर्षमा दशैँअघिदेखि नै पर्यटकको भीडभाड हुनेगरेको तर यसपटक ढिला गरी पर्यटकको चहलपहल बढेको क्षेत्रीय होटल सङ्घ चितवन […]
६ असोज, जनकपुरधाम । महोत्तरीबाट श्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलीले मटिहानी–जलेश्वर सडक खण्ड अन्तर्गत जलसागर पोखरी नजिकैबाट एक जनालाई पक्राउ गरेको हो । मटिहानी नगरपालिका ८ निवासी २२ बर्षीय राजकुमार साहलाई ३ लाख भारुसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका […]
२६ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानले तरकारीको झोलामा लागूऔषध राखेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरेका थिए । उनको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, […]
२६ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु […]
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबारदेखि नेपालमा […]
२६ असोज, काठमाडौं । नेपाल र चीनको द्विपक्षीय वार्ता काठमाडौंमा सुरु भएको छ । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति सी चिनफिङले गरेका छन् भने नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहे छन् । वार्तापछि विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुनेछ ।
२६ असोज, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, […]
२६ असोज, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको हो । वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । […]
२६ असोज, काठमाडौं । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आजबाट सकिएको छ । दशैंको अन्तिम दिन आजलाई कोजाग्रत पू्र्णिमा भनिन्छ । आजको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ । माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको […]
२६ असोज, काठमाडौं । जापानमा आएको ६० वर्षयताकै ठूलो आँधीले कम्तीमा ५ जनाको ज्यान लिएको छ भने ९० भन्दा बढी घाइते भएका छन् । आँधीपछि वर्षा र पहिरो गएपछि जापानको अधिकांश स्थानको जनजीवन प्रभावित हुन पुगेको छ । राजधानी टोकियोबाट दक्षिण–पश्चिममा अवस्थित इगु प्रायद्वीपमा शनिबार स्थानीय समयअनुसार साँझ ७ बजे ठोक्किएको हगिबास नामको आँधीले वर्षा […]
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज देशैभर चियापान कार्यक्रम गर्दैछ । उपत्यकामा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम राखिएको छ । बाँकी ७६ वटै जिल्लामा पनि चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उपत्यकामा हुने […]
from समाचार – Online Khabar https://ift.tt/2q4I2Da
via IFTTT






















